स्वावलम्बन विकास केन्द्र

व्यवस्थापन टोलि


श्री बेचन गिरि, कार्यकारी प्रमुख
श्री बेचन गिरिसंग बैंक, कृषिवित्त, अनुसन्धान तथा लघुवित्त लगायत क्षेत्रमा विज्ञता छ । उहाँले डिसेम्बर २०१७ बाट स्वावलम्बन विकास केन्द्रमा कार्यकारी प्रमुखको पदभार सम्हाल्नु भएको हो । २७ वर्ष नेपाल बैंक लिमिटेडमा सेवा गर्नु भएका गिरिले बैंकको नायव महाप्रबन्धक पदबाट अवकास लिनुभएको थियो । विगतमा नाडेप लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको भूमिका निभाउनु भएका गिरि शुरुआती समयमा नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत कृषि आयोजना सेवा केन्द्र (एप्रोक्स) मा पनि आवद्ध रहनु भयो । उहाँले वेलायतको बे्राडफोर्ड विश्व विद्यालयबाट एग्रीकल्चर डेभलप्मेन्ट एण्ड रुरल फाइनान्स (कृषि विकास तथा ग्रामीण वित्त) मा स्नातकोत्तर उपाधि हासिल गर्नु भएको छ ।
श्री सतिश श्रेष्ठ, निर्देशक
सन् २०१० मा उपनिर्देशक पदबाट स्वावलम्बन विकास केन्द्रमा सेवा शुरु गर्नु भएका श्री सतिश श्रेष्ठ हाल केन्द्रको निर्देशक हुनुहुन्छ । श्रेष्ठसंग लघुवित्त क्षेत्रमा काम गरेको एक दशकभन्दा लामो अनुभव छ । श्रेष्ठ एशियाली विकास बैंक तथा विश्व बैंकको MFTOT कोर्षको पूर्ण इजाजत प्राप्त प्रशिक्षक हुनुहुन्छ । श्रेष्ठले सन् २०११ मा स्पेनको भालाडोलीडमा सम्पन्न ग्लोवल माइक्रो समिट क्याम्पीयन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा तालिम तथा सम्मेलनहरुमा सहभागिता जनाई सक्नु भएको छ । उहाँले काठमाण्डौं विश्व विद्यालयबाट मानव स्रोत व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएको छ ।

श्री सोपन विष्ट, सहायक निर्देशक
वरिष्ठ अधिकृतका रुपमा २०७५ साल मंसिर महिनाबाट स्वालम्बन विकास केन्द्रको सेवामा प्रबेश गर्नु भएका विष्ट हाल केन्द्रको सहायक निर्देशक हुनुहुन्छ । विष्टले लघुुवित्त क्षेत्रका विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्नु हुन्छ । पुर्नलगानीको बजार तथा स्वच्छ शुरुवाती कार्यक्रमको प्रभाव विषयमा १०,००० सदस्यहरु माझ गरिएको संख्यात्मक सर्भेमा विष्ट एक महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । विष्टले भारतबाट सिभिल इन्जिनीयरिङमा स्नातक र काठमाण्डौं विश्व विद्यालयबाट एमविए उपाधि हासिल गर्नु भएको छ ।

श्री रेणु प्रजापति, वरिष्ठअधिकृत

श्री रेणु प्रजापति हाल स्वावलम्बन विकास केन्द्रमा मा वरिष्ठ अधिकृत को रूपमा कार्यरत हुनुहुन्छ। वहाँ लघुवित्त सम्बन्धी प्रशिशार्थी प्रशिक्षण तालिम प्राप्त  प्रमाणित प्रशिक्षक हुनुहुन्छ। स्वावलम्बन विकास केन्द्रमा उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण कार्यक्रमहरू, कार्यशालाहरू, सम्मेलनहरू, वेबिनारहरू साथै अध्ययन भ्रमण कार्यक्रमहरूको योजना निर्माण र समन्वय गर्नु हुन्छ। वहाँ  स्वावलम्बन विकास केन्द्रको  प्रशासनिक कार्यहरू सम्पादन गर्न पनि उत्तिकै सक्रिय हुनुहुन्छ। केन्द्रमा प्रवेश गर्नुअघि वहाँ  शिक्षकको रूपमा काम गर्नु भएका थिए। उनले पोखरा विश्वविद्यालयबाट एमबीए गर्नु भएको छ । उनले माइक्रोफाइनान्सको नियामक व्यवस्था र अभ्यासहरू बारे अन्तर्दृष्टि प्राप्त गर्न स्वावलम्बन विकास केन्द्र द्वारा आयोजित एक संयोजकको रूपमा बंगलादेश र श्रीलंकाको एक हप्ता लामो अध्ययन भ्रमणहरूमा भाग लिनु भएको छ ।

श्री चन्द्रकान्त पण्डित, सुचना तथा सञ्चार अधिकृत
सञ्चारको क्षेत्रमा एक दशक भन्दा लामो कार्य अनुभव बटुल्नु भएका पण्डित स्वावलम्बन विकास केन्द्रमा २०७६ साल चैत्र महिनाबाट सुचना तथा संञ्चार अधिकृतमा नियुक्त हुनु भएको हो । पण्डितले यस अघि सञ्चारकर्मीका रुपमा अखवार, रेडियो तथा टेलिभिजन लगायत बृतचित्र निर्माण तथा निर्देशन जस्ता विधामा काम गर्नु भएको छ । पण्डितले विभिन्न सञ्चार परियोजनाहरुमा सञ्चार रणनीति निर्माण तथा सञ्चार विज्ञका रुपमा काम गर्नु भएको छ । उहाँ त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रिय विभागबाट स्नातकोत्तर हुनुहुन्छ ।
 

 

 

श्री बिज्ञा ज्ञवाली, वातावरण तथा उद्यमशीलता विकास अधिकृत
स्वावलम्बन विकास केन्द्रकी वातावरण तथा उद्यमशीलता विकास अधिकृत श्री बिज्ञा ज्ञवालीसँग विशेष गरी वातावरण संरक्षण, प्राकृतिक स्रोत व्यवस्थापन र जीविकोपार्जनको क्षेत्रमा करिब १० वर्षको कार्य अनुभव छ । यस अघि माध्यमिक तहमा पाँच बर्ष शिक्षण समेत गर्नु भएकी श्री ज्ञवालीले त्रिभुवन विश्व विद्यालयको ख्वपः कलेजबाट वातावरण विज्ञानमा स्नातकोत्तर अध्ययन पुरा गर्नु भएको छ । विश्व वन्यजन्तु कोष नेपाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, वातावरण तथा श्रोत व्यवस्थापन परामर्शदाता र फरेस्ट एक्शन नेपाल जस्ता उल्लेखनीय संस्थाहरूमा विभिन्न भूमिका निर्वाह गरिसकेकी ज्ञवाली अहिले परियोजना विकास, कार्यान्वयन, सञ्चार, क्षमता अभिबृद्धि र सञ्चार सामाग्री प्रकाशन लगायतका क्षेत्रमा दक्षता राख्नुहुन्छ । यसको साथै अनुसन्धान र सञ्चारको क्षेत्रमा पनि उहाँको विज्ञता छ ।
श्री सेलेस्टी बडाल, लेखा अधिकृत
श्री सेलेस्टी बडालले कार्तिक २०, २०७९ देखि स्वावलम्बन विकास केन्द्रमा लेखा अधिकृतकोरूपमा सेवा प्रारम्भ गर्नु भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालय, नेपाल बाट बिजनेस स्टडीजमा स्नातकोत्तर अध्ययन पुरा गर्नु भएको छ । साथै बडाल सँग लेखा क्षेत्रमा ७ वर्षभन्दा बढीको अनुभव छ र नेपालमा लेखा अभ्यासको ज्ञान छ ।

 

श्री सरु मगर, बरिष्ठ सहायक

श्री सरु मगरले २०७८ चैत्र ९ गते देखि प्रशिक्षार्थी सहायक पदबाट स्वावलम्बन विकास केन्द्रमा सेवा प्रबेश गर्नु भएको हो । हाल उहाँ बरिष्ठ सहायकको रुपमा कायरत हुनहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातक श्री मगरले यस अघि नेपाल सरकार राष्ट्रिय जनगणना २०७८मा गणकको भूमिका निभाउनु भएको छ । साथै विभिन्न अध्ययन अनुसन्धान तथा सर्भेहरुमा तथ्यांक संकलक तथा अद्यावधिकको भूमिकामा रहेर पनि काम गर्नु भएको छ ।

श्री भावना अधिकारी, प्रशिक्षार्थी सहायक
श्री भावना अधिकारी प्रशिक्षार्थी सहायकको रूपमा स्वावलम्बन विकास केन्द्रमा आवद्ध हुनुहुन्छ । उहाँले कार्यालयको दैनिक कार्य सम्पादनमा सहयोग प्रदान गर्दै आउनु भएको छ । उहाँ हाल त्रिभुवन विश्वविद्यालय नेपालमा बाणिज्य शास्त्रमा स्नातक अध्ययनरत हुनुहुन्छ ।
श्री सुजाता खड्का, सहायक 
श्री सुजाता खड्का २०७९ फागुन देखी सहायकको रुपमा स्वावलम्बन विकास केन्द्रमा आवद्ध हुनहुन्छ । वाणिज्य शास्त्रमा स्नातक अध्यन पुरा गर्नु भएकी खड्का त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत हुनहुन्छ । यसअघि उहाँले लेखा क्षेत्रमा तीन बर्षको कार्य अनुभव हासिल गर्नु भएको छ ।

श्री देवेश प्रधान, प्रशिक्षार्थी सहायक

श्री देवेश प्रधानले २०८०, भाद्र १० देखी स्वावलम्बन विकास केन्द्रमा प्रशिक्षार्थी सहायकको रूपमा आफ्नो भूमिका शुरु गर्नु भएको छ । कार्यालय सञ्चालनका विभिन्न भुमिकाकमा काम गर्ने प्रधानले अध्ययन अनुसन्धान तथा र डेटा विश्लेषणमा सघाउनु हुँन्छ । श्री प्रधानले भारतको उत्तर बङ्गाल विश्वविद्यालय (NBU) बाट अर्थशास्त्रमा स्नातक डिग्री हासिल गर्नु भएको छ । उहाँले यस अघि अनुसन्धान लेखन, ग्राफिक्स डिजाइन, र सी सी प्लस प्रोग्रामिङमा संलग्न भएर अनुभव हासिल गर्नु भएको छ । यसबाहेक, उहाँ संग एक वर्ष ई–कमर्समा काम गरेको अनुभव पनि छ ।

श्री सुजन मोक्तान, प्रशिक्षार्थी सहायक
श्री सुजन मोक्तानले २०८० भदौबाट प्रशिक्षार्थी सहायकको रूपमा स्वावलम्बन विकास केन्द्रमा आफ्नो पेशागत यात्रा शुरु गर्नु भएको हो । उहाँसँग क्यासियरको रूपमा एक वर्षभन्दा बढी काम गरेकोे अनुभव छ । उहाँले यस अघि चेतना नेपाल लगायत अन्य गैर सरकारी संस्थाहरुको कार्यक्रममा स्वयम सेवकको रुपमा पनि काम गर्नु भएको छ । उहाँले समाजमा जनचेतना जगाउने तथा वातावरण संरक्षण जस्ता कार्यमाकाम गर्नु भएको छ । हाल उहाँ त्रिभुवन विश्व विद्यालय नेपालबाट समाजसेवा अध्ययनमा स्नातक अध्ययनरत हुनुहुन्छ ।
श्री कृष्ण खड्का, प्रशिक्षार्थी कृषि सहायक
श्री कृष्ण खड्काले स्वावलम्बन विकास केन्द्रमा २०८० माघ देखि कृषि सहायकको रुपमा आफ्नो पेशागत यात्रा शुरु गर्नु भएको हो । खड्काले सिटिईभिटीबाट सम्वन्धन प्राप्त विरुवा विज्ञानमा कृषि डिप्लोमा अध्ययन पुरा गर्नु भएको छ ।

श्री रमेश रोकायाले, प्रशिक्षार्थी कृषि सहायक

श्री रमेश रोकायाले स्वावलम्बन विकास केन्द्रमा २०८० माघ देखि कृषि सहायकको रुपमा आफ्नो पेशागत यात्रा शुरु गर्नु भएको हो । उहाँले सिटिईभिटीबाट सम्वन्धन प्राप्त विरुवा विज्ञानमा कृषि डिप्लोमा कोर्ष पुरा गर्नु भएको छ ।


 

 

समाचार

सुचना