स्वावलम्बन विकास केन्द्र

लघुवित्तमा आधारभूत लेखा प्रणाली तालिम सम्पन्न

लघुवित्त क्षेत्रमा गुणात्मक सुधार ल्याउन यसमा कार्यरत जनशक्तिको कार्यशैली, ज्ञान, सीप, एवं सोचले महत्वपूर्ण प्रभाव पर्ने महशुस गरी लेखा हेर्ने कर्मचारीहरुको कार्यकुशलता क्षमता अभिबृद्धि गर्न स्वावलम्बन विकास केन्द्रले लघुवित्त संस्थामा कार्यरत फिल्ड सहायक, वरिष्ठ सहायक, लेखापाल तथा सो सरहका कर्मचारीहरुका लागि “लघुवित्तमा आधारभूत लेखा प्रणाली” विषयक ३ दिने तालिम कार्यक्रम आफ्नो हल काठमाडौंमा आयोजना गरिएको थियो ।

२०७५ बैशाख ९ देखि ११ गते सम्म संचालन भएको उक्त तालिममा लेखा सम्वन्धी ब्यवहारिक ज्ञान तथा प्रचलित नियम सम्वन्धी जानकारी उपलब्ध गराइएको थियो । कार्यालयमा राखिने लेखा तथा अभिलेख, सानो नगदी कोष तथा ब्याज गणना, स्थिर सम्पत्ति तथा सम्पत्तिको वर्गिकरण, ह«ासकट्टी, कर्जाको वर्गिकरण तथा कर्जा नोक्सानी व्यवस्था, सम्पूर्ण कर, लेजर खाता, सन्तुलन परीक्षण, नाफा नोक्सान हिसाव, वासलात, नगद प्रवाह विवरण, मौज्दात व्यवस्थापन, वित्तीय विवरण, अनुपात सूचकहरु जस्ता विभिन्न विषयहरुमा छलफल हुनुका साथै लेखा राख्ने सिलसिलामा सम्पन्न गर्नु पर्ने विभिन्न बिषय सम्वन्धी व्यवहारिक अभ्यास समेत गराईएको थियो ।

यस तालिममा ११ लघुवित्त संस्थाहरुबाट २३ जना लेखा हेर्ने कर्मचारीहरुले भाग लिनु भएको थियो । तालिम संयोजक श्री रेणू प्रजापतिले तालिमको महत्वमाथि प्रकाश पार्दै लघुवित्त क्षेत्रमा अति आवश्यक लेखा तथा अभिलेखमा गुणात्मक सुधार ल्याउन यस तालिम संचालन गरेको बताउनुभयो । तालिममा आन्तरिक स्रोत व्यक्ति रुपमा केन्द्रका निर्देशक श्री सतिश श्रेष्ठले सहजीकरण गर्नु भएको थियो भने प्रमुख स्रोत व्यक्तिको रुपमा स्वावलम्बन  लघुवित्त विकास बैंक लि. का विभागिय प्रमुख श्री महेन्द्र बनलाई आमन्त्रण गरिएको थियो ।

केन्द्रका निर्देशक श्री सतिश श्रेष्ठले सबै सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सल्लाह दिनुका साथै सकृय सहभागिताका लागि सम्पूर्ण सहभागीहरुलाई बधाई दिनु भई जिम्मेवारी पूर्वक काम गर्न हौसला बढाई दिनु भयो । सहभागीहरुको प्रतिक्रिया लिने क्रममा उनीहरुले यस तिन दिने तालिममा भाग लिन पाएकोमा खुशी हुदैं तालिममा सैद्धान्तिक ज्ञान, सीप, एवं नीति नियमको जानकारी तथा अभ्यास समेत गर्न पाएकोमा सहभागीहरुको क्षमता अभिबृद्धि भएको व्यक्त गर्नु भयो । वर्तमान युगमा प्रविधिले कर्मचारीहरूलाई काम गर्न सजिलो बनाईएता पनि पारम्परिक तरिकाबाट खाताहरू कायम राख्ने महत्वलाई यस तालिमले ध्यान आकर्षण गरको थियो ।

समाचार

सुचना