स्वावलम्बन विकास केन्द्र

कोरोनाबारे समुदायमा चेतना ल्याउन सहकारी संस्थाका वरिष्ठ अधिकृतहरुलाई प्रशिक्षक प्रशिक्षण सम्पन्न

कोरोना महामारीमा लघुवित्त सदस्य तथा अन्य समुदायलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा सहकारी संस्थाका वरिष्ठ अधिकृतहरुलाई एक दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

अपरच्यूनिटी इन्टरनेशनल अष्टे«लियाको सहयोगमा स्वावलम्बन विकास केन्द्र र आरएमडीसी लघुवित्तले २०७८ भाद्र ३१ गते आयोजना गरेको उक्त तालिमको स्रोत व्यक्ति भारतका डा. डी. एस. के राव, डा. सौमित्र दत्ता र आलोक चक्रवर्ती रहेका थिए । कार्यक्रम सहजीकरण अपरच्यूनिटी इन्टरनेशनल अष्टे«लियाकि अनि वाङले गरेकि थिइन् । उक्त तालिममा २५ वटा लघुवित्त कार्यक्रम संचालन गर्ने सहकारी संस्थाका २५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो तालिमले लघुवित्तकर्मी मार्फत कोरोना महामारीबाट बच्ने उपायहरु समुदाय सम्म पु¥याउने लक्ष राखेको छ । यस तालिमबाट दिक्षित भएका २५ जना मध्ये हरेकले आ–आफ्नो लघुवित्त संस्थाका शाखा प्रबन्धकहरुको लागि यस्तो तालिम संचालन गर्ने छन् । यसै गरी शाखा प्रबन्धकहरुले पनि आफ्नो शाखा अन्तर्गतका ५ देखि ७ जना कर्मचारीहरुलाई यस्तो तालिम दिनेछन् । यसरी प्रशिक्षित फिल्ड कर्मचारीहरुले आफुले संचालन गर्ने केन्द्रका प्रमुख तथा उप–प्रमुखहरु र ती सदस्यहरुले आफ्नो सहकर्मी तथा छिमिकीहरुलाई र उनीहरु मार्फत समुदायलाई कोरोनाबाट वाँच्ने वचाउने चेतना बाँड्न सहयोग पुर्याउने छ । यस अघि यस्तो तालिम लघुवित्त वित्तीय संस्थाका २५ जना अधिकारीहरुलाई पनि दिइएको थियो ।

तालिम उद्घाटनको अवसरमा वोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले तालिमको उद्देश्य सहभागीहरुलाई प्रशिक्षक मात्र बनाउने नभई उहाँहरु मार्फत शाखा प्रवन्धक, शाखा प्रवन्धक मार्फत फिल्ड कर्मचारी, फिल्ड कर्मचारी मार्फत लघुवित्त सदस्य र लघुवित्त सदस्य मार्फत समुदायमा कोरोनाबारे चेतना फैलाउनु रहेको उल्लेख गरे । साथै श्रेष्ठले यस अघि लघुवित्तकर्मीहरुलाई दिइएको तालिम निकै फलदायी भएको धारणा राखे । “मैले ७ वटा लघुवित्त वित्तीय संस्थाका पहिलो तालिमका सहभागीहरु संग अन्तर्कृया गरेको थिए । जसमा पहिलो प्रशिक्षक पशिक्षण तालिम लिएका मध्ये केहीले असाध्यै राम्रो गरेका छन्, केहीले राम्रो गरेका छन र केहीले राम्रो गर्ने प्रयास गरी रहेका छन् । तालिममा सहभागी मध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रतिनीधिले आफुले तालिम लिए पछि १३८ जना शाखा प्रवन्धकहरुलाई तालिम दिइ सकेको छ । उनीहरु बाट ७०० जना फिल्ड स्तरका कर्मचारी र फिल्ड स्तरका कर्मचारीवाट करीब १लाख महिला सदस्य सम्म कोरोना महामारीबाट वच्ने सकारात्मक सन्देश प्रवाह भएको छ ।” श्रेष्ठले भने । साथै तालिम पछि धेरै कर्मचारी र सदस्यहरुले भ्याक्सिन लगाउन थालेको, धेरै महिलाहरु सुरक्षाको उपाय अपनाएर केन्द्र बैठक संचालन गर्न थालेको, अरु बचत तथा ऋणका कार्यक्रमहरु पनि शुरु भएर देखिने गरी परिणाम आएको श्रेष्ठको भनाई थियो । “यो दोस्रो तालिम लघुवित्त संचालन गर्ने सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको छ । तालिमका सहभागीहरुले पनि यहाँबाट सिकेर अरुलाई सिकाउने काम प्रभावकारी रुपमा गर्नु हुनेछ भन्ने आशा गरेका छौँ । यसले हाम्रो समुदाय र लघुवित्त क्षेत्रमा नै कोरोनाको असर न्यूनिकरण गर्न सघाउने छ ।” श्रेष्ठले भने ।

तालिमको शुरुवातमा प्रशिक्षक डा. डी.एस.के. रावले तालिम कुनै प्राविधिक सिकाईको लागि नभई कोरोना महामारी प्रतिको वुझाईमा स्पष्टता ल्याउने र मानिसको व्यवहारमा परिवर्तन ल्याएर समुदाय र कार्यस्थलमा कोरोना महामारीको असर कम गर्ने प्रयास भएको धारणा राखे ।

चार वटा सत्रमा रहेको उक्त प्रशिक्षक प्रशिक्षणमा प्रशिक्षक द्वय डा. सौमित्र दत्ता र आलोक चक्रवर्तीले दुई दुईवटा सत्र सहजीकरण गरेका थिए । तालिमका क्रममा प्रशिक्षणहरुले मुख्यतयाः कोरोना महामारीको हाल सम्मको अवस्था तथा आम जनमानसमा यसको असर कस्तो छ, कोरोना संक्रमण तथा महामारीबाट कसरी सुरक्षित हुने, यसको सामना कसरी गर्ने र कोरोना संक्रमण तथा महामारीलाई कसरी परास्त गर्ने भन्ने चारवटा विस्तृत पाटोहरु समेटिएका थिए ।

यस्तै आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योती चन्द्र ओझाले आफ्नो समापन मन्तब्यमा लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरु कोरोना महामारी विरुद्ध जनचेतना फैलाउन सक्षम रहने वताउदै यो कामलाई तालिमका सहभागीहरुले तालिममा सिकेको ज्ञान प्रवाह गदै प्रभावकारी ढंगले अघि वढाउने विश्वास व्यक्त गरे । साथै ओझाले तालिमका सहजकर्ताहरु, आयोजक अपरच्यूनिटी इन्टरनेशनल तथा सहभागी सबै प्रशिक्षार्थीहरुलाई धन्यवाद दिनु भयो ।

तालिम पछि गरिएको मुल्याङ्कनले तालिम प्रभावकारी भएको देखाउनुको साथै सहभागीहरुले तालिमबाट कोरोना महामारी सम्वन्धी समाजमा उठेका भ्रमहरु हटाउन सफल हुने वताएका छन् । साथै उनीहरुले चाँडैनै आफ्नो संस्था भित्र सहकर्मीहरुको लागि तालिमको आयोजना गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

समाचार

सुचना