स्वावलम्बन विकास केन्द्र

स्वच्छ, सुरक्षित र दिगो पृथ्वी निर्माणको लागि तीन शून्य क्लब गठन र प्रवद्र्धन आवश्यक

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले स्वच्छ, सुरक्षित र दिगो पृथ्वी निर्माण गर्ने हो भने गरिबी, बेरोजगारी र कार्वन उत्सर्जन लगायतका समस्या समाधानको लागि तीन शून्य क्लबको माध्यमवाट नयाँ पुस्तालाई प्रेरित गर्नु पर्ने धारणा राखेका छन् । स्वावलम्बन विकास केन्द्रले २०७८ मंसिर २८ मा लघुवित्तकर्मीहरुलाई तीन शून्य क्लबवारे जानकारी गराउन आयोजना गरेको तालिमको अवसरमा वोल्दै श्रेष्ठले उक्त धारणा राखेका हुन ।
तीन शून्य क्लबको आवश्यकता र महत्वबारे प्रकाश पार्दै श्रेष्ठले भने “हाम्रो अघिल्लो पुस्ता आत्मकेन्द्रित हुँदा विश्वमा विनासलाई वल पुग्ने र असमान आर्थिक प्रणाली विकसित भयो । सिमित व्यक्ति धनि वन्दै जाँदा विश्वको ठुलो जनसंख्या गरीब भयो । गरीबहरु स्वरोजगार हुने अवसरवाट वञ्चित भए र वेराजगारी विकराल वन्न थाल्यो । विभिन्न तरिकाले धनी वन्ने होडवाजिमा लागेर प्राकृतिक स्रोतको दोहोन हुने काम गरे । जसले गर्दा पृथ्वीनै जीवनहरु वस्नको लागि अयोग्य हुदैछ । यस्ता समस्यावाट मुक्ति पाउन नयाँ सोच र संस्कारको आवश्यकता छ । नयाँ सोच र नयाँ संस्कारको साथ अव नयाँ पुस्तालाई अगाडि ल्याउनु पर्ने छ । स्वच्छ, सुरक्षीत र दिगो पृथ्वी वनाउने जिम्मेवारी नयाँ पुस्तालाई दिनु पर्छ । यसको लागि नयाँ पुस्ताहरुको तीन शून्य क्लवको गठन र प्रवद्र्धन गरी युवाहरुको विचार मञ्च खडा गर्नु जरुरी छ । जसले स्थानीय स्तरका समस्याको पहचिान गरी समाधान गर्ने छन् ।”
श्रेष्ठले तीन शून्य क्लव वालवालिकाहरुलाई असल नागरीक वनाउने र स्थानीय स्तरका समस्या समाधान गर्ने विचार मञ्च भएको वताउदै सोही कुरालाई ध्यानमा राखेर तालिम पछि प्रशिक्षार्थीहरुले तीन शून्य क्लवको गठन गर्न सुझाव दिए । “तपाईहरु अव फोकल व्यक्ति हो । तालिम पछि आफै फिल्डमा गएर क्लब गठन गर्नुस । ति क्लबले स्थानीय स्तरको मुख्य समस्यामा आधारित विषयमा केन्द्रित भएर काम गर्ने गरी शुरुवात गर्नु पर्छ । यो एउटा वालवालिकालाई असल संस्कार दिने काम पनि हो । समाजको असल सच्चा नागरिक वनाउने ठाउँ हो । तीन शून्य क्लब आम्दानी गर्ने माध्यम नभएर यसको मुख्य उद्देश्य भनेको वालवालिाकाहरुलाई स्थानीय समस्यावारे छलफल गर्ने तथा धारणा वनाउने विचार मञ्च हो । यद्यपी क्लवमा आवद्ध वालवालिकालाई आय आर्जनका गतिविधि संग जोडेर पनि काम गर्न सकिन्छ ।” श्रेष्ठले भने ।


लघुवित्त तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्था मार्फत तीन शुन्य क्लबको गठन र प्रवद्र्धन गरी यसलाई अभियानको रुपमा अघि वढाउन सहज होस भन्ने हेतुले स्वावलम्बन विकास केन्द्रले लघुवित्तकर्मीहरु लक्षित तालिमको आयोजना गरेको हो । उक्त तालिममा २१ वटा लघुवित्त तथा सहकारी संस्थाका ३६ जना प्रशिक्र्षाीहरुको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण जीवन विकास लघुवित्त वित्तीय संस्थाका उप–प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले गरेका थिए । दुई सत्रमा सञ्चालित उक्त तालिमको पहिलो सत्रमा तीनशूुन्य क्लवको पृष्ठभूमि, परिचय, लक्ष, उद्देश्य लगायतका विषय समेटिएको थियो भने दोस्रो सत्रमा क्लवको गठन तथा सञ्जालविस्तार वारे जानकारी गराइएको थियो । साथै रेग्मीले जीवन विकास लघुवित्तले हाल सम्म ६ वटा तीन शून्य क्लव गठन गरिसकेको जानकारी पनि गराएका थिए ।


तालिमको अवसरमा वोल्दै केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले स्वावलम्बन विकास केन्द्रले नेपालमा तीन शून्य क्लवको अभियान प्रवद्र्धन गर्न ११औँ सामाजिक व्यवसाय दिवस नेपाल फोरमको कार्ययोजनामा पारेको तथा सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन २०७८, नेपाल फोरमले पनि यसको कार्यान्वयनमा विशेष जोड दिएको वताए ।
स्वावलम्बन विकास केन्द्रका निर्देशक तथा तालिम संयोजक सतिश श्रेष्ठले नेपालमा पनि लघुवित्त संस्थाहरु मार्फत तीन शून्य क्लब अभियानलाई कार्यान्वयनमा ल्याउने सोच अनुसार लघुवित्तकर्मीहरुलाई फोकल ब्यक्तिको रुपमा विकास गर्न यो तालिमको आयोजना गरेको वताए ।
१२ देखि ३५ बर्ष उमेर समूहका वढिमा ७ बर्ष उमेर अन्तर भएका ५ जनाको एउटा क्लब रहने गरी तीन शून्य क्लवको गठन गर्न सकिन्छ । यस्तो क्लवहरु अनलाईनको माध्यमवाट दर्ता भएर विश्वव्यापी संजालमा आवद्ध हुन सक्छन् । साथै एउटै विषयमा काम गर्ने १० वटा क्लवहरु मिलेर सर्कल वनाउन सक्छन भने क्षेत्रिय स्तरको सञ्जाल पनि वनाउन सक्नेछन् । तीन शून्य क्लबले आफ्नो स्थानीय स्तरका कुनै पनि विधामा काम गर्न सक्छन् भने संकल र संञ्जालमा पनि अनुभवहरुको आदान प्रदान गरी समस्याको समाधान गर्न सक्नेछन् ।

समाचार

सुचना