स्वावलम्बन विकास केन्द्र

“शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार”को शुरुवात ः पहिलो पुरस्कार छिमेक लघुवित्तलाई

स्वावलम्बन विकास केन्द्रले लघुवित्त कार्यक्रमको मर्म, भावना, सिद्धान्त तथा उद्देश्य अनुरुप लघुवित्तको लक्षित वर्ग विपन्न परिवारको जीवनस्तर उकास्न उत्कृष्ट कार्य सम्पादन गर्नेलाई कदर स्वरुप पुरस्कृत गर्न केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठको सम्मानमा “शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार” प्रदान गर्न शुरु  गरेको छ ।

नेपालमा ग्रामीण मोडेलको लघुवित्त कार्यक्रम शुरु गर्न र यसको विकास तथा प्रवद्र्धनमा निरन्तर लागि पर्नु भएका श्रेष्ठको सम्मानमा स्थापना भएको उक्त पुरस्कार प्राप्त गर्ने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो संस्था बनेको छ । गत वर्ष लघुवित्तको मर्म र भावना अनुसार लघुवित्तका लक्षित वर्गमाझ उत्कृष्ट वित्तीय एवं गैर वित्तीय सेवा प्रदान गरे वापत छिमेकलाई रु.२ लाख राशि सहितको उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।

केन्द्रको ३२औँ वार्षिकोत्सवको अवसरमा २०८० साउन २८ का दिन आयोजित एक समारोहका विच प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महा प्रसाद अधिकारीले छिमेक लघुवित्तका अध्यक्ष राम चन्द्र जोशीलाई उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

आफुले वित्तीय क्षेत्रमा सेवा प्रारम्भ गरे देखिनै कृषि कर्जा र लघुवित्तको प्रवद्र्धनमा विकास, विस्तार र सुदृढीकरणमा अनवरतरुपमा दृढ संकल्पित रही तन, मन, बचनले योगदान गर्दै आउनु भएका दुरदर्शी व्यक्तित्वका धनी शंकर मान श्रेष्ठको सम्मानमा स्थापित लघुवित्त पुरस्कारबाट सम्मानित गर्दा लघुवित्त क्षेत्रमा काम गर्नेहरुले आफूलाई गौरवान्वित ठान्ने र यस क्षेत्रमा काम गर्न थप जाँगर र उत्साह बढ्ने यथार्थतालाई आत्मसाथ गर्दै उहाँको नामबाट एउटा पुरस्कार स्थापना गर्न श्रेष्ठकी धर्मपत्नी शान्ति देबी श्रेष्ठले स्वावलम्बन विकास केन्द्रलाई अनुरोध गर्नु भएको र त्यसको लागि निजले रु.दश लाख योगदान स्वरुप प्रदान गर्नु भएको थियो । सोही अनुरोधलाई स्वीकार गरी केन्द्रको २८आँंै साधारण सभाले “शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार” स्थापना गर्न अक्षयकोष खडा गर्ने र केन्द्रको तर्फबाट पनि रु १०लाख योगदान गर्ने  सर्वसम्मतिबाट निर्णय भएको थियो ।

श्रेष्ठको योगदानको सम्मानमा शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार अक्षय कोष स्थापना गर्न निर्णयमा केन्द्रका संस्थापक सदस्य लुमिन कुमार श्रेष्ठले स्वीकृति दिदै आफ्नो आमाको नाममा स्थापना गर्नु भएको श्री मञ्चुका स्मृति कोषको तर्फबाट रु पाँच लाख रुपैयाँ र केन्द्रका संस्थापक सदस्य डा. सुमित्रा मानन्धरले पनि ब्यक्तिगत रुपमा रु. तीन लाख रुपैयाँ प्रदान गर्नु भएको थियो । यसै गरी उक्त अक्षय कोषमा सहारा नेपाल बचत तथ ऋण सहकारी संस्था लिमिटेडबाट  तीन लाख रुपैयाँ र उक्त संस्थाका कर्मचारीहरुको तर्फ बाट एक लाख रुपैयाँ, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.बाट एक लाख रुपैयाँ, किसान बुहउद्देश्यीय सहकारी संस्था लि.बाट एक लाख पचपन्न हजार पाँचसय पचपन्न रुपैयाँ, ग्रामीण महिला उत्थान केन्द्रबाट एकलाख एक सय एघार रुपैयाँ योगदान स्वरुप प्राप्त भयो ।

पुरस्कार छनौटको लागि यस वर्ष लघुवित्त तथा सहकारी संस्थाहरुले प्रवाह गरेको वित्तीय र गैर वित्तीय सेवाको गुणस्तर, यसको आर्थिक तथा सामाजिक प्रभाव, सदस्य, कर्मचारी तथा समाजप्रतिको उत्तरदायित्व वहनमा खेलेको भूमिकामा आधारित विभिन्न १६ वटा मापदण्डहरुको अध्ययन तथा विश्लेषण को आधारमा तीन सदस्यीय पुरस्कार मुल्यांकन  समितिले मूल्यांकन गरीे अंकभारको आधारमा उच्च अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको थियो । हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार लघुवित्त क्षेत्रमा उत्कृष्ट काम गर्ने लघुवित्त संस्था र व्यक्तिलाई प्रदान गर्ने उद्देश्य राखिएको छ ।

छिमेक सेवा समाजले २००१मा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलेको नामबाट लघुवित्त कारोवार गर्न इजाजत प्राप्त गरेको थियो । हाल यो संस्था देशको सबैभन्दा ठूलो लघुवित्त संस्था बन्न सफल भएकोे छ । स्थापना कालमा रु.१ करोडको चुक्ता पूँजीबाट शुरु गरेको कारोबार हाल करिब २ अर्व ८३ करोड ५० लाख पुगेको छ । छिमेक लघुवित्तले हाल ६९ जिल्लाका १ सय ९७ शाखाबाट १ हजार २ सय ७५ कर्मचारी मार्फत करिब ४ लाख २० हजार सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । उक्त संस्थाको हाल ३३ अर्ब ४७ करोड रुपैया लगानीमा रहेको छ । उत्कृष्ट वित्तीय सुचकसँगै छिमेकले उत्कृष्ट गैर वित्तीय सेवाहरु पनि प्रदान गर्दै आएको छ । आफ्ना ऋणी सदस्यहरुको सीप तथा क्षमता विकासकालागि सीपमुलक तथा व्यावसायिक तालिम पनि प्रदान गर्दै आएको छ । लघुउद्यम र व्यावसायिक नमुना गाउँ कार्यव्रmम, पशुपंक्षिहरुको रोग निवारणका लागि खोप कार्यव्रmम पूर्ण क्षति विपत्ति कोष कार्यव्रmम, ग्राहक गुनासो सुनवाई कार्यव्रmम जस्ता गैर वित्तीय सेवा पनि प्रदान गर्दै आएको छ ।  वित्तीय सेवा प्रवाहका क्रममा गुनासो सुनुवाईका लागि सुझाव पेटिका, इकाई प्रतिनीधि भेला र सुझावका आधारमा समय सापेक्ष ग्राहकमैत्री कार्यव्रmमको तर्जुम गर्ने गरेको छिमेकसँग र १० वर्ष भन्दा वढी समय देखि निरन्तर कर्जा लिई व्यवसाय गर्ने विशिष्ट सदस्यलाई विशेष सम्मान कार्यव्रmम पनि सञ्चालन गर्दै आएको छ । साथै छिमेकले बचत संस्कृतिलाई प्रवद्र्धन गर्न छिमेक बचत कार्यक्रम, आय आर्जनलाई प्रोत्साहित गर्ने, लघुउद्यम विकासलाई सहयोग पु¥याउने र सदस्यहरूलाई सामाजिक सुरक्षा सेवाहरू समेत प्रदान गर्ने गरेको छ । छिमेक नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ग्राहक संरक्षण प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली लघुवित्त संस्था मध्यमा पनि पर्छ ।

समाचार

सुचना