स्वावलम्बन विकास केन्द्र

उत्कृष्ट गैर वित्तीय सेवा प्रवाह गर्ने लघुवित्त संस्था र लघुवित्तकर्मी सम्मानित

स्वावलम्बन विकास केन्द्रको ३२औँ वार्षिकोत्सवको अवसरमा २०८० साउन २८ गते गैर वित्तीय सेवा तर्फ उदाहरणीय काम गर्ने लघुवित्त संस्था तथा लघुवित्तकर्मी सम्मानित भएका छन् । जस अन्तर्गत विभिन्न तीन विधामा तीन वटा संस्था मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमटेड, नेपाल महिला सामुदायिक सेवा केन्द्र र कर्मचारी तर्फ रञ्जना निरौला सम्मानित हुनु भएको छ ।

स्वावलम्बन विकास केन्द्रले आफ्ना सदस्य संस्थाहरूसँगको सहकार्यमा नेपालका गाउँ तथा समाजमा विद्यमान रैथाने ज्ञान, सीप, संस्कार, सास्कृतिक सम्पदा तथा वातावरणीय श्रोतको संरक्षण तथा स्थानीय स्तरमा उपलब्ध साधन र श्रोतको परिचालन गरी स्थानीयलाई आत्मनिर्भर बनाउन एवं जलवायुजन्य जोखिममा रहेका गरीब परिवारलाई उद्यमी बनाउन वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे ३, को धार्पा गाउँलाई वातावरणमैत्री स्वावलम्बन गाउँ बनाउन उदाहरणीय कार्य गरेकोमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सम्मानित गरिएको हो ।

मानुषीको कार्य क्षेत्र रहेको धार्पा गाउँका १२९ परिवारलाई समेटेर शुरु भएको यो कार्यक्रम अन्र्तगत २ वर्षको छोटो अवधिमा उल्लेख्य उपलब्धी हासिल भएका छन् । अहिले यहाँ कृषिजन्य वालीको उत्पादकत्व र आम्दानी बढाउन टनेल खेतीको शुरुवात, आकासे पानी संकलनको लागि प्लाष्टिक पोखरी निर्माण, स्वच्छ ऊर्जाको लागि सुधारिएकोे चुल्हो निर्माण, विस्तार तथा प्रयोग, गड्यौला मल तथा अन्य प्राङ्गारीक मल र विषादिको उत्पादन, प्रयोग एवं प्रवद्र्धन, आम्दानी सँगै हरियाली प्रवद्र्धन गर्न हरेक घरमा तीन थरी फलफुलका विरुवारोपण जस्ता कार्य भएका छन् । यस्ता कृयाकलापबाट स्थानीयको आम्दानी बढ्नुको साथै स्थानीय स्तरमै मल र पानीको जोहो भएको छ भने मलको लागि पैसा बाहिरिएको छैन् । यस अघि बाझै रहने जमिनमा अहिले खेती गरेर स्थानीयले लाभ लिन थालेका छन् । टनेलखेती गर्नेले सानो ठाउँमा कम मिहेनतमै मनग्य तरकारी उत्पादन गरेका छन् । स्थानीय सरकारले पनि यस कार्यक्रम अन्तर्गत सदस्यहरुले उत्पादनको बजारीकरण गर्न सहकार्य गर्ने भएको छ ।

यसैगरी शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको अवधारणा अनुरूप तीन शून्य क्लबको प्रवद्र्धन र गठनमा उत्कृष्ट काम गरेकोमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सम्मानित गरिएको छ । साथै तीन शून्य क्लब प्रवद्र्धन र गठनमा उत्कृष्ट सहयोगी व्यक्तिको रुपमा काम गरेकी जीवन विकास लघुवित्तकै तालिम विभाग प्रमुख रञ्जना निरौलालाई पनि सम्मानित गरिएको छ ।

जीवन विकासको पहलमा करिब ३ सय ५० भन्द वढी तीन शून्य क्लब गठन भएका छन् । जसमा तालिम विभाग प्रमुख रञ्जना निरौलाको अगुवाईमा एक सय भन्दा बढी तीन शून्य क्लबहरु गठन भएका हुन । हाल विश्वका ५१वटा देशमा १हजार २ सय ९०वटा तीन शून्य क्लब गठन भएका छन । जसमध्ये नेपालमा सबै भन्दा धेरै ४ सय ६८ वटा क्लबहरु पूर्व मेची देखि पश्चिम महाकाली सम्म २३ जिल्लामा गठन भएका छन् । तीन शुन्य क्लबहरुले विभिन्न २० वटा विधामा काम गरी रहेका छन् भने वातावरण विधामा सबै भन्दा धेरै २ सय ८८ वटा क्लबहरुले काम गर्दै आएका छन् ।

२०८० साउन ११ र १२मा मलेसियाको लङ्कावीमा आयोजित १३र्औँ सामाजिक व्यवसाय दिवसको अवसरमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई लगातार दुई वर्ष उत्कृष्ट तीन शून्य सहयोगी संस्था (थ्री जेड सपोर्ट अर्गनाइजेशन) अवार्डबाट समेत पुरस्कृत गरिएको छ ।

सो अवसरमा लघुवित्त सदस्यहरूको उत्पादनको बजारीकरण, मूल्यश्रृंखला बृद्धिमा काम गरी लघुवित्त सदस्यहरूको उत्पादनको उच्च मूल्य प्रदान गराउने हेतुले ग्रीन सप ब्रान्डमा नेपाल महिला सामुदायिक सेवा केन्द्र प्रा.लि. स्थापना गरी उदाहरणीय कार्य गरे वापत दाङ्ग जिल्लाको नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई पनि सम्मानित गरिएको छ । उक्त कम्पनीले लघुवित्त सदस्यहरुको उत्पादन बजारसम्म पुर्याउन तथा उनीहरुलाई आफ्नो उत्पादनको उच्च मूल्य प्राप्त गर्न सघाउदै आएको छ । यो कम्पनी सदस्यहरुकै स्वामित्वमा रहने गरी स्थापना भएको हो ।

 

समाचार

सुचना