स्वावलम्बन विकास केन्द्र

लघुउद्यमशीलता विकासमा प्रमुख कार्यकारी अधिकृतको भूमिका आवश्यक

लघुवित्त कार्यक्रम मार्फत लघुउद्यमशीलता प्रवद्र्धन तथा विकासको लागि प्रमुख कार्यकारी अधिकृतहरुले प्रेरणादायी भूमिका खेल्नु पर्ने विज्ञहरुले सुझाएका छन् । स्वावलम्बन विकास केन्द्रले २०७७ चैत्र २ गते आयोजना गरेका तेस्रो अनलाईन संवाद श्रृंखला लघुउद्यमशीलता प्रवद्र्धन तथा विकास विषयक वेविनारका सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन ।

सो अवसरमा वोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुत्तिहरुले सामाजिक उद्यमशीलता प्रवद्र्धकको नीति अवलम्बन गरी आफ्ना सबै सदस्यहरुलाई उद्यमी वनाउन आग्रह गरे । “हामीले विगतको गल्तिवाट पाठ सिक्नुु जरुरी छ । अव हरेक लघुवित्त सदस्यलाई उद्यमी वनाउनु पर्छ र उनीहरुलाई गरीबी वाट मुक्त हुन सघाउनु पर्छ ।” श्रेष्ठले भने । लघुवित्त संस्थाहरुले लघुवित्त कार्यक्रमको मर्म, सिद्धान्त, लक्ष र उद्देश्य अनुरुप काम गरे सफलता आफै हासिल हुने र यसको लागि प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुको भूमिका प्रमुख रहने हुँदा उहाँहरुलाई उदाहरणीय वन्न श्रेष्ठले आग्रह गरे ।

यस तेस्रो अनलाईन संवाद श्रृं्खलाको छलफलको विषय “लघुउद्यमशीलता प्रवद्र्धन तथा विकास”का वक्ता महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा.सुमित्रा मानन्धर गुरुङ्गले लघुवित्त क्षेत्रमा लघुउद्यमशीलता विकासको सम्भावना तथा लघुवित्तको पुँजीलाई स्थानीय कृषिजन्य उद्योग, व्यवसाय र उत्पादनहरुको प्रवद्र्धन र विकासमा परिचालन गर्न सकिने सम्भावना वारे आफ्नो प्रस्तुती राखेकी थिइन् ।
सो अवसरमा डा. सुमित्राले लघुवित्त संस्थाहरुले स्थानीय स्तरमा उपलव्ध सीप, प्रविधि तथा व्यवसायको पहिचान गरी प्रवद्र्धन गर्नु पर्ने र यसको आधारमा आफ्ना हरेक सदस्यलाई उद्यमी वन्न पे्ररित गर्नु पर्ने वताईन् । “लघुवित्तको अन्तिम लक्ष भनेको सदस्यहरुको आय आर्जन वढाउने हो । पूँजी संगै नयाँ किसिमका तालिमहरु मार्फत सदस्यहरुको सीप र क्षमता विकास गर्नु पनि जरुरी छ ।” डा सुमित्राको भनाई थियो । सोही प्रसंगमा डा. सुमित्राले महिला सहयात्राले लघुउद्यमशीलता विकासमा गरेका कामको चर्चा गर्दै सदस्यहरुमा त्यसको सकारात्मक परिणाम आएको जानकारी दिइन् ।

प्रस्तुतीको क्रममा डा. सुमित्राले लघुवित्त संस्थाहरुले उद्यमशीलता विकास तथा प्रवद्र्धनको लागि संस्थाका  सञ्चालक देखि सदस्यहरु सम्म विशेष प्रकारको अभिमुखीकरण कार्यक्रम चलाउनु पर्ने र हरेक लघुवित्त संस्थाले विज्ञ सहितको लघुउद्यमशीलता प्रवद्र्धन इकाई खडा गरी अगाडी वढ्नु पर्ने आवश्यकता रहेको वताईन् । प्रस्तुति माथि वेविनारमा उपस्थितहरुले प्रश्न तथा जिज्ञासा पनि राखेका थिए ।

कार्यक्रमका सहजकर्ता नेपाल ग्रामिण विकास समाज केन्द्र का अध्यक्ष मणी कुमार अज्र्यालले लघुवित्त संस्थाले उद्योग व्यवसायको विकास तथा विस्तारको लागि आफ्ना सदस्यहरुलाई पुँजी र उत्पादनको वजारिकरणमा पनि सघाउनु पर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरु मध्येवाट ग्रामिण प्रविधि केन्द्र नेपालका वरिष्ठ सल्लाहकार गणेशराम श्रेष्ठले गरिव तथा विपन्नको जीवनस्तर माथि उकास्न उनीहरुलाई पूँजी र सीप दुबै सन्तुलित तरिकाले उपलब्ध गराएर अगाडी वढ्नु पर्ने धारणा राखे ।

लघुवित्त संस्थाहरु मार्फत लघुउद्यमशीलता विकास र प्रवद्र्धन गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले यो वेविनारको आयोजना गरेको हो । यसमा सहभागीहरुले आफ्ना अनुभव तथा सिकाईको आदान प्रदान गर्नुका साथै भविस्यमा थप योजना वनाउने अपेक्षा गरिएको छ । वेविनारमा नेपाल भरिका ५० जना भन्दा वढी लघुवित्तकर्मीहरुको सहभागिता रहेको थियो ।

 

समाचार

सुचना