स्वावलम्बन विकास केन्द्र

लघुउद्यमी सदस्यको पहिचान र विकास विषयक पहिलो तालिमको ६ महिने समिक्षा सम्पन्न

स्वावलम्बन विकास केन्द्रले २०७८ भदौ ४गते ‟लघुउद्यमी सदस्यको पहिचान र विकास” विषयको पहिलो ६ महिने समिक्षा सम्पन्न भएको छ । उक्त विषयको तालिम २०७७ मंसिर ९ र १० गते आयोजना गरिएको थियो भने सो को एक महिने समिक्षा २०७७ पौष ८ गते सम्पन्न भएको थियो ।

समिक्षामा सहभागीहरुले आ–आफुले तयार गरेको कार्ययोजनाको ६ महिनामा भएको प्रगति तथा कार्यान्वयनको क्रममा आएका चुनौतिहरु बारे छलफल भएको थियो ।

तालिमको शुरुवातमा स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै तालिमको वेला उनीहरुले तयार पारेको कार्ययोजनाबारे स्मरण गराउनुका साथै सहभागीहरुले कुल १९२३ जनालाई लघुउद्यमी सदस्यको रुपमा पहिचान गरी उद्यमी वनाउने लक्ष राखेको पनि अवगत गराए । साथै श्रेष्ठले तालिमका सिकाई पुनर्ताजगी गर्न र कार्ययोजना अनुसार भएको काम र तिनको अनुभवबारे छलफल गर्न समिक्षा आयोजना गरेको र यसले कसरी अघि वढने र आगामी दिनमा कस्तो किसिमको सीप र दक्षताकोे थप आवश्यकता पर्छ भन्नेबारे पनि एक आपसमा सिक्ने अवसर प्राप्त हुने धारणा राखे ।

समिक्षामा उपस्थित १४ जना प्रशिक्षार्थीहरु प्रत्येकले ५ मिनेट आ–आफ्नो कार्य प्रगतिबारे प्रस्तुति गरेका थिए । सो अवसरमा तालिमको वेला वनाएको कार्ययोजनाकोे प्रगतिका साथै तालिमको सिकाई कार्यान्वयनको क्रममा देखिएका चुनौति तथा सिकाईहरुबारे आफ्ना अनुभव आदान प्रदान गरेका थिए । सो अवसरमा उनीहरुले लघुउद्यमी सदस्य पहिचान र विकासमा कोरोना महामारी महामारीको कारणका लक्ष अनुसारको प्रगति हासिल गर्न नसकेको र महामारी सान्य हुदै जाँदा प्रभावकारी ढंगले काम गर्न सकिने धारणा राखेका थिए ।

समिक्षा कार्यक्रमको सहजीकरण स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले गरेका थिए । समिक्षा गर्ने क्रममा गिरीले सहभागीहरुलाई तालिममा सिकेको सीप र ज्ञानको सदुपयोग भएकोे तर लघुउद्यमी सदस्यको पहिचान र उद्यमशीलता विकासमा शाखा प्रमुखहरुले अझ धेरै गर्न सक्ने धारणा राखे । ‟ कोरोना महामारीको कारण उद्यमी सदस्य पहिचान तथा विकासमा व्यवधानहरु आए र अझ धेरै थरी समस्याहरुको श्रृजना पनि भयो । यी समस्या श्रृजना भएको वेला हामीले हाम्रा सदस्यहरुको मनोवल उच्च राख्नु पर्ने र सहयोगीको भूमीका निर्वाह गर्नु पर्ने चुनौति र अवसर पनि हो । काम गर्दै जाँदा समस्याहरु आउँछन् तिनको समाधान खोज्ने हो भाग्ने होइन । आफुले नसके उच्च व्यवस्थापन संग समन्वय गरी निकास खोज्नु पर्ने हो, लुकाएर राख्ने होइन ।” गिरीको भनाई थियो । तालिम तथा यस समिक्षाबाट सिकेको ज्ञान र सीपलाई अरु सहकर्मी तथा कर्मचारीहरुलाई पनि सिकाउनुका साथै सरुवा भएर गएको अन्य शाखाहरुमा पनि यो सीप र ज्ञानलाई प्रयोगमा ल्याउनु पर्ने गिरीको भनाई थियो । साथै गिरीले सहि सदस्यको पहिचान गर्ने, कर्जा विश्लेषण गर्ने, उपयुक्त ठाउँमा कर्जा सदुपयोग भयो कि भएन हेर्ने, साथै ऋण दिने मात्र नभई सदस्यको क्षमता र आवश्यकता जस्तो कुराहरु पनि विश्लेषण गर्ने कुरा सधै अवलम्बन गर्न आग्रह गरे ।

 

 

समाचार

सुचना