स्वावलम्बन विकास केन्द्र

सहभागितामुलक ग्रामीण लेखाजोखा तालिम सम्पन्न

स्वावलम्बन विकास केन्द्रको आयोजनामा सहभागितामुलक ग्रामीण लेखाजोखा (Participatory Rural Appraisal)  सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । २०७८ भदौ ४ र ५मा आयोजित उक्त तालिमबाट स्वावलम्बन विकास केन्द्र, महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ग्रामीण प्रविधि केन्द्रका १६ जना दिक्षित भएका छन् ।

दुई दिने उक्त तालिमको सहजीकरण सहभागितामुलक ग्रामीण लेखाजोखा विज्ञ राजेन्द्र प्रसाद साहले गरेका थिए । तालिमको पहिलो दिन सहभागितामुलक ग्रामीण लेखाजोखाका विभिन्न विधिहरुवारे जानकारी गराउनुका साथै सैद्धान्तिक र व्यवहारिक पक्षबारे सिकाइएको थियो । तालिमका सहभागीहरुले सहभागितामुलक ग्रामीण लेखाजोखाका मुख्यगरी सामाजिक तथा स्रोत नक्साङ्कन, जोडागत स्तरीकरण, लक्षित समूह छलफल, अवलोकन भ्रमण लगायतका विधिहरु वारे सिकेका थिए । साथै सो अवसरमा सहभागितामुलक ग्रामीण लेखाजोखा अन्तरगत सामाजिक तथा स्रोत नक्सांकन विधिका ८ वटा चरणहरुबारे पनि जानकारी गराइएको थियो ।

तालिमको दोस्रो दिन स्थलगत अभ्यासका लागि तालिमको टोलि काठमाडांै जिल्लाको चन्द्रागिरी नगरपालिका वडा.नं. ३ स्थित मसिने गाउँमा पुगेको थियो । जहाँ स्थलगत अवलोकन विधिबाट अभ्यासको शुरुवात भएको थियो । साथै प्रशिक्षार्थिहरुले स्थानीयको सहभागितामा सामाजिक तथा स्रोत नक्सांकन विधि प्रत्यक्ष रुपमा अभ्यास गरेका थिए । अभ्यास पछि सबै सहभागीहरुले आफ्नो सिकाई अनुभव आदना प्रदान गरिएको थियो ।

केन्द्रले तालिम समापन पछि एक समारोहको आयोजना गरी तालिम सफलतापूर्वक सम्पन्न गर्ने १६ जना सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेको छ ।

समापन समारोहको अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले तालिम सफलता पूर्वक सम्पन्न भएको र अभ्यासको क्रममा प्रशिक्षर्थीहरुले गाउँका महत्वपूर्ण सुचनाहरु  संकलन गर्न गरेको धारणा राखे । साथै आगामी दिनमा पनि तालिमबाट सिकेको सीपहरु जीवनोपयोगी हुने अपेक्षा रहेको वताए ।

यो संगै गिरीले मसिने गाउँलाई स्वावलम्बन विकास केन्द्रको आर्थिक सहयोग र ग्रामीण प्रविधि केन्द्रको प्राविधिक सहयोगमा महिला सहयोगी बचत तथा ऋण सहकारी संस्थाले शुरु गरेको वातावरण मैत्रि स्वावलम्बन गाउँ निर्माण कार्यको लागि पनि तालिमको वेला संकलित सुचनाहरु उपयोगी हुने उल्लेख गरे ।

केन्द्रका निर्देशक सतिस कुमार श्रेष्ठले स्वावलम्बन विकास केन्द्रले लघुवित्तकर्मीहरुको लागि गुणस्तरीय तालिमहरु आयोजना गर्दै आएको जानकारी गराउदैँ यो तालिम पनि त्यसैको निरन्तरता भएको वताए । साथै आगामी दिनमा सहभागितामुलक ग्रामीण लेखा जोखा विषयमा थप ज्ञानहरुको आवश्यक परे केन्द्रले सहयोग गर्ने पनि जानकारी गराए ।

सो अवसरमा बोल्दै ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले कुनै पनि गाउँको वा समुदायको आवश्यकता विश्लेषण गर्नको लागि सहभागितामुलक ग्रामीण लेखाजोखा विधि उपयोगी  हुने र कुनै पनि परियोजन शुरु गर्नु अघि यो विधि अपनाए परियोजना सफल हुने धारणा राखे ।

सहजकर्ता राजेन्द्र शाहाले सहभागितामुलक ग्रामीण लेखाजोखा सुचना संकलनको भरपर्दो र विश्वसिलो विधि भएको र तालिममा सहभागीहरु अव आफ्नो व्यवसायिक जीवनमा लागु गर्न योग्य भएको वताए ।

समाचार

सुचना