स्वावलम्बन विकास केन्द्र

राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३

स्वावलम्बन विकास केन्द्रको संयोजन तथा प्रमुख लघुवित्त संस्थाहरुको पहलमा पहिलो पटक राष्ट्रिय स्तरको लघुवित्त सदस्य सम्मेलन मिति २०७३ जेष्ठ २—३ गते काठमाडौंमा आयोजना हुँदैछ । सम्मेलनमा लघुवित्त कार्यक्रममा आवद्ध ७५ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी ५०० भन्दा बढी महिला सदस्यहरु र देशभरका १०० भन्दा बढी लघुवित्त संस्थाका पदाधिकारीहरु तथा लघुवित्तकर्मीहरु समेतको सहभागीता हुने अपेक्षा गरिएको छ ।

यस दुई दिने कार्यक्रमले लघुवित्तमा आवद्ध सदस्यहरुको बिचको अनुभव आदान प्रदान तथा देशका अति विपन्न तथा पिछडिएको वर्गलाई सर्वसुलभ लघुवित्त सेवा उपलब्ध गराउन विभिन्न उपायहरुको पहिचान गर्नेछ ।

यस सम्मेलन देशका प्रमुख लघुवित्त संस्थाहरुको संयुक्त सहकार्यमा आयोजना हुने भएको छ । सम्मेलन आयोजक समितिमा निम्न बमोजिम पदाधिकारी रहेका छन ।

अध्यक्ष ः श्री शंकर मान श्रेष्ठ

सदस्यहरुः
श्री भगवती चौधरी  
श्री धर्म राज पाण्डे
श्री पद्मासना शाक्य
डा.सुमित्रा मानन्धर गुरुङ्ग
श्री रामचन्द्र जोशी
श्री नरेश मान प्रधान
श्री जनार्दन देव पन्त
श्री योगेन्द्र मण्डल
श्री महेन्द्र कुमार गिरी
श्री राजेन्द्र बहादुर प्रधान
श्री आसमानी चौधरी
श्री बीर बहादुर अधिकारी
श्री डम्वर बहादुर शाह
सदस्य सचिव ः श्री शंकर नाथ कपाली

समाचार

सुचना