स्वावलम्बन विकास केन्द्रले लघुवित्त क्षेत्रमा हाल देखा परेका जोखिमहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले लघुबित्तमा जोखिम व्यवस्थापन विषयक ३ दिने तालिमको हालै काठमाडौमा आफ्नो तालिम हलमा आयोजना गरेको छ ।

मिति २०७४—११—२७ देखि २९ गतेसम्म संचालन भएको सो तालिममा, लघुवित्त क्षेत्रमा हाल बढदो जोखिमलाई दुष्टिगत गरी जोखिम बारे जोखिम व्यवस्थापन प्रणाली अवधारणा एवं महत्व, जोखिमको पहिचान विधि, जोखिम न्यूनीकरणको लागि उपायहरु एवं रणनैतिकि योजना निर्माण, विद्यमान कानूनी व्यवस्था जस्ता विषयमा विस्तस्त छलफल गराइएको थियो ।

तालिम समापन कार्यक्रममा केन्द्रका अध्यक्ष श्री शंकर मान श्रेष्ठले सहभागीहरुसंग अनुभव साटासाट गर्नुभयो । लघुवित्त क्षेत्रमा देखिएका विकृतिहरुले जोखिम बृद्धि भएकोले अब सो को न्यूनिकरणका लागि सबै लघुवित्तकर्मीहरु संवेदनशील भएका अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले लघुवित्तको मर्म, उद्देश्य र सिद्घान्तको अनुशरण गरी विपन्न परीवारलाई लक्षित गरी कार्य गर्न आग्रह गर्नु भयो । अन्यथा लघुवित्तको छवीमा नराम्रो प्रभाव पर्ने कुरा तर्फ सबैको ध्यान आर्कषण गर्नु भयो ।
तालिम संयोजक श्री सतिश कुमार श्रेष्ठले तालिमको महत्वमाथि प्रकाश पार्दै लघुवित्त क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी न्यूनिकरण गर्न अत्यावस्यक भएकोले यो तालिम संचालन गरेको बताउनुभयो । तालिममा लघुवित्त क्षेत्रका विज्ञहरुलाई श्रोतव्यक्तिको रुपमा आमन्त्रण गरिएको थियो ।
केन्द्रका कार्यकारी प्रमुख श्री बेचन गिरीले सबै सहभागी तथा संस्थाहरुलाई लगनशिल एवं सचेत भै लघुवित्तको उद्देश्य अनुरुप काम गर्न सल्लाह दिनुभयो । तालिममा विभिन्न १६ वटा लघुवित्त संस्थाहरुबाट २४ बरिष्ठ प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

स्वावलम्बन विकास केन्द्रको संयोजन तथा प्रमुख लघुवित्त संस्थाहरुको पहलमा पहिलो पटक राष्ट्रिय स्तरको लघुवित्त सदस्य सम्मेलन मिति २०७३ जेष्ठ २—३ गते काठमाडौंमा आयोजना हुँदैछ । बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको २५ औं वार्षिकोत्सव (रजत जयन्ती समारोह) एक समारोह बीच काठमाडौंमा सम्पन्न भयो । प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीबि नेपालले पानसमा दीप बाँकी अंश...
नेपालको लघुवित्तका अग्रणी संस्था स्वावलम्बन विकास केन्द्रको छब्बीसौ साधारण सभा केन्द्रको कार्यलय भवन माइतीघर हाईट, काठमाडौंमा २०७४ आश्विन २२ गते सम्पन्न भयो । स्वावलम्बन विकास बाँकी अंश...
लघुवित्त क्षेत्रमा गुणात्मक सुधार ल्याउन यसमा कार्यरत जनशक्तिको कार्यशैली, ज्ञान, सीप, एवं सोचले महत्वपूर्ण प्रभाव पर्ने महशुस गरी लेखा हेर्ने कर्मचारीहरुको कार्यकुशलता क्षमता बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्त क्षेत्रमा हाल देखा परेका जोखिमहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले लघुबित्तमा जोखिम व्यवस्थापन विषयक ३ दिने तालिमको हालै काठमाडौमा आफ्नो तालिम हलमा बाँकी अंश...