स्वावलम्बन विकास केन्द्र

लघुवित्तको मानव संशाधन विकास सम्मेलन

स्वावलम्बन विकास केन्द्रको आयोजनामा २०७६ साल आषाढ १० र ११ गते धुलिखेल, काभ्रेमा लघुवित्त संस्थाहरुको मानव संशाधन व्यवस्थापन विषयको सम्मेलन गरिएको थियो । उक्त सम्मेलनमा २५ लघुवित्त संस्थाहरुबाट ३५ जना लघुवित्तका उच्च व्यवस्थापकीय पदाधिकारीहरुको सहभागिता रहेको  थियो ।

मानव संशाधन व्यवस्थापन र विकासमा देखिएका समस्या, अवरोध र चुनौतीहरुको पहिचान गरी सुधारका उपायहरु पहिल्याउन र लघुवित्त कार्यक्रमको दर्शन र सिद्धान्त अनुरुप अगाडि बढाउन सकारात्मक सोच भएको जनशक्ति निर्माण तथा व्यवस्थापन गर्न सीप र दक्षता वृद्धि गर्ने प्रयास यस सम्मेलनमा गरिएको थियो ।  सम्मेलनको उद्घाटन क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष श्री शंकर मान श्रेष्ठले  लघुवित्त कार्यक्रमको सफलता, लघुवित्त संस्थामा काम गर्ने कर्मचारीहरुको सोच, संस्कार, लगनशीलता र इमान्दारितामा निर्भर हुने भएकोले उनीहरुमा सीप र दक्षता वृद्धिका साथै गरीबी निवारणको लागि पनि सकारात्मक सोच राखी काम गर्ने पद्धतिको विकास गर्नुपर्ने आवश्यकता औल्याउनु भएको  थियो ।

यस क्रममा ग्रामीण बैँक बंगलादेशको जनशक्ति विकासको सिद्धान्त, नीति र पद्धतिको वारेमा उक्त बैँकको जनरल मेनेजर श्री मोहम्मद अबुल हुसेनले प्रस्तुतीकरण गर्नु भएको थियो । यस्तै व्यवस्थापन विज्ञ श्री विकल शेरचनले कर्मचारीमा आवश्यक उत्प्रेरणा र प्रभावकारी संवादको महत्व बारे समेत प्रस्तुतीकरण गर्नुभयो ।

सम्मेलनको समापन सत्रमा सहभागीहरु मध्ये मन्तव्य राख्ने क्रममा मानुषी लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत श्री शोभा वज्राचार्यले “कर्मचारी छनौट प्रक्रिया र मानव संशाधन विकासमा ग्रामीण वैकको नीति तथा कार्यक्रम नेपाली लघुवित्त संस्थाहरुले पनि अनुशरण गर्न सकिन्छ” विचार व्यक्त गर्नुभयो । यसै गरी श्री मोहम्मद अबुल हुसेनले भन्नुभयो “कर्मचारी व्यवस्थापन सही रुपमा गर्ने संस्थाको प्रगति राम्रो देखिन्छ ।”

स्वावलम्वन विकास केन्द्रका कार्यकारी प्रमुख श्री वेचन गिरीले कर्मचारी छनौट प्रकिया र यसले संस्थामा पार्ने प्रभाव वारे प्रकाश पार्नुभयो ।

सम्मेलनको समापनक्रममा स्वावलम्वन विकास केन्द्रका अध्यक्ष श्री शकर मान श्रेष्ठले “कर्मचारीको व्यवहारमा परिवर्तन चाहिएमा त्यसको शुरुवात संस्थाका प्रमुखहरुवाट नै हुनुपर्छ ।” यसै गरी उहाँले थप्नुभयो, “राष्ट्र वैंकको लघुवित्त वित्तीय संस्थाको भावीमर्जर नीति तथा कार्यक्रम संस्थाहरु स्वंयले नै आप्नो अनुकुलको संस्थाहरुसँग समन्वय गरी गाभिने र गाभ्ने प्रकियाको थालनी गर्नुपर्छ” भनाई राख्नु भयो ।

समाचार

सुचना