स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको ३०आँै साधारण सभा सम्पन्न ः शून्य गरिबी, शून्य वेरोजगारी र शून्य कार्वन उत्सर्जनको कार्यनीति पारित

२०७८ मंसिर १६ गते विहीवार स्वावलम्बन विकास केन्द्रको ३०आँै साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लघुवित्त कार्यक्रम मार्फत शून्य गरिबी, शून्य वेरोजगारी र शून्य कार्वन उत्सर्जनको लागि सदस्य संस्था तथा सरोकारवालाहरु संग सहकार्य गरेर अघि वढ्ने कार्यनीति पारित गरेको छ । यसको साथै साधारण सभाले देशमा व्याप्त बेरोजगारी, गरिवी तथा कार्बन उत्सर्जनलाई मध्य नजर राखी यी तीन अवस्थालाई शुन्यमा झार्ने उद्देश्यले तीन शून्य क्लब ९त्जचभभ श्भचय ऋगिद० को अवधारणालाई अभियानको रुपमा अगाडी बढाउन लघुवित्त एवं सहकारी संस्थाहरुलाई आ(आफ्नो कार्यक्षेत्रमा तीन शुन्य क्लबको महत्व र आवश्यक्ता बारे बोध गराई तीन शुन्य क्लबहरु गठन गरी युवाहरुलाई आबद्ध र परिचालन गर्ने र उनीहरुलाई स्वउद्यमी बनाई स्वावलम्बन र स्वतन्त्र ग्रामीण अर्थतन्त्र निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ ।

नोवेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद युनूसले हालको आर्थिक प्रणालीमा हुने खाने र धनी बर्ग प्राकृतिक स्रोत लगायतको दोहन गरी धन आर्जन गर्न व्यस्त भएकोले पृथ्वीमा मानव जातिको अस्तित्व जोगाउने अभिभारा अव नयाँ पुस्ताले लिनु पर्ने र उनीहरु नै यसको नेतृत्व लिन सक्षम छन् भन्ने मान्यता अनुसार तीन शून्य क्लवको अवधारणा अघि सारेका हुन् । विश्वमा व्याप्त गरिबी, वेरोजगारी र वढ्दो कार्वन उत्सर्जनको समस्या हल गर्न युवाहरुलाई सु–सुचित, संगठित र परिचालन गरी नयाँ जिम्मेवार समाज निर्माण गर्ने तीन शून्य क्लव अवधारणाकोे अन्तरनिहित उद्देश्य रहेको छ । तीन शून्य क्लवमा १२ देखि ३५ बर्ष उमेर समुहका विचार मिल्ने ५ जना युवा⁄युवतीहरु संलग्न हुने व्यवस्था छ । एउटा गाउँ वा समुदायमा गठन भएको तीन शुन्य क्लव अनलाईन माध्यमवाट अन्तर्राष्ट्रिय सञ्जालमा दर्ता गरिने छ र एक आपसमा साझा समस्या र समान विचार भएकाहरुको सर्कल वनाई एक आपसमा जोडिनेछन् । यसरी संगठित भएका क्लवका सदस्यहरुले एक आपसमा अनुभव साँटासाँट गर्नेछन् र समस्याको समाधान खोज्नेछन् ।

सभामा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक बर्ष २०७७⁄७८को आयब्यय विवरण, कार्य प्रगति विवरण तथा २०७८⁄७९को प्रस्तावित कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुतीका क्रममा अध्यक्ष शंकर मान श्रेष्ठले आगामी दिनमा गरीब, विपन्न तथा पिछडीएका समुदाय र महिलाहरुको जीवनस्तर उकास्न लघुवित्त संस्थाहरु मिलेर सामाजिक व्यवसाय प्रवद्र्धनमा लाग्नु पर्ने, गरीव र विपन्न वर्ग लक्षित स्वास्थ्य सेवा शुरु गर्नु पर्ने र वेरोजगार युवावर्गलाई दक्ष तथा सीपयुक्त वनाएर रोजगारी दिनको लागि उद्यमशीलता विकास तालिम केन्द्र स्थापना गर्न राखेका प्रस्तावहरु सर्वसम्मत स्वीकृत भएका छन् ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले कोरोना महामारीको वावजुध केन्द्रले अनलाईन माध्यमबाट गोष्ठी तथा छलफल कार्यक्रमहरुलाई निरन्तरता दिन सफल भएको, विभिन्न विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका स्रोत व्यक्तिहरु समावेश गरी १६ वटा विभिन्न विषयमा अनलाईन सम्बाद श्रृंखलाहरु सम्पन्न गरेको, ७ वटा लघुवित्त सम्बन्धी विभिन्न विषयमा तालिम तथा तिनको समीक्षा सम्पन्न गरेको जानकारी गराएका थिए । साथै केन्द्रले यस बर्ष लघुवित्त सदस्य तथा उनीहरुका छोराछोरीहरु एवं विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमा नै स्थानीय श्रोत तथा साधनमा आधारित उद्यमरव्यवसाय गर्न उपयुक्त सीप, ज्ञान र दक्षता अभिबृद्धि गर्न लघुउद्यमशीलता विकास सम्वन्धी अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको, तीन जना उत्कृष्ट महिला लघुउद्यमी सदस्यहरुलाई पुरस्कृत गरेको, शैक्षिक पूर्वाधारको अभावमा गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन भैरहेको तारकेश्वर नगरपालिका १मा अवस्थित कुञ्चिप्वाकल माध्यमिक विद्यालयको ई–लाइबे्ररी स्थापना गर्ने अभियानमा एक थान डेस्कटप कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको, नर्सरी देखि स्नातकोत्तर तह सम्म गरीब समुदायका बालवालिकालाई रु १००मा शिक्षा प्रदान गर्दै आएको समता शिक्षा निकेतनको शैक्षिक कोषमा रु २ लाख सहयोग हस्तान्तरण गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

३०औँ साधारण सभाबाट केन्द्रको लेखा परीक्षण सहितको, नीति तथा कार्यक्रम प्रतिवेदन सर्बसम्मतिले पारित गरेको छ ।

सो अवसरमा केन्द्रले ३० बर्ष पुरा गरेको अवसरमा तयार पारेको विशेषांङ्क “स्वावलम्बन विकास केन्द्र ३० बर्ष” को विमोचन पनि गरिएको थियो ।

समाचार

सुचना