स्वावलम्बन विकास केन्द्र

११ औ सामाजिक व्यवसाय विकास दिवस र नेपाल सभा

विद्यमान आर्थिक प्रणालीले विश्वमा धेरै किसिमका असमानता पैदा गरेको छ । प्राकृतिक स्रोत साधन र पूँजीमा सिमित धनि बर्गको प्रभुत्व छ । विश्वको ९० प्रतिशत पूँजी तथा प्राकृतिक श्रोत साधनमा १ प्रतिशत धनिहरुको अधिनमा छ । धनि अझ धनि वन्दै जाने गरीब झन्झन गरीब हुदै जाने अवस्था सिर्जना भैरहेको छ । धनि र गरीब विचको दुरी निरन्तर वढि रहेको छ । धनिले थप धनि वन्ने होडमा साधन स्रोतको उपभोग हुँदा जैविक विविधतामा पनि हस आएकोे छ । हरितगृह ग्यासको अत्याधिक उत्सर्जनले बर्षा र तापक्रममा गढवढि भएर जलवायू परिवर्तन लगायत अन्य वातारणीय समस्या पैदा भएका छन । यसले प्राकृतिक प्रकोप र रोगव्याधिहरु वढेका छन् भने वैज्ञानीकहरुले अवको सय बर्षमा पृथ्वी मानवजाति वस्न योग्य नरहने भविष्यवाणी गरेका छन् ।

यो संगै विश्वमा हरेक बर्ष वेरोजगारी दर अत्याधिक वढी रहेको छ । विशेष गरी गरीब राष्ट्रका युवावर्गमाझ वेरोजगारी समस्या विकराल वन्दै छ । वेरोजगारी र प्राकृतिक प्रकोपको पहिलो निसानामा जोखिम संग लड्ने क्षमता नभएका गरीब तथा विपन्न बर्ग पर्ने गरेका छन् । विनासको चक्रले घुमिफिरी गरिबी वढाई रहेको छ ।

 

पुूँजी प्रधान विश्वको वर्तमान आर्थिक प्रणालीले सिर्जना गरेका यस्ता जोखिमहरुबाट कालान्तरमा गएर धनी वर्ग पनि अछुतो रहने छैन् भन्ने कुरा कोरोना महामारी र त्यसले पैदा गरेको अवस्थाले पुष्टी गरेको छ । त्यसैले अव समानतामूलक आर्थिक प्रणालीको आधार तयार हुनु आवश्यक देखिएको छ । यसको लागि अहिलेको धन र शक्ति प्रधान आर्थिक प्रणालीको पुर्नसंरचना गरीे सामाजिक उत्तरदायित्वहरु वहन गर्न सक्ने तथा संरक्षण संगै दिगो उपभोगको लागि स्रोत माथि साझा पहुँच स्थापित गर्न सक्ने र न्यायोचित उपयोगको वातावरण सिर्जना गर्न सक्ने समानतामुलक आर्थिक प्रणाली विकास गर्न आवश्यक छ । साथै अवको आर्थिक प्रणालीको प्रमुख लक्ष शुन्य वेरोजगारी, शुन्य गरिबी र शुन्य कार्बन उत्सर्जन हुनु पर्छ । त्यसको पहिलो खुटकिलो बर्तमान आर्थिक प्रणालीको पुनर्संरचना अर्थात सामाजिक व्यवसाय (Social Business)को अवलम्बन जरुरी छ भन्न्ने नै हो । सबै सरकार लगायत विश्वका ठुला साना उद्योग व्यवसायीहरु सचेत र सजग रहनु जरुरी चै सकेको छ । सन् २००६ का नोवेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद यूनुसले सामाजिक व्यवसाय (Social Business)को अवधारणा जोडतोडले अघि सारेका हुन् । वंगलादेशको यूनुस सेन्टरले सामाजिक व्यवसायको यो अवधारणा विकास तथा प्रवद्र्धन गर्ने क्रममा हरेक बर्ष सामाजिक व्यवसाय दिवस मनाउदै आएको छ । यो अवधारणा संग सहमत अन्य देशका संघ संस्था जस्तै नेपालमा स्वावलम्बन विकास केन्द्र र अन्य संघ संस्था एबं व्यवसायिक घरानाहरुले पनि सामाजिक व्यवसायको अवधारणा प्रवद्र्धन गर्ने जमर्को गरी रहेका  छन् ।

पुूँजी प्रधान विश्वको वर्तमान आर्थिक प्रणालीले सिर्जना गरेका यस्ता जोखिमहरुबाट कालान्तरमा गएर धनी वर्ग पनि अछुतो रहने छैन् भन्ने कुरा कोरोना महामारी र त्यसले पैदा गरेको अवस्थाले पुष्टी गरेको यस बर्ष ११औँ सामाजिक व्यवसाय दिवसको अवसर पारी विश्वभर विशेष सभा सम्मेलनहरु आयोजना गरिदै छन् । वंगलादेशको यूनुस सेन्टरको आयोजनामा २०७८ आषाढ १६ देखि २० (जुन २८ देखि जुलार्ई २, २०२१) ५ दिन सम्म विभिन्न कार्यक्रमहरु संचालन गर्न लागेका छन् भने १५ वटा देशमा राष्ट्रिय स्तरका फोरमहरु (Country Forums) आयोजना गरिने भएका छन् । जस अन्तर्गत नेपालमा पनि २०७८।०३।१६मा राष्ट्रिय फोरम(Country Forums) को आयोजना हुने भएको छ । सो सभाको आयोजना यूनुस सेन्टरको आग्रहमा स्वावलम्बन विकास केन्द्रले गर्ने भएको हो ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठको अध्यक्षतामा अनलाइन माध्यमबाट सम्पन्न हुने सो सभामा सन् २००६ का नोवेल शान्ति पुरस्कार विजेता प्रा. मोहम्मद यूनुस विशेष वक्ताको रुपमा रहने छन् ।

पुूँजी प्रधान विश्वको वर्तमान आर्थिक प्रणालीले सिर्जना गरेका यस्ता जोखिमहरुबाट कालान्तरमा गएर धनी वर्ग पनि अछुतो रहने छैन् भन्ने कुरा कोरोना महामारी र त्यसले पैदा गरेको अवस्थाले पुष्टी गरेको सो अवसरमा मुख्यतया शुन्य गरिबी, शुन्य वेरोजगारी र हरितगृह ग्यासको शुन्य उत्सर्जनको लक्ष हासिल गर्ने ध्ययेले तीनवटा शिर्षक र १० वटा उप–शिर्षकहरुमा छलफल हुनेछ । जसमा १० जना विषयगत विज्ञहरुले आफ्नो धारणा राख्ने छन् ।

नेपाल फोरम आयोजना गर्न स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठको अध्यक्षतामा ८ सदस्यीय सामाजिक व्यवसाय सम्मेलन आयोजक समिति वनेको छ । नेपालको राष्ट्रिय फोरमले आगामी दुई बर्षको लागि कार्ययोजना समेत वनाउने र सो कार्ययोजना २०७८ आषाढ १८ (जुलाई २, २०२१)मा हुने अन्तर्राष्ट्रिय संयुक्त सम्मेलनमा प्रस्तुत गर्ने छ । साथै सो कार्य योजना आयोजक समिति मार्फत कार्यन्वयनमा लैजाने योजना छ ।

यस फोरममा स्वदेशी तथा विदेशी बंैक तथा वित्तीय क्षेत्र, व्यवसाय, गैरसरकारी क्षेत्र, वातावरण क्षेत्र, शिक्षा, अर्थ, वाणिज्य, खेल, युवा, महिला, रोजगारी, लगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका करिब ३ सय जना व्यक्तीहरुको सहभागिता रहने छ ।

समाचार

सुचना