स्वावलम्बन विकास केन्द्र

लघुवित्त नीति, अभ्यास र समस्याबारे श्रीलंकाको अनुभव आदान प्रदान

लघुवित्त सेवालाई प्रभावकारी वनाउन लघुवित्त संस्थाहरु ग्राहकमैत्री हुनु पर्ने र ग्राहक सदस्यको उद्यमशीलता वढाउन ध्यान दिनु पर्ने धारणा स्वावलम्बन विकास केन्द्रले २०७८ भाद्र २०गते आयोजना गरेको १४औँ संवाद श्रृखला अन्तर्गत “श्रीलंकाको लघुवित्त नीति, अभ्यास र समस्या” विषयक वेविनारका सहभागी लघुवित्तकर्मीहरुले राखेका छन् ।

बेविनारका प्रमुख वक्ता श्रीलंककाको लंका माइक्रोफाइनान्स प्रेक्टीशनर एशोशिएसन अफ श्रीलंकाका अध्यक्ष अनुरा अटापट्टुले श्रीलंकाको लघुवित्त क्षेत्रमा नीति, अभ्यास र समस्या वारे प्रस्तुती गर्दै श्रीलंकामा लघुवित्त ऐन २०१६मा कार्यान्वयनमा ल्याए पनि अधिकांश लघुवित्त सेवा दिने संस्थाहरु केन्द्रीय बैंकको नियमन दायरा वाहीर रहेकोले लघुवित्त व्यवस्थित हुन नसकेको, धेरै संस्थाले आवश्यकताको मुल्यांकन नगरी कर्जा प्रवाह गर्ने गरेकाले ग्राहकहरु अधिक कर्जाको जालोमा फसि कर्जा चुक्ता गर्न असमर्थ भएको कुरा राखे । साथै अटापट्टुले लघुवित्त संस्थाहरुले आफ्ना हरेक सदस्यलाई कृयाशील राख्ने तथा उद्यमी वनाउनु पर्ने, ऋण प्रवाह संगै सदस्य बचत, वीमा तथा अन्य सीप र क्षमता विकासका कार्यक्रमहरु प्रवाह गर्ने र ग्राहक सदस्यको सुरक्षाको लागि ऋण प्रवाह गर्दा ऋणको सही सुचना राख्ने, जोखिम वहन क्षमता अध्ययन गर्ने, वहुकर्जा वा आवश्यकता भन्दा वढी कर्जा नदिने व्यवस्था हुनु पर्ने वताए । उहाँले आफ्नो लघुवित्त कम्पनीले लघुवित्त सदस्य वनाउँदा र ऋण प्रवाह गर्दा सावधानी अपनाउने गरेको र कर्जा संगै सदस्यको व्यवसायको बीमा, सीप र क्षमता विकास कार्यक्रम पनि संगसंगै लग्ने गर्ने गरेको छ । यसले सकारात्मक परिणाम दिएको अनुभव सुनाए । उनले श्रीलंकामा पछिलो समय बहुकर्जाको समस्या वढ्दै गएको, ३५ प्रतीशत ब्याजदर रहेको, लगानीको अवसरहरु कम भएको, सदस्यको बचत संकलनमा लघुवित्त संस्थाले जोड नदिएको, राजनीतिक हस्तक्षेप, कोषको उच्च लागत तथा उच्च संचालन खर्च मुख्य चुनौतीको रुपमा रहेको वताएका थिए ।

सो अवसरमा वोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले श्रीलंकाको लघुवित्त जस्तो ऋण अपलेखन गर्नु पर्ने स्थिति आउन नदिन नेपालको लघुवित्त संस्थाहरुले ग्राहक सदस्यको सहि पहिचान र छनौट गर्ने, सबै सदस्यलाई आर्थिक गतिविधिमा क्रियाशिल वनाउने, सदस्यको क्षमता अनुसार मात्र ऋण दिने, ऋण माथि ऋण न दिने र सदस्यहरु संग निरन्तर सम्पर्कमा रहने जस्ता कुरामा ध्यान दिनु पर्ने धारणा राखे । साथै श्रेष्ठले श्रीलंकामा जस्तै लघुवित्त संस्थाहरुलाई सहि वाटोमा हिडाउन आचारसंहिता वनाएर लागु गर्नु पर्ने र ग्राहक सदस्यको स्तरोन्नति एबं व्यावसायिकता वढाउन नेपालका लघुवित्त संस्थाहरु मीलि उद्यमशीलताको सेवा दिने संस्था स्थापना गर्नु पर्ने विचार राखे ।

बेविनारको सहजीकरण स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य एवं प्रवन्ध समिति सदस्य डा. सुमित्रा मानन्धर गुरुङ्गले गरेकी थिइन् ।

वेविनारमा नेपाल, श्रीलंका र वंगलादेशका ३८ वटा लघुवित्त तथा वित्तीय संस्थाका १६२ भन्दा वढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समाचार

सुचना