स्वावलम्बन विकास केन्द्र

कोरोना महामारीले श्रृजना गरेको समस्या तथा तिनको समाधान सम्वन्धमा नेपाली लघुवित्त संस्थाहरु संग ग्रामीण बंैक बंगलादेशको अनुभव साटा साट

लघुवित्त क्षेत्रमा कोरोना महामारी (कोभिड –१९)ले निम्त्याएको समस्याको समाधान र सदस्यहरुको उद्यम तथा ब्यवसाय पूर्नस्थापनाकोलागि लघुवित्त संस्थाहरुले कार्ययोजना वनाएर अगाडी वढ्नु पर्ने धारणा कार्यक्रमका अतिथि बक्ताहरुले राखेका छन् । कार्ययोजना वनाउँदा लघुवित्तका सदस्य तथा लक्षित बर्गको आर्थिक र सामाजिक पाटो समेटनु पर्ने धारणा स्वावलम्बन विकास केन्द्रले २०७७ माघ ७ गते आयोजना गरेको भर्चुअल गोष्ठिमा राखेका छन् ।

सो अन्तर्कृयाका प्रमुख बक्ता ग्रामीण बैंक बंगलादेशका सहायक महाप्रवन्धक तथा अन्तर्राष्ट्रिय कार्यक्रम विभाग प्रमुख गोलाम मोर्सेद मोहम्मदले कोरोना महामारीमा ग्रामीण बैक बंगलादेशको अनुभव तथा कार्यनीति माथि प्रकाश पार्दै उनले महामारीका वेला र महामारी पछि पूर्नस्थापनाको चरणमा कसरी अगाडी वढ्न सकिन्छ भन्ने विषयमा प्रकाश पारे ।

उनले महामारीका वेला ग्रामीण बैंकका सदस्यहरुले आर्थिक र सामाजिक दुबै खालका समस्या भोग्नु परेको तथ्य उल्लेख गरे । सदस्यहरुको उद्यम तथा ब्यवसायको उत्पादन र ब्यापार ठप्प हुँदा आम्दानी घटेको र त्यसले गर्दा विभिन्न खालका सामाजिक घटन÷परिघटनाहरु उत्पन्न भएको धारणा राखेका थिए । यस्ता समस्या समाधानको लागि ग्रामीण बैंकले सदस्यहरु संग नियमित सञ्चार सम्पर्कमा वस्ने तथा उत्साह र हौसला प्रदान गर्ने, मनोपरामर्श प्रदान गर्ने, विभिन्न खाले राहत प्याकेज (आर्थिक तथा खाद्य सामाग्रीको) ल्याएको जानकारी गराए । उनले ग्रामीण बैंकले पुर्नस्थापना चरणको लागि पनि स्पष्ट नीति तथा कार्ययोजना वनाएकोे जानकारी गराए ।                                                                                 

यसै गरी कोरोना महामारीका कारण समाजमा सदस्यका छोराछोरीले विद्यालय छोड्ने दर वढ्ने, वालविवाहमा बृद्धि हुने, बेरोजगारी वढ्ेर गरीवको संख्या वढ्ने, घरेलु हिंसा वढ्ने, खाद्य सुरक्षामा संकट आउने जस्ता सामाजिक समस्याहरु देखा पर्न सक्ने भएकोले यसको समाधानमा दिर्घकालिन रणनीति वनाएर पुर्नस्थापनाको रणनीति तयार गर्नुका साथै एब बर्षको कार्ययोजना वनाई लागु गर्न शुरुवात गरिसकेको वताए । साथै यस योजनाले गर्दा ६० प्रतिशतमा झरेको भुक्तानी दर ९६ प्रतिशतमा पुगि सकेको जानकारी दिए र अन्तर्कृया कार्यक्रमका सभापति स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले नेपालमा पनि अधिकांश लघुवित्तहरु ग्रामिण मोडलमा सञ्चालन रहेकोले ग्रामिण बैंक बंगलादेशले कोरोना महामारीको वेला गरेका कामहरु अनुशरण योग्य रहेको धारणा राखे । “हरेक लघुवित्तले स्पष्ट कार्ययोजना वनाउनु पर्ने, निरन्तर आफ्ना सदस्यहरुको घर दैलो पुगेर उनीहरुका समस्या बुझेर समस्या समाधानको पहल कदमी लिनु जरुरी छ” श्रेष्ठको धारणा थियो । अहिले ग्रामिण बैंकले जस्तै ऋण असुलीमा दवाव नदिई सदस्यहरुलाई मनोबैज्ञानीक रुपमा उर्जा प्रदान गर्नु पर्ने वेला भएको श्रेष्ठको भनाइ थियो । श्रेष्ठले सबै लघुवित्त संस्थाको नेतृत्वलाई आफ्नो समस्याहरु के के हुन र तीनको दिर्घकालिन असर के हुन सक्छ भन्ने पहिचान गरी छलफलमा जुटेर समस्या समाधान गर्न सकिने र यसका लागि हरेकले एक बर्षको अनुभव प्रस्तुत गर्ने गरी अर्को अन्तर्कृया आयोजना गर्न सुझाए ।

सो अवसरमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक डा गोपाल दहितले नोपालको लघुवित्तले अहिले मुख्य गरी असुली, पूँजी ब्यवस्थापन र नियमित केन्द्र बैठक आयोजना गर्न समस्या भोगिरहेको र यसकालागि धेरै मेहनत गरिरहेको धारणा राखे । उनले यस्ता समस्या समाधानको लागि ग्रामिण बैंको अनुभव, व्यापक, महत्वपूर्ण, मार्गनिर्देशक तथा अनुशरण योग्य रहेको वताए । सथै डा. दहितले आगामी दिनमा यस्तो वेविनार नियमित रुपमा गर्नु पर्ने सुभाव दिए ।

वेविनारको उदेश्य माथि प्रकाश पार्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले बंगलादेशको ग्रामिण बैंकले कोरोना महामारीका कारण उत्पन्न समस्या कम गर्न उत्कृष्ट काम गरेको र त्यहाँका अनुभव नेपाल पनि अनुशरण गर्न सकिने देखिएकोले केन्द्रले यस्तो बेविनारको आयोजना गरेको जानकारी दिए । अन्तर्कृयाको सञ्चालन तथा सहजीकरण स्वावलम्वन विकास केन्द्रका निर्देशक सतिस श्रेष्ठले गरेका थिए । वेविनारमा नेपालका ३० वटा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा महाप्रबन्धकहरु सहभागी थिए । प्रस्तुती माथि बौद्ध गा्रमीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी निर्देशक विशाल के.सी., मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्यासना शाक्य, पायनीयर वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भिम बहादुर भण्डारी, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डल, महिला सहयोगी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष निर्मला आचार्य लगायतले जिज्ञासा राखेका थिए ।

समाचार

सुचना