स्वावलम्बन विकास केन्द्र

कोरोना भाइरसको महामारी बाट परेको प्रभावबारेमा छलफल आयोजना

स्वावलम्बन विकास केन्द्र (सीएसडी)ले आफ्ना सदस्य सहकारी संस्थाहरु संग २०७७।०४।१८मा भर्चुअल अन्तरक्रिया को आयोजना गरी नेपालमा लघुवित्त सञ्चलक सहकारी संस्थामा कोरोना भाइरसको महामारी बाट परेको प्रभाव, यसले गरेको समस्याहरु तथा चुनौतिहरु र अवसरहरुको बारेमा छलफल गरेको छ ।

बिभिन्न सहकारी संस्थामा बोर्ड अधिकारीहरु, सीईओहरु र वरिष्ठ अधिकारी गरी २८ जना प्रतिनीधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा सीएसडीका कार्यकारी प्रमुख श्री बेचन गिरीले स्वागत टिप्पणी गरेका थिए । सहभागीहरुले कोरोना महामारीको वर्तमान परिदृश्यमा आफ्नो विचार, अनुभव र सिकाई साझा आदान प्रदान गरेका थिए ।

यस अवसरमा बोल्दै केन्द्रका अध्यक्ष श्री शंकरमान श्रेष्ठले भने “ कोरोना महामारी को कारण माइक्रोफाइनान्स क्षेत्रमा भएको क्षति अरु क्षेत्रमा भन्दा तुलनात्मक रुपले  कम भएको र कर्मचारीको मिहनतले यो केहि महिना भित्र पहिलेकै अवस्थामा फर्कन सकिने खालको रहेको धारण राखे । “ श्रैष्ठले सहभागीहरुलाई वर्तमान अवस्थामा निराश नहुन समेत सल्लाह दिए ।“महामारीको वेला निरान हुने कुनै कारण छैन । क्षतिको सुक्ष्म विश्लेषण गरेर अघि वढ्नु पर्ने अवस्था छ । यो वेला कहाँ कति क्षति भयो त्यो आँकडा निकालौँ । त्को लागि आधारभूत कुराहरुमा आफ्ना कर्मचारीहरुलाई पुनः अभिमुखीकरण गर्न तथा सदस्यहरुको सम्पर्कमा रहि रहनु पछ र सदस्यहरु र समुदायहरु बीच राम्रो प्रतिष्ठा कायम राख्ने वेला हो यो ।” श्रैष्ठले भने । उनले अगाडि भने, “महामारीले हामीलाई विगतका गल्तीहरुको समीक्ष गरी त्यस्तो गल्ति आउँदो दिनहरुमा फेरी दोहोरिन नदिने समय दिएको छ।” श्रेष्ठले भने । साथै सहकारी ग्राहक सदस्यहरुको जीवनमा समस्या पैदा गर्न को लागी नभई उनीहरुको जीविकोपार्जन सुधार गर्न र उनीहरुलाई उद्यमी वनाउनको लागी सभाउनु पर्ने उहाँो धराण थियो । “नाफा लघुवित्त संचालन को एकमात्र उद्देश्य हुनु हुँदैन । यदि हामी सदस्यहरुको भलाइमा काम गरे र उनीहरु लायै उद्यमी वनाएर जीवन स्तर उकास्न सके नाफा स्वतः हुनेछ” श्रैष्ठको भनाइ थियो ।

उक्त छलफलका सहभागीहरुले उल्लेखित मार्ग चित्र पनि तयार गरेको छन् :

१) हरेक लघुवित्त सञ्चालक संस्थाले आषाढ ३१, २०७७ सम्म निम्न किसिमको आधारमा सदस्यहरुको  वर्गीकरणः
क) सदस्यहरु जो किस्ताबन्दी (सावा र ब्याज) लकडाउनको समयमा पनि नियमित तिरेका छन् ।
ख) लकडाउन को समयमा मात्र ब्याज मात्र तिर्ने सदस्यहरु
ग) समयमै व्याज तिर्ने सदस्यहरु जो अहिले पनि इच्छुक छन् तर व्यवसाय वन्द भएको कारण अहिले तिर्न असमर्थ भएका छन् ।
घ) जानीजानी सावा व्याज चूक्ता नगरेका सदस्यहरु ।
२) ऋण भुक्तानी र व्यवसायिक स्थितिको मुल्याङ्कन गरी वर्गीकरणकोे आधारमा असल सदस्यको पुनरतालिकीकरण गर्र्नेे, सोही अनुसार असुली गर्ने, तथा कर्जा दोहोरोपना गर्ने सदस्यलाई थप ऋण नदिने नीति क्रमिक रुपमा कडाईका साथ अवलम्बन गर्ने ।
३) विदेशी देशहरु बाट आयात घटाउन कृषि र कृषिमा आधारित व्यवसायहरुमा प्राथमिकता दिने ।

४)डिजिटल प्रविधिको प्रयोग र विकासलाई प्राथमिकता दिई सदस्य माझ आफ्नो सेवालाई चुस्त दुरुस्त एवं प्रभावकारी बनाउने । आन्तरिक रुपमा केन्द्रिय कार्यालयबाट पनि फिल्ड कार्यालयसँग निरन्तर सञ्चार समन्वय कायम राख्ने ।
५) सबैभन्दा गरीब, वञ्चित र सीमान्तकृत समूह सम्म पुग्ने ।
६)  सदस्यका छोराछोरीहरुलाई उद्यमी बन्न तथा दैलोमै रोजगारीको वातावरण श्रृजना गर्न तिनीहरुको सीप तथा रुचि पहिचान गरी आवश्यक तालिम दिएर दोस्रो पुस्ताका सदस्य तयार गर्ने ।

७). विदेशबाट गाउँ फर्केका युवालाई गाउँमै स्वरोजगार तथा आत्मनिर्भर बनाउने गरी उनीहरुको सीप, क्षमता, चाहना तथा अनुभवको विवरण तयार गरी नमूनाकोरुपमा २०(२५ जना युवाको समूहलाई शाखा स्तरमा अन्तरक्रृया सञ्चालन गर्ने ।

८) ग्राहक दोहोरोपन र वहुकर्जा तत्कालै नियन्त्रण गर्ने ।
९) स्थानीय निकायहरु संग समन्वय गरी सदस्यहरुको उत्पादनहरुको वजारीकरणको लागि स्थानीय संस्थाहरु बीच सञ्जाल निर्माण गर्ने ।

समाचार