स्वावलम्बन विकास केन्द्र

लघु–उद्यमी सदस्य पहिचान तथा विकासका लागि दुई दिने तालिम सम्पन्न

स्वावलम्बन विकास केन्द्रले २०७७ चैत्र १ र २ गते लघुउद्यमशीलता विकास तथा प्रवद्र्धन सम्वन्धमा अनलाईन तालिम सम्पन्न गरेको छ । उक्त दुइ दिने अनलाईन तालिममा केन्द्रका लघुवित्त तथा सहकारी संस्थाहरुका १८ जना शाखा प्रवन्धक तथा फिल्ड अधिकृतहरुको सहभागिता रहेको थियो । हरेक लघुवित्त सदस्यहरुलाई उद्यमी सदस्यको रुपमा विकास गरी उनीहरुको जीवनस्तर माथि उठाउन शाखा प्रवन्धक तथा फिल्ड स्तरका अधिकृतहरुको ज्ञान, सीप तथा क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।

तालिमको सहजीकरण लघुउद्यमशीलता विज्ञ तथा सहजकर्ता गोकुल प्याकुरेलले गरेका थिए । तालिममा सहभागीहरुले लघुउद्यमी सदस्यको पहिचान र विकासको प्रकृया, सदस्यहरुको आवश्यकता अनुसार व्यवासायिक योजना निर्माण र नयाँ लघु–उद्यम विकास र प्रवद्र्धनको लागि ऋण लगानी विश्लेषण विधि तथा सदस्यको उद्यम व्यवसाय अनुगमन वारे सिकाईएको थियो । सिकाईलाई प्रभावकारी वनाउन सैद्धान्तिक ज्ञानको साथै प्रयोगात्मक अभ्यास, समुहगत छलफल तथा सहभागीहरुले काम गर्दा फिल्ड स्तरमा भोगेका अनुभवहरुको आदान प्रदान (अन्तरकृयात्मक शिक्षण) जस्ता विधिहरुको प्रयोग गरिएकोे थियो ।
सो अवसरमा सहभागीहरुले तालिममा सिकेको सीप र ज्ञान निकै सान्दर्भिक रहेको र यसले फिल्ड स्तरमा लघुवित्तको मर्म अनुसार काम गर्न स्पष्ट मार्ग निर्देश गर्ने अनुभव सुनाएका थिए ।
तालिममा सहभागीहरुले आ–आफ्नो शाखाको कार्य क्षेत्रमा उद्यमशीलता विकास तथा उद्यमी सदस्य वनाउने कार्य योजना समेत तयार पारेका छन् । उक्त छ महिने कार्य योजना प्रगति वारे एक महिना पछि समिक्षा गरिने छ । 
तालिमको समापन समारोहमा वोल्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले सदस्यहरु संग प्रत्यक्ष रुपमा काम गर्ने लघुवित्त संस्थाका शाखा प्रवन्धक तथा वरिष्ठ फिल्ड अधिकारीहरुको ज्ञान र क्षमता वढाउन केन्द्रले यो तालिमको आयोजना गरेको र यसले लघुउद्यमशीलता विकासका साथै सदस्यहरुको जीवन स्तर माथि उठाउन सघाउने धारणा व्यक्त गरे । आगामी दिनमा पनि केन्द्रले फिल्ड स्तरका अनुभवहरुको आदान प्रदान गर्न सञ्चार सम्पर्कको प्रयासलाई निरन्तरता दिने वताए ।

समाचार

सुचना