स्वावलम्बन विकास केन्द्र

लघुउद्यमशीलता विकास तालिमबाट २५ जना शाखा प्रवन्धक दिक्षीत

लघुवित्त संस्थामा लघुउद्यमी ग्राहकको पहिचान तथा विकास विषयक दुई दिने तालिम सम्पन्न भएको छ । २०७७ मंसिर ९ र १०गते स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको भर्चुयल तालिममा २५ वटा लघुवित्त संस्थाका १९ जना शाखा प्रवन्धक र ६ जना अधिकृत तहका कर्मचारीहरु सहभागीता रहेको थियो ।

तालिम समारोह समापनको अवसरमा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्त मार्फत गरीब, बिपन्न तथा दिनहिन हरुको अवस्था माथि उकास्न शाखा प्रबन्धकहरुको मुख्य भूमिका हुने र त्यसकालागि यो तालिमले सहभागीहरुमा निखारता ल्याएकोे विश्वास व्यक्त गरेका छन् । यसका साथै सहभागीहरुले हाल धुमिलिदै गएको लघुवित्तको छवि सुधार्न समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन् । “ऋण दिने र व्याज असुली गर्ने मात्र नभई गरीब, विपन्न र दिनहिनहरुलाई प्राथमिकताका साथ स्वरोजगार र उद्यमि वनाउनु लघुवित्तको मुल मर्म हो, उनीहरुलाई कामदार होइन उद्यमी वनाउनु जरुरी छ र यसकालागि शाखा प्रवन्धकहरुले थप मिहिनेत गर्नु जरुरी छ” श्रेष्ठको कथन थियो । गरीब, विपन्न र दिनहिनहरुलाई जीवन निर्वाहका लागि मात्रै हो भने लघुवित्तको आवश्यकता नपर्ने र उनीहरुलाई लघुवित्तले निर्वाहमुखी अवस्थावाट माथि उठाउने काम गर्नु पर्ने उनको धारणा थियो ।

सो अवसरमा सहभागीहरुले तालिममा सिकेको ज्ञानले आगामी दिनमा लघुवित्तको मर्म अनुसार काम गर्न निकै सघाउ पुग्ने अनुभव सुनाएका थिए । सामारोहमा केन्द्रका कार्यकारी प्रमुख बेचन गिरिले लघुउद्यशीलता विकासमा स्वावलम्बन विकास केन्द्रले लघुवित्त संस्थाहरुको ज्ञान र क्षमता बिकास गर्ने हेतुले तालिमको आयोजना गरेको जानकारी दिनु भयो । तालिममा सिकेको सीप कार्यान्वयनमा लैजान पनि सहभागीहरु सगं नियमित संचार सम्पर्क स्थापना गर्ने, सिकाई आदान प्रदान गर्ने र यस विषयमा केन्द्रले अनुगमन समेत गर्ने जानकारी गराउनु भयो ।

तालिममा समावेश विषयवस्तुको सहजीकरण मेड इन नेपालका उद्यमशीलता विकास विज्ञ गोकुल प्याकुरेलले गरेका थिए । उनी संयूक्त राष्ट्र संघिय विकास कार्यक्रम (यूएनडिपि) को बरिष्ठ लघुउद्यम विकास कार्यक्रम संयोजक, विकेन्द्रीकृत स्थानीय सुशासन सहयोग कार्यक्रम अन्तर्गत, लघुवित्त तथा उद्यमशीलता विज्ञ तथा स्वावलम्बन विकास बैंकको उपनिर्देशक लगायतमा काम गरेका छन । उद्यमशीलता विकासमा २० बर्ष भन्दा लामो अनुभव संगालेका प्याकुरेल विश्वबैक टोकियो र आइएलओ जेनेभा बाट प्रशिक्षक तालिम प्राप्त व्यक्ती हुन ।  तालिमको संयोजन केन्द्रका निर्देशक सतिश श्रेष्ठ, तालिम अधिकृत रेणु प्रजापति र सहायक टसि ल्हमु शेर्पाले गरेका थिए ।

दिक्षितहरुको विवरण:

समाचार

सुचना