स्वावलम्बन विकास केन्द्र

सामाजिक व्यवसाय विषयक विश्व शिखर सम्मेलन कार्तिक २० (नोभेम्वर ६) देखि प्रारम्भ हुँदै

विद्यमान आर्थिक प्रणालीले विश्वमा धेरै किसिमका विकृति , विसंगति र असमानताहरु पैदा गरेको छ । प्राकृतिक स्रोत साधन र पूँजीमा सिमित धनीबर्गको प्रभुत्व वढ्दै गएको छ । विश्वको ९० प्रतिशत पूँजी तथा प्राकृतिक साधन श्रोतमा १ प्रतिशत धनीहरुले राज गरेका छन् । धनी अझ धनि वन्दै जाने गरीब झन्झन गरीब हुदै जाने अवस्था सिर्जना भैरहेको छ । धनी र गरीब विचको दुरी निरन्तर वढी रहेको छ । धनीले थप धनी वन्ने होडमा साधन स्रोतको अत्याधिक उपभोग हुँदा जैविक विविधतामा पनि ह्रास आएकोे छ । हरितगृह ग्याँसको अत्याधिक उत्सर्जनले तापमान अनियन्त्रित रुपमा वढेको र जलवायु परिवर्तन लगायत अन्य वातारणीय समस्या पैदा भएका छन । यसले प्राकृतिक प्रकोप र रोगव्याधिहरु वढेका छन् भने वैज्ञानीकहरुले यहि अवस्था रहे अवको सय बर्षमा पृथ्वी मानवजाति वस्न योग्य नरहने भविष्यवाणी गरेका छन् । यो संगै विश्वमा हरेक बर्ष वेरोजगारी दर अत्याधिक वढी रहेको छ । विशेष गरी गरीब राष्ट्रका युवावर्गमाझ वेरोजगारी समस्या विकराल वन्दै छ । वेरोजगारी र प्राकृतिक प्रकोपको पहिलो निसानामा जोखिम संग लड्ने क्षमता नभएका गरीब तथा विपन्न बर्ग पर्ने गरेका छन् ।

पुूँजी प्रधान विश्वको वर्तमान आर्थिक प्रणालीले सिर्जना गरेका यस्ता जोखिमहरुबाट कालान्तरमा गएर धनीबर्ग पनि अछुतो रहने छैन् भन्ने कुरा कोरोना महामारी र त्यसले पैदा गरेको अवस्थाले पुष्टी गरेको छ । त्यसैले अव समानतामूलक आर्थिक प्रणालीको आधार तयार हुनु आवश्यक देखिएको छ । यसको लागि अहिलेको धन र शक्ति प्रधान आर्थिक प्रणालीको पुनर्संरचना गरीे सामाजिक उत्तरदायित्वहरु वहन गर्न सक्ने तथा संरक्षण संगै दिगो उपभोगको लागि स्रोत माथि साझा पहुँच स्थापित गर्न सक्ने र न्यायोचित उपयोगको वातावरण सिर्जना गर्न सक्ने समानतामुलक आर्थिक प्रणाली विकास गर्न आवश्यक छ । साथै अवको आर्थिक प्रणालीको प्रमुख लक्ष शुन्य वेरोजगारी, शुन्य गरिबी र शुन्य कार्बन उत्सर्जन हुनु पर्छ । त्यसको पहिलो खुटकिलो बर्तमान आर्थिक प्रणालीको पुनर्संरचना अर्थात सामाजिक व्यवसाय (Social Business) को अवलम्बन जरुरी छ भन्ने नै हो । यसतर्फ सबै सरकार लगायत विश्वका ठूला साना उद्योगी व्यवसायीहरु सचेत र सजग रहनु जरुरी भै सकेको छ । सन् २००६ का नोवेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद यूनुसले सामाजिक व्यवसाय (Social Business) को यो अवधारणा जोडतोडले अघि सारेका हुन् । वंगलादेशको यूनुस सेन्टरले सामाजिक व्यवसायको यो अवधारणा विकास तथा प्रवद्र्धन गर्ने क्रममा हरेक बर्ष सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन आयोजना गर्दै आएको छ । यो अवधारणा संग सहमत अन्य देशका संघ संस्था जस्तै नेपालमा स्वावलम्बन विकास केन्द्र र अन्य संघ संस्था एबं व्यवसायिक घरानाहरुले पनि सामाजिक व्यवसायको अवधारणा प्रवद्र्धन गर्ने जमर्को गरी रहेका छन् ।को यो अवधारणा जोडतोडले अघि सारेका हुन् । वंगलादेशको यूनुस सेन्टरले सामाजिक व्यवसायको यो अवधारणा विकास तथा प्रवद्र्धन गर्ने क्रममा हरेक बर्ष सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन आयोजना गर्दै आएको छ । यो अवधारणा संग सहमत अन्य देशका संघ संस्था जस्तै नेपालमा स्वावलम्बन विकास केन्द्र र अन्य संघ संस्था एबं व्यवसायिक घरानाहरुले पनि सामाजिक व्यवसायको अवधारणा प्रवद्र्धन गर्ने जमर्को गरी रहेका छन् ।

यसै सन्दर्भमा २०७८ कार्तिक २० देखि २४ (नोभेम्बर ०६–१०, २०२१) सम्म सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन २०७८ (Global Social Business Summit-2021) को आयोजना केनियाको नैरोवीमा हुन लागेको छ । यो सम्मेलनको नारा “नयाँ अर्थतन्त्रको विजारोपण गराँँै ः समय अहिले हो (Planting the Seeds of New Economy: Time is Now)” रहेको छ ।

यस अवसरमा नेपाल लगायत विश्वका १४ वटा देशमा राष्ट्रिय फोरुमको आयोजना हुन लागेको छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा सामाजिक व्यवसाय विश्व सम्मेलन अन्तर्गत कार्तिक २३, २०७८ (नोभेम्वर ९, २०२१)मा नेपाल फोरमको आयोजना गरिने भएको छ । फोरम आयोजक समितिका अध्यक्ष श्री शंकर मान श्रेष्ठका अनुसार नेपाल फोरममा विशेष गरी वातावरण मैत्री गाउँ निर्माण अभियान, ग्रामीण क्षेत्रका माध्यामिक विद्यालयहरुमा उद्यमी विकास केन्द्र (incubation Centre) हरुको स्थापना, यूवाहरु केन्द्रित स्वरोजगार प्रवद्र्धन, अति विपन्न विपन्न लक्षित कर्जा प्रवाह, तीन जीरो क्लवको गठन र विकास र शैक्षिक संस्थाहरु र लघुवित्त संस्थाहरु विचको सहकार्यमा ग्रामीण भेगमा यूवाहरु लक्षित स्वरोजगार प्रवद्र्धन लगायतका विषयमा विषयगत विज्ञ सहितको छलफल हुने छ । यि विषय मार्फत मुख्यतया शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य कार्वन उत्सर्जनको अभियानलाई योगदान पुर्याउने प्रयास रहनेछ । नेपाल फोरमलाई विशेष वक्ताको रुपमा नोबेल विजेता प्रो. मोहम्मद यूनुसले सम्बोधन गर्नु हुनेछ । सो फोरमले ११औँ समाजिक व्यवसाय दिवस नेपाल फोरमले पारित गरेको कार्ययोजना कार्यान्वयनबारे पनि छलफल गर्नेछ ।

नेपाल फोरममा बैंक तथा वित्तीय क्षेत्र, शिक्षा, संचार, वातावरण, युवा, महिला तथा विपन्न समूदायका प्रतिनिधिहरु, उद्योगी तथा व्यावसायीक घराना, गैर सरकारी क्षेत्र, नीतिगत तथा नियामक निकाय लगायत सबै क्षेत्रका सरोकारवालहरुको सहभागिता रहने छ ।

 

समाचार

सुचना