स्वावलम्बन विकास केन्द्र

आकासियो भाखा नाघेको कर्जा : सजग हुन विज्ञको सुझाव

कोरोना महामारी पछि लघुवित्तमा भाखा नाघेको कर्जाको दर डरलाग्दो तरिकाले वढेको प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तमा भाखा नाघेको कर्जा डरलाग्दो अनुपातमा वढेकोले यसतर्फ समयमै सजग हुनु पर्ने वेला आएको वताएका छन् । अहिलेको खराव अवस्था सिर्जना हुनुमा को को वाट कहाँ कहाँ कमजोरी भए सो को समिक्षा गरी अघि वढ्नु पर्ने वताएका छन् ।

लघुवित्त संस्थाहरुमा भाखा नाघ्ने समस्याको दिर्घकालिन हल खोज्न २०७७ साल फागुन १७ गते स्वावलम्बन विकास केन्द्रले लघुवित्तकर्मीहरु विच आयोजना गरेको भयावह हुदै गएको भाखा नाघेको कर्जा र समाधानका उपाय विषयक छलफल कार्यक्रममा वोल्दै श्रेष्ठले सो कुरा उल्लेख गरेका हुन । लघुवित्तका सिद्धान्त, मर्म, मुल्य र मान्यता विपरित चलेको कारण यो अवस्था आएको श्रेष्ठको भनाइ थियो । “समस्या हामी मै छ । सबै भन्दा ठुलो समस्या कसैमा छ भने संस्थाका प्रमुख कार्यकारीहरुमा छ । अस्वस्थ प्रतिस्पर्दा गर्ने गराउने प्रमुख कार्यकारी अधिकृतहरु नै हुन् । यदि प्रमुख कायकारीहरुले चाहेको खण्डमा यो समस्या सहजै समाधान हुनेछ । प्रमुख कार्यकारीहरुले लघुवित्तको मर्म अनुरुप काम गर्नु प¥यो र आफ्नो कर्मचारीहरुलाई पनि सिकाउनु प¥यो । तर हामी लघुवित्तका सबै विधि, सिद्धान्त, उद्देश्य र मर्महरु विर्सेर अन्धाधुन्ध मुनाफाको लागि होडवाजी गरी लगानी गर्ने गरिरहेको छौँ । यो नै मुख्य समस्या हो ।” श्रेष्ठको धारणा थियो ।

छलफलको प्रारम्भमा मुख्य वक्ताको रुपमा रहेका यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहितले भाका नाघेको कर्जाको वर्तमान अवस्था, यसले उत्पन्न गर्ने समस्या तथा भाखा नाघेको कर्जा दर रोक्ने उपायवारे प्रस्तुती गरेका थिए । डा. दहितले २०७४ साल असार मसान्त सम्म ० दशमलव ७७ प्रतिशत रहेको भाखा नाघेको कर्जाको दर डरलाग्दो रुपमा उकालो लागेर २०७७ असोज मसास्त सम्म १५ दशमलव ८४ प्रतिशत पुगेको तथ्य प्रस्तुत गरेका थिए । डा. दहितले यस अघि लघुवित्तको तीन दशक लामो अभ्यासमा भाखा नाघेको कर्जा वढीमा १ प्रतिशत सम्म रहेकोमा अहिलेको अवस्था निकै डरलाग्दो रहेकोे उल्लेख गरे । “लकडाउनको कारणले मात्र कर्जा भाखा नाघेको होइन त्यस अघिनै १२ प्रतिशत पुगि सकेको थियो लकडाउनले थप गर्यो । भाखा नाघेको कर्जा वढनुमा अस्वस्थ प्रतिस्पर्धा, सावा र कर्जा विश्लेषण नगरी सदस्यहरुलाई ऋणको भार थोपार्ने प्रवृति, कर्मचारीहरु आफ्नो काम कर्तव्य र जिम्वेवारी प्रति गम्भिर नहुनु तथा सञ्चालकहरु लघुवित्तको मर्म र उद्देश्य विपरित नाफामुखि हुनु जस्ता कारणहरु रहेका छन् ।” डा. दहितको भनाइ थियो । डा. दहितले लघुवित्तहरुले भाखा नाघेको कर्जा र सदस्यहरुको विस्तृत विवरण संकलन गरी असुलीको रणनीति वनाउने, कर्मचारी परिचालन गर्ने र उनीहरुको कामलाई अनुगमन गर्ने, केन्द्रहरुको गुणस्तर सुधार गर्नु पर्ने, उद्यमशीलता विकास गरेर सदस्यहरुको ब्यवसायको उत्पादकत्व वढाउने र युवा पुस्तालाई उद्यमशीलता तर्फ आकर्षित गर्न सके दिर्घकालिन रुपमा भाखा नाघेको कर्जाको समस्या वाट मुक्त हुन सकिने उपाय पनि सुझाए ।

वेविनारका सहजकर्ता मणि कुमार अज्र्यालले भाखा नाघेको कर्जा नियन्त्रणको लागि रणनीति वनाएर अगाडी वढ्न आवश्यक रहेको वताए । “लघुवित्त एउटा सामाजिक व्यवसाय हो भन्ने बुझेर काम गरौँ, लघुवित्त सेवा प्रविधि मैत्री वनाआँै, उद्यमशीलतामा जोड दिऔँ र नेतृत्वमा वस्नेहरु लघुवित्तकोे मर्म अनुसार अगाडी वढौँ ।” अज्र्यालले भने । सहजीकरण अवधिमा अज्र्यालले भाखा नाघेका कारण लघुुवित्त संस्थाहरुले भोगेका समस्या सम्बन्धमा विभिन्न दृष्टान्तहरु समेत उल्लेख गरेका थिए / प्रस्तुती पछिको खुला छलफलमा वोल्दै ग्रामीण प्रविधि केन्द्र नेपालका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले प्रविधि मैत्री भएर अगाडी वढ्दा महमारीको वेला पनि असुली दर वढाउन सकिने सुझाव दिए ।

स्वावलम्बन विकास केन्द्रका पूर्व कार्यकारी प्रमुख तथा व्यक्तिगत सदस्य शंकर नाथ कपालीले कोरोना महामारी मात्र नभई संस्थाहरु विचकोे अस्वस्थ प्रतिस्पर्र्धा पनि भाखा नाघेको कर्जा वढ्नुको मुख्य कारण रहेको वताए । “फिल्डको कर्मचारीलाई दोष दिने भन्दा व्यवस्थापनवाट समाधान खोज्नु जरुरी छ । समस्या बहुकर्जाको हो, जो कोरोना महामारी अगाडी पनि थियो । अव प्रत्येक लघुवित्त संस्थाले इमान्दार भएर सदस्य विश्लेषण गर्नु जरुरी छ ।” कपालीको भनाई थियो ।

छलफलमा महिला सहयोगी लघुवित्त वित्तीय संस्थाका शाखा प्रवन्धक खडानन्द आचार्यले बहुकर्जाका अन्त्य गर्न हरेक लघुत्तिको नेतृत्वले पहल गर्नु पर्ने वताए । “एउटा लघुवित्त संस्थाको शाखा छ भन्ने थाहा हुदा हुदै नजीकै अर्कोले शाखा खोल्छ र त्यो शाखाको कर्मचारीलाई बर्षमा यति सदस्य वनाउनु पर्छ भनेर लक्ष्य दिइन्छ । यसको परिणाम के हुन्छ भन्ने केन्द्रले नबुझे सम्म समस्या हल हुनेवाला छैन ।” आचार्यले थपे ।

छलफलमा ३५ वटा लघुवित्त संस्थाका अध्यक्ष, कार्यकारी प्रमुख, वरिष्ठ प्रवन्धक तथा शाखा प्रवन्धक लगायत ६३ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कोरोना महामारी पछि लघुवित्त संस्थाहरुमा भाखा नाघेको कर्जाको दर चिन्ताजनक अवस्थामा वढेको समस्यालाई मध्यनजर गर्दै भाखा नाघेको कर्जाको समग्र अवस्था विश्लेषण गरी यसवारे लघुवित्तकर्मीहरुलाई सजग गराउने उद्देश्यका साथ केन्द्रले चौथो संस्करणको छलफलमा सो विषयलाई उठान गरेको हो । केन्द्रले हरेक १५ दिनमा लघुवित्तका जल्दावल्दा विषयमा यस्तै छलफल गर्दै आएको छ ।

समाचार

सुचना