स्वावलम्बन विकास केन्द्र

बर्तमान सभ्यताले खतरा निम्त्यायो नयाँ सभ्यताको निर्माणमा जुटौँं– नोवेल विजेता प्रो. मोहम्मद युनूस

सन् २००६का नोवेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनूसले बर्तमान सभ्यताको कारण मानवजातीको अस्तित्व संकटमा पर्न थालेकोले नयाँ सभ्यता विकास गर्न आव्हान गर्नु भएको छ । नयाँ सभ्यता विकासको लागि अहिलेको पूँजी प्रधान आर्थिक प्रणालीको पूनर्संरचना गरेर सामाजिक उत्तरदायित्व वहन गर्ने खालको आर्थिक प्रणाली लागु गर्नु पर्ने उहाँको धारणा छ । २०७९ आषाढ १५ गते १२आँै सामाजिक व्यवसाय दिवसका अवसरमा अनलाईन जुम माध्यमबाट आयोजित नेपाल फोरमलाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै प्रोफेसर युनूसले यस्तो धारणा राख्नु भएको हो ।
१२औँ सामाजिक व्यवसाय दिवसको मूल नारा “वर्तमान सभ्यताले हामीलाई नष्ट गर्नु अघि नयाँ सभ्यताको निर्माण गरौँ” भन्ने रहेको थियो । हरेक ब्यक्तिले पृथ्वीको अस्तित्व समाप्त पार्ने खालका बर्तमान मानव गतिविधि बन्द गरेर समग्र प्राणी जगतका लागि सुरक्षित पृथ्वी निर्माण गर्ने खालका आनिवानिको विकास गर्र्नु पर्ने १२औँ सामाजिक व्यवसाय दिवसको मुल सन्देश रहेको छ ।
नेपाल फोरमको विशेष बक्ताकोरुपमा आमन्त्रित प्रोफेसर मोहम्मद युनूसले शून्य कार्बन उत्सर्जन, गरीबी अन्त्यको लागि शून्य धन एकाग्रता र उद्यमशीलता मार्फत शून्य बेरोजगारी अहिलेको विश्वको अपरिहार्यता भएकोले ढिलो नगरी यसको कार्यान्वयन तर्फ आ–आफ्नो क्षेत्रबाट काम गर्नुु पर्नेमा जोड दिनुभयो । “हामीले विश्वलाई गरीबी, बेरोजगारी र कार्बन रहित बनाउन तर्फ लाग्नु पर्छ । हामीले नयाँ बाटो बनाउनु पर्छ ताकि हामी नयाँ सभ्यताको शुरुवात गर्न सकौँ । सामाजिक व्यवसायले मानवजाती र दिगो अर्थतन्त्रका लागि अवसरहरू विस्तार गर्दै सामाजिक समस्याहरूको व्यवहारिक र दीर्घकालिन समाधान खोज्ने लक्ष्य राखेको छ । नयाँ सभ्यतालाई फरक ढंगले अगाडि बढाउनु हाम्रो लागि अहिलेको प्रमुख र सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो ।” युनूसको भनाई थियो । “नाफामुखी वर्तमान सभ्यताले हाम्रो साझा घर पृथ्वीलाई बस्न अयोग्य वनाई रहेको छ । हामी आफैले आफैलाई आत्महत्याको बाटोमा डो¥याएका छौँ । मानवतालाई नयाँ बाटोमा लैजाने अवसरहरू पनि दिनहुँ झन्झन् साँघुरा हुँदै गइरहेका छन् । तसर्थ अवसर वा सम्भावनाहरू सकिनु अघिनै हामीले नयाँ सभ्यताको बिऊ तयार गर्नुपर्छ । यो मानवजगत र समग्र पृथ्वीकै समस्याहरू समाधान गर्न मुख्यरूपमा शून्य व्यक्तिगत लाभमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्छ” युनूसले भन्नुभयो ।
यो संगै युनूसले नयाँ सभ्यता निर्माण गर्न युवाहरू जागरुक हुनुपर्ने र तीन शून्य क्लबले बोकेको अवधारणा अनुरुप युवाहरुलाई नेतृत्व पंङ्कतीमा राखेर उनीहरूसंग भएको उर्जा तथा प्राविधिक क्षमतालाई समुन्नत विश्व बनाउन उपयोग गर्नुपर्ने बताउनु भयो । साथै युनूसले १२अँँौै सामाजिक व्यवसाय दिवस अन्तर्गत आयोजित कन्ट्री फोरमहरु मध्ये नेपाल फोरम सबै भन्दा ठूलो भएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।  
नेपाल फोरमका विशेष अतिथि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गरीबी निवारण एक जटिल तथा वहुआयामिक विषय भएकोे र यसलाई मानवजातीका हरेक आवश्यकता संग जोडेर हेर्नु पर्ने बताउनुभयो । “नेपालमा गरीबीको दर कोभिड–१९ अघि १८ प्रतिशत थियो जुन अहिले २० प्रतिशतमा पुगेको छ । धनी वर्गले आफ्नो सम्पतिलाई सामाजिक व्यवसायमा प्रवद्र्धन गरेर गरीबीलाई धेरै कम गर्न सकिन्छ । हामीले गरीबी न्यूनीकरण, वित्तीय पहुँच, महिला सशक्तिकरण र कार्बन उत्सर्जन घटाउन तर्फ एक भएर लाग्नु पर्छ । कार्बन उत्सर्जनका सम्बन्धमा नविकरणीय ऊर्जा, जलविद्युत र लघु जलविद्युतको प्रवद्र्धन गरी जलविद्युत नपुगेको ठाउँमा उत्सर्जन हुने कार्बन घटाउन सकिन्छ । त्यसैगरी, असमानता, धनको एकाग्रता र बेरोजगारीलाई उद्यमशीलता फैलाएर नियन्त्रण गर्नुपर्छ ।” डा. नेपालले भन्नुभयो

नेपाल कन्ट्री फोरमको अवसरमा फोरम आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले अहिलेको सभ्यताले धनी र गरीब विचको दुरी वढ्दै गएको, वातावरण विनास हुँदै गएको तथा गरीबी वेरोजगारी जस्ता समस्या बिकराल बन्दै गएको कारण मानवजातिको अस्तित्व रक्षाको लागि नयाँ तरिकाले अघि बढ्नु पर्ने अवस्यकता रहेको धारणा राख्नुभयो । “हामीले ११औँ सामाजिक व्यवसाय दिवसमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी १४ बुँदे कार्ययोजना तयार गरेका थियौँ । यस पटक हामीले गरेको प्रगतिको बारेमा छलफल गर्नुका साथै नयाँ सभ्यता निर्माण गर्ने प्रक्रियामा केन्द्रित हुने र ३ शून्य क्लबहरू र क्लबमा समावेश भएका क्लब सदस्यहरूले गरेको योगदानको बारेमा छलफल गर्यौँ । हामीले उद्यमशीलता विकास मार्फत शून्य बेरोजगारी, धनको केन्द्रीकरणलाई निरुत्साहित गरेर गरीबी शून्यमा झार्न र शून्य खुद कार्बन उत्सर्जन गर्ने उपायहरूबारे पनि छलफल गरेका छौँ । यस पटक पनि हामी पूर्वी अफ्रिकामा केन्द्रित भएर अनलाईन र प्रत्यक्ष माध्यमबाट विश्वभर १२औँ सामाजिक व्यवसाय दिवस २०२२ मनाउँदै छौँ । धन एकाग्रता र बेरोजगारी, विश्वको तापमान बृद्धि, धनी र गरीब बीचको बढ्दो सम्पत्तिको खाडल र बेरोजगारी जस्ता समस्याहरू बारे छलफल गरी तिनको सामना गर्ने उपाय खोजिरहेका छाँैं । लघुवित्तले गरीब र युवाहरूमा उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेर नयाँ सभ्यताको सृजना गर्नुपर्छ र जलवायु परिवर्तनका कारक र असरहरू न्यूनिकरण तथा अनुकुलन, उपयुक्त प्रविधि, सही नेतृत्व, शिक्षा र स्वास्थ्यको मार्गमा अग्रसर हुन ३ शून्य क्लबलाई प्रवद्र्धन गर्नुपर्छ ।” श्रेष्ठले भन्नुभयो । 
समारोहको व्यवसाय सत्रमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले ११औँ सामाजिक व्यवसाय दिवस, कन्ट्री फोरम अफ नेपालले तय गरेको दुई वर्षे कार्ययोजना कार्यान्वयनमा भएका समग्र लक्ष्य र प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।
“नयाँ सभ्यता निर्माणमा लघुवित्त संस्थाको भूमिका” विषयक सत्रमा चारवटा लघुवित्तका प्रमुख कार्यकारी अधिकृतले आफ्नो प्रस्तुति राखेका थिए । सो सत्रका सहजकर्ता डा. भेष प्रसाद धमलाले लघुवित्त संस्थाले नयाँ सभ्यताको अभियानमा योगदान गर्न आफ्ना कार्यशैलीमा परिवर्तन गर्न सुझाउनुभयो । “लघुवित्त संस्थाहरूसँग प्रक्रियागत र सैद्धान्तिक विचलनहरू आएका छन् । अहिले लघुवित्त सञ्चालनको मूल प्रकृयाबाट बाहिर जान थालेको छ । मुनाफा केन्द्रित हुँदै लघुवित्तलाई अत्याधिक व्यापारीकरण गर्ने काम भएका छन् । लघुवित्त संस्थाहरू गरीबी निवारण जस्ता लघुवित्तको मूल उद्देश्यबाट बञ्चित भएका छन् । समाजमा वञ्चितीकरणमा परेका अति विपन्न बर्गको कल्याणका लागि लघुवित्तले सेवा गर्नु पर्ने हुन्छ । नयाँ सभ्यताको निर्माण गर्नको लागि हाम्रो यस्तो कार्यशैलीमा तत्काल परिवर्तन हुनुपर्छ ।” डा. धमलाले भन्नुभयो ।
सत्रका वक्ता जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले गरीबहरू अझै पनि आर्थिक पहुँचबाट वञ्चित भएको र लघुवित्तले आफ्ना सदस्यहरूका बीचमा उद्यमशीलता विकास गरी उनीहरूलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो । साथै मण्डलले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनको अवधारणा अनुसार सदस्यलाई उत्पादनमुलक गतिविधिहरूमा संलग्न गराउनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अर्का बक्ता जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत विमला योगीले धेरै भन्दा धेरै महिलाहरूलाई विकासको मूलधारमा ल्याउन लघुवित्त संस्थाहरूले समूह गठन र लघुवित्तको केन्द्रको बैठकमा सहभागी गराउनु पर्ने बिचार व्यक्त गर्नुभयो ।
यसैगरी किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बरबहादुर शाहले जलवायु परिवर्तन, वन फँडानी जस्ता क्षेत्रमा समेत लघुवित्त संस्थाले योगदान गर्न सक्नु पर्ने वेला आएको र त्यसको लागि लघुवित्तको संस्कार, कार्यशैली, मूल्यमान्यताअनुरुप काम गर्नुको साथै कर्मचारीहरुलाई गरीब बर्ग प्रति जवाफदेही हुनु पर्ने जस्ता कुराहरू सुधार्न लघुवित्त संस्थाहरू सक्षम हुनुपर्ने धारणा राख्नु भयो ।
सोही सत्रमा बोल्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक डा. गोपाल दहितले हामीले हाल विदेशबाट आयात गरीरहेका धेरै थरी बस्तुहरू नेपालमै उत्पादन गर्न सकिने वताउदै लघुवित्तले सदस्यहरूको उत्पादनमा बृद्धि गरी राष्ट्रको आयात प्रतिस्थापनमा योगदान गर्नु पर्ने उल्लेख गर्नु भयो । साथै उहाँँले युवामाझ उद्यमशीलता विकास, डिजिटल प्रविधिको अवलम्बन, सभ्य समाजको विकास जस्ता विषयमा पनि लघुवित्त संस्थाहरू केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा तीन शून्य क्लबको गठन, प्रवद्र्धनको अवस्था र सो विषयमा अनुभवहरु आदान प्रदान गरिएको थियो । उक्त सत्रका सहजकर्ता जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले विश्वका १ प्रतिशत धनी मानिस सँग विश्वको ५० प्रतिशत सम्पत्ति र ७० प्रतिशत विश्वका गरिब मानिससँग विश्वको कुल सम्पत्तिको २ प्रतिशत रहेको तथ्य प्रस्तुत गर्दै यस्ता असमानता र विद्यमान समस्याहरूलाई सम्बोधन गर्न ३ शून्य क्लब अर्थात युवाहरुको सञ्जाल विकास गरी वकालत र निर्णय लिने भूमिकामा युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । सो सत्रमा ३ शून्य क्लबहरुमा आवद्ध भई काम गरिरहेका विद्यार्थीहरू जुनी श्रेष्ठ, ओमकार राई, योगिता देवकोटा, निशरत खातुन र रुपक गौतमले क्लबमा आबद्ध भई काम गर्दाको अनुभवहरु सुनाएका थिए ।
सामाजिक व्यवसाय दिवस एक निरन्तर वार्षिक कार्यक्रम हो जुन युनूस सेन्टर, बंगलादेशले एक विश्वव्यापी पारिवारिक जमघटको रूपमा आयोजना गर्दै आएको छ । सामाजिक व्यवसाय प्रवद्र्धक, सामाजिक अभियन्ता, नेताहरू र उद्यमीहरूले संगालेका अनुभवहरू आदान प्रदान गर्ने र भविष्यको कार्यदिशा निर्माण गर्न अवसरको रुपमा लिइन्छ । १२औँ सामाजिक व्यवसाय दिवस विभिन्न देशहरूमा अनलाईन कार्यक्रमहरू र पूर्वी अफ्रिकामा २०७९ आषाढ १३ देखि १६(जुन २७–३०, २०२२ इ. सन्) सम्म भौतिक उपस्थितीमा मुख्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको थियो । 
नेपाल कन्ट्री फोरममा वित्तीय संस्था, व्यापारिक घराना, गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो । यो फोरमले नौ बुँदे मार्गचित्र तया गरेको छ ।


मार्ग चित्र
१. प्रत्येक सहभागी र सहभागी संस्थाले समुदाय र लघुवित्त समूहका सदस्य समुदायका सदस्यहरूमाझ नयाँ सभ्यताको अवधारणा र महत्वबारे चेतना जगाउन काम गर्ने । साथै उनीहरूलाई नयाँ सभ्यताको लक्ष्य हासिल गर्नका लागि आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न उत्प्रेरित गर्ने ।
२. ११आँंै सामाजिक व्यवसाय दिवसले तय गरेको कार्ययोजनाको मर्म र भावनाअनुरुप पूर्णरुपमा कार्यन्वयन गर्ने ।
३. प्रत्येक लघुवित्त संस्था र लघुवित्त सहकारी संस्थाले आफ्ना कर्मचारी र सदस्यहरूलाई तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको नारा “घरघरमा उद्यम फैलाऊँ, गरीबीलाई शून्य बनाऊँ” को कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धता देखाउन प्रेरित गर्ने ।
४. प्रत्येक लघुवित्त संस्था र लघुवित्त सहकारी संस्थाले आफ्नो शाखाहरू मध्ये एउटा शाखामा गरीबीबाट प्रगति गरेका ग्राहकहरूको संख्या निर्धारण गर्न सर्वेक्षण गर्ने र स्वावलम्बन विकास केन्द्रले सर्वेक्षणको प्रक्रियामा सम्बन्धित कर्मचारीहरूलाई तालिम दिने व्यवस्था मिलाउने ।
५. स्थानीय शैक्षिक संस्थाहरू र विद्यालयले संयुक्तरुपमा विद्यालयका बालबालिका र सदस्यका छोराछोरी र स्थानीय युवाहरूलाई नयाँ सभ्यता विकास र तीन शून्य क्लबहरूको गठन र प्रवद्र्धनबारे अभिमुखीकरण तालिम प्रदान गर्ने ।
६. तीन शून्य क्लबहरूको गठन अभियानको रूपमा तयार गर्ने र युवाहरूलाई आफ्नै लघुउद्यमहरू शुरु गर्न र स्वरोजगार बन्न उत्प्रेरित गर्ने ।
७. लघुवित्त र सहकारी संस्थाले युवाहरूलाई कर्जाको सहज पहुँच प्रदान गरी स्वरोजगारका लागि आफ्नै उद्यमहरू खोल्न प्रेरित र अनुकूल वातावरण सिर्जना गर्ने र रोजगारीका लागि विदेश जानबाट रोक्न प्रयास गर्ने ।
८. प्रत्येक लघुवित्त र सहकारी संस्थाले स्थानीय तहहरू, स्वावलम्बन विकास केन्द्र र ग्रामीण प्रविधि केन्द्रसँगको समन्वय र साझेदारीमा एउटा वातावरणमैत्री स्वावलम्बन गाउँ विकास गर्ने ।
९. लघुत्ति संस्थाले सचेतना कार्यक्रम मार्फत लघुवित्त सदस्यहरू र अन्य ग्रामीण समुदायका सदस्यहरूमा असल आचरण, नैतिकता र नैतिक मूल्यहरूको विकास गर्न काम गर्नेछन् ।

समाचार

सुचना