स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रका चारवटा सदस्य संस्थालाई ग्राहक सुरक्षा प्रमाणीकरण प्रमाण पत्र

स्वावलम्बन विकास केन्द्रका ४वटा सदस्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण (Client Protection Certification ) प्रमाणपत्र प्राप्त गरेका छन् । यो प्रमाण पत्र प्राप्त गर्नेमा झापा जिल्लाको चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वाँकेको कोहलपुरमा रहेको यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र काठमाडौंको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र कुनै पनि वित्तीय सेवा प्रदायक संस्था ग्राहकहरुको लागि सुरक्षित छ भनीे अन्तर्राष्ट्रिय स्तरको Smart Champaign संस्थाबाट निर्धारण गरिएका मापदण्ड पालना भए नभएको स्वतन्त्र मुल्यांकनको आधारमा प्रदान गरिन्छ ।

यो प्रमाण पत्र प्रदान गर्नु अघि संस्थाले प्रदान गर्ने सेवाको पारदर्शिता, संस्थाको आत्मनिर्भरता वा मुनाफा आर्जन, उपयुक्त योजना निर्माण र कार्यान्वयन, समस्या समाधानको संयन्त्र, ग्राहक सदस्यहरुको सुचनाको गोपनियता, सेवा प्रदायक संस्थाले ग्राहक सदस्य प्रति गर्ने न्यायपूर्ण र सम्मानजनक व्यवहार र जवाफदेहीता लगायत सुचकहरुको मुल्यांकन गरिन्छ ।

यसै सन्दर्भमा स्वावलम्बन विकास केन्द्र द्धारा २०७८ भाद्र १ गते १३औ सम्बाद श्रृंखला अन्तर्गत नेपालमा ग्राहक संरक्षण सिद्धान्त र अभ्यास विषयमा आयोजीत छलफलका सहभागी विज्ञहरुले नेपालको लघुवित्त सेवा गरीब तथा विपन्न बर्गमैत्री वनाउदै ग्राहकको हक, हित संरक्षणका विषयमा लघुवित्त संस्थाहरुले जिम्मेवार भएर लाग्नु पर्ने धारणा राखेका छन् ।

सो अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले हरेक लघुवित्तहरुले प्रदान गर्ने ऋण गुणस्तरीय हुनुको साथै सदस्यको आवश्यकता क्षमता हेरेर मात्र ऋण प्रदान गर्नु पर्ने धारणा राखे । “ ग्राहक सदस्यलाई तानातान गर्ने होडवाजी चलेको छ, एउठा ऋण असुल गर्न त्यसमाथि अर्को ऋण दिने परम्परा विकसित हुन थालेको छ । यो चिन्ताको विषय हो । यसले सदस्यलाई भलो गर्दैन । अनुचित तरिकाले ऋण माथि ऋण प्रवाह गरे त्यसको असर सदस्य संगै संस्थालाई पनि पर्छ । ग्राहक वलियो भए मात्र संस्था वलियो हुन्छ अनी वलियो संस्थाले मात्र राम्रो सेवा दिन सक्छ । अहिले लघुवित्त जुन उद्देश्य र मर्म अनुसार चल्नु पथ्र्यो, त्यसो नभई मुनाफा केन्द्रित भएको छ । सदस्यलार्य विर्सिको छ ।” श्रेष्ठले थपे ।

कार्यक्रमका सहजकर्ता नेशनल माईक्रो फाइनान्सकका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले लघुवित्तको मापदण्ड विपरित ऋण माथि ऋण दिने अथवा कर्जा दाहोरोपना गर्नु अनैतिक र अनुचित कार्य भएको धारणा राख्दै सबै लघुवित्त संस्थाहरु मिलेर कर्जा दोहोरोपनाको अन्य गर्नु पर्ने धरणा राखे ।

कार्यक्रमका वक्ता महेन्द्र कुमार गिरीले लघुवित्तले सदस्यहरुको स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक सुरक्षामा काम गर्नु पर्ने धारणा राखे । नेपालमा लघुवित्तको प्रणाली परिवर्तन गरेरै भएपनि सदस्यहरुलाई शेयरधनि वनाउने अवधारणा ल्याउनु पर्ने गिरीको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोला राज शर्मा जोशीले सदस्यहरुलाई लघुवित्त संस्थाहरुले उद्यमशील वनाउन तालिम र अन्य व्यवसाय विकास वा विविधिकरण वारे तालिम दिएर सक्षम नवनाए सम्म उनीहरुको अवस्था माथि उकास्न कठिन हुने धारणा राखे । उक्त वेविनारमा करीब १५० जनाको सहभागिता रहेको थियो ।

समाचार

सुचना