स्वावलम्बन विकास केन्द्र

लघुवित्तको सफलताको लागी सेवा ग्राहकमैत्री हुनु पर्छ ।

लघुवित्तको मर्म र भावना अनुरुप प्रदान गरिने सदस्यमैत्री सेवा सफलताको पहिलो खुटकिलो भएकोले लघुवित्त कर्मीहरुले ग्राहक सदस्यको हितलाई सर्वोपरि ठानेर काम गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

स्वावलम्बन विकास केन्द्रले २०७८ अषाढ २ गते अनलाइन जुम माध्यमबाट आयोजना गरेको “लघुवित्तमा सफलताका सुत्रहरु” विषयक नवौ सम्बाद श्रृंखलाका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रमका प्रमुख वक्ता छिमेक समाज सेवा केन्द्रका अध्यक्ष राम चन्द्र जोशीले ग्राहक सदस्यको उन्नती र प्रगति संग लघुवित्तकर्मीको हित जोडिएको हुनाले लघुवित्तका संचालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक र कर्मचारीहरु ग्राहक सदस्यको भलाईमा केन्द्रित हुनु पर्ने धारणा राखेका थिए । कुशल लघुवित्तकर्मीको पहिचान वोकेका जोशीले यस अघि छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर करिब दुई दशक सेवा गर्नु भएकोे थियो ।

अन्तरकृया कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा जोशीले विगतमा आफुले गरेका कामको दृष्टान्त प्रस्तुत गर्दै सफल लघुवित्तकर्मी वन्ने सुत्रहरु प्रस्तुत गरेका थिए । सो अवसरमा जोशीले हरेक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतले नियमित फिल्ड भ्रमण गर्नु पर्ने र ग्राहक सदस्यहरु संग अन्तर्कृया गर्नु आवश्यक हुने धारणा राखे । यसले सदस्यहरु चिन्न र उनीहरुको आवश्यकता वुझ्न सहयोग पुग्नुको साथै सही ढंगले कर्मचारी परिचालन गर्न सजिलो हुने जोशीको धारणा थियो । यसै गरी कामको पारदर्शिताको लागि सार्वजनिक लेखा परीक्षण जरुरी हुने जोशीको अनुभव छ । “हामीले केन्द्रबाट अध्यक्ष र प्रमुख कार्यकारी गएर शाखामा नियमित रुपमा बार्षिक इकाई भेला राख्थ्यौँ । त्यसमा केहि समसय सबै कर्मचारीहरु वाहीर राखेर संस्थाले दिएको सेवा वारे सेवाग्राही सदस्यका गुनासा सुन्थ्यौँ र सोही अनुसार कर्मचराीहरुलाई परिचालन गथ्र्यौँ । यसले सदस्यमा संस्था प्रति विश्वास र अपनन्व वढउथ्यो र कर्मचारीलाई पनि उत्तरदायि र लगनशील वनाउन सहयोग पुग्थ्यो ।” यस प्रसंगमा जोशीले आफ्नोे विगतको अनुभव सुनाए ।

सो अवसरमा राम चन्द्र जोशीले लघुवित्त संस्थाले नीति नियम वनाउदा पनि ग्राहक सदस्यहरु संस्थाको मालिक हुन, उनीहरुको मेहनत र सफलता संग संस्थाको हित जोडिएको हुन्छ भन्ने भावना अनुरुप वनाउनु पर्ने वताए । आफुले सञ्चालक, लगानीकर्ता तथा प्रबन्ध समितिलाई लघुवित्त नाफा कमाउने उद्देश्य बोकेको व्यवसाय होइन भन्ने कुरा वारम्बार वुझाएको अनुभव सुनाउदै हरेक कार्यकारी प्रमुखले शेयर धनीहरुलाई लघुवित्तको मर्म अनुसार अगाडी वढाउन भूमिका खेल्नु पर्र्ने वताए । यसै गरी कर्मचारीहरु संस्थाको मेरुदण्ड भएकोले उनीहरुलाई खुशि राख्न सक्नु पर्ने जोशीको भनाइ थियो । “कर्मचारीलाई तलव वा पैसा मात्र धेरै दिएर हुदैन । उनीहरु संग नियमित संबाद हुनु पर्छ । नियमित रुपमा बृतिविकासको अवसर दिनु पर्छ । संस्थाले दिने सेवा सुविधाहरु र मुल्यांङ्कन प्रणाली पारदर्शी हुनु पर्छ ।” जोशीले थपे । संस्थाको आर्थिक तथा अन्य कृयाकलापमा पारदर्शिता, अनुशासन, विस्तृत अभिलेखीकरण र संस्था भित्रको चुस्तदुरुस्त सञ्चार प्रणाली सफलताको लागि अनिवार्य तत्वहरु रहेकोे जोशीको भनाइ थियो । लघुवित्त संस्थाहरुले लक्षित बर्ग सुहाँउदो नयाँ प्रविधिको अवलम्बन गर्न पनि जरुरी रहेको जोशीको भनाइ थियो ।

लघुवित्तको मुल उद्देश्य गरिबी निवारण भएकोले धेरै सदस्य वनाउने भन्दा पनि गुणस्तरीय सदस्यमा ध्यान दिनु पर्ने जोशीको सुझाव थियो । ग्राहक सदस्यलाई उद्यमी वनाउन ऋण लगानी संगै उनीहरुको व्यवसायिक हितमा काम गनु पर्नेका जोड दिए । छिमेक लघुवित्त वित्तीय संस्थाले उद्यमशीलता विकासको लागि लघुउद्यमी सदस्य कर्जा उपलब्ध गराउदै आएको र त्यसमा सुलभ कर्जा संगै तालिम, प्रबिधि, बीमा सुविधा लगायत उत्पादनको वजारीकरणमा समेत सहयोग गरेको जानकारी गराए ।

पछिल्लो समय लघुवित्त संस्थाहरु आफ्नो उद्देश्यबाट विमुख भएर नाफामुखी भएको स्वीकार्दै जोशीले कोरोना महामारीको वेला लाभांश र कर्मचारीको सेवा सुविधा वढाउने भन्दा सदस्यको उद्यम, व्यवसायमा कोरोनाले पुर्याएको क्षति न्यूनिकरणमा काम गरे भविष्यामा राम्रो प्रतिफल दिने सुझाव दिए । साथै जोशीले नाफा कमाउने होडमा वास्तविक तथ्य तोडमोड गर्दा भविष्यमा लघुवित्त क्षेत्रले ठुलो क्षति व्यहोर्नु पर्ने तर्फ पनि लघुवित्त कर्मीहरुलाई सचेत गराए ।

कार्यक्रमका सहजकर्ता नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणी कुमार अज्र्यालले पछिल्लो समय लघुवित्तहरुले सेवाभाव भन्दा मुनाफा केन्द्रित भएको र थुपै्र प्रकारका वेथिति आएको गुनासोहरु वढ्न थालेको प्रति चिन्ता व्यक्त गरे । लघुवित्तले गरिबी निवारणमा क्षमता अनुसार काम गर्न नसकेको र गरेका कामको उचित अभिलेख राख्न नसकेको अज्र्यालको धारणा थियो ।

प्रस्तुति पछिको खुला छलफलमा ग्रामीया प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले भाखा नाघेको कर्जा वढने लगायत कोरोना महामारी पछि उत्पन्न समस्याको समाधानबारे जिज्ञासा राखेका थिए । यसै गरी मुक्तीनाथ विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द राउतले लघुवित्तको भविष्यबारे चासो राखेका थिए ।

कार्यक्रमका सभापति स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले कार्यक्रमका वक्ता राम चन्द्र जोशी लघुवित्तको इतिहासमा एक सफल कार्यकारी प्रमुख भएको उल्लेख गरे । साथै लघुवित्तकर्मीहरुले जोशीबाट आन्तरिक संचार प्रणाली, पारदर्शिता, कर्मचारी, सदस्य र संचालकहरु संगकोे समन्वय क्षमता, अभिलेख राख्ने कला, सदस्य संगको नियमित अन्तर्कृया गर्ने कार्य शैली तथा कुशल अनुगमन जस्ता लघुवित्तमा आवश्यक पर्ने कार्यशैलीहरु सिक्नु पर्ने धारणा राखे ।

श्रेष्ठले अहिले पनि विश्वका १ प्रतिशत धनी मानिसले ९० प्रतिशत स्रोत माथि प्रभुत्व जमाई रहेको र यो असमानताको प्रमुख कारण गरिबी भएको उल्लेख गरे । लघुवित्तको मुख्य उद्देश्य गरिबी निवारण भए पनि पछिल्लो १० बर्ष लघुवित्तले बाटो विराएको उल्लेख गरे । “ लघुवित्तको मर्म के हो हामी सबैलाई थाहा छ तर व्यवहारमा लागु गर्दैनौ । अहिले हाम्रो संस्कार नाफामुखी भएको छ । लाभांश, वोनस तथा विलासी किसिमको सेवा सुविधा लिइ रहेका छौँ । त्यो लाभांश र वोनस खाएको नाममा पछिल्लो पुस्ताको भविष्य खाएका त छैनौँ ? सोच्ने वेला आएको छ । यदि त्यसो हो भने हामीले ठुलो अपराध गरिरहेका छौँ । आफ्नो विवेकले राम्रो छैन भन्ने थाहा भएर गरेको कामले आफैलाई पनि सधै भरि पिरोल्छ र हमीलाई खुशी हुन दिदैन । म आग्रह गर्छु तपाईहरुको ब्रह्मले गर्न नहुने भनेको काम गर्नु भएन । हामीले आफ्नो लक्ष छाडनु भएन । गरिबकोमा पुग्नु पर्यो । आ–आफ्नो ठाउँबाट गलत क्रियाकलापहरु वन्द गरौँ ।” श्रेष्ठले भने । लघुवित्तहरुले वढी लाभांश खान पछिल्लो समय नाफामा गएको गलत तथ्य प्रस्तुत गर्ने गरेको प्रति इंगित गर्दै श्रेष्ठले यस्ता गलत क्रृयाकलाप गरेर लघुवित्त र सदस्यहरुको भविष्य अन्धकार नवनाउन आग्रह गरे ।

लघुवित्तले चाहेको खण्डमा नेपाल सन् २०२५ भित्रै गरिबी उन्मुलन गर्न सफल हुने वताउदै श्रेष्ठले त्यसको लागि लघुवित्तकर्मीहरुले सदस्यको हितलाई शिरोपरी गरेर लघुवित्तको मर्म अनुसार काम गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा ४९वटा संस्थाका २ सय ५७ जनाको सहभागिता रहेको थियो ।

समाचार

सुचना