स्वावलम्बन विकास केन्द्र

महिला लघुवित्तकर्मीहरूका लागि बिवेकशील नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न

स्वावलम्बन विकास केन्द्रले लघुवित्त एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूको नेतृत्व तहमा  महिलाहरूको सहभागिता वढाउने तथा उनीहरूको नेतृत्व क्षमता विकास गर्न दुई दिने नेतृत्व विकास तालिमको आयोजना गरेको छ । उक्त तालिमको अवसरमा गरीब तथा विपन्न वर्ग र महिलाहरुको जीवनस्तर माथि उकास्न सहयोगी वनेको लघुवित्त क्षेत्रमा महिलाहरुको नेतृत्व वढाउदा लघुवित्तले गरिबी निवारण र रोजगारी सिर्जनामा थप प्रभावकारी परिणाम दिन सक्ने धारणा व्यक्त गरिएको छ ।

तलिम उद्घाटन समारोहको अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्त कार्यक्रमले विपन्न महिलाहरुलाई उद्यमी र स्वावलम्बी बनाउनुको साथै उनीहरुलाई लघुवित्त अभियानको नेतृत्व गर्न शुरुवाती दिन देखिनै प्रेरित गरेको उल्लेख गरे । “महिला नेतृत्वमा पुग्नु जरुरी छ भन्ने लघुवित्तको मान्यता हो । नेतृत्वको लागि हामीले शुरुदेखिनै महिलालाई प्राथमिकता दिएका हौँ । अझै पनि फिल्डबाट काम गरेर आएको, रगत पसिना वगाएको व्यक्ति लघुवित्तको प्रमुख कार्यकारी अधिकृत तहमा पुग्न सकेको छैन । यो तालिमबाट आफ्नो कमि कमजोरी छोडेर जानुस र अघि वढ्नुस ।” श्रेष्ठको भनाई थियो ।

युवा शक्ति रोजगारीको लागि विदेश पलाएन हुनुको साँटो स्वदेशभित्रै र आफ्नै गाउँ ठाउँमा रोजगारी सिर्जना होस भन्ने लघुवित्तको महत्वपूर्ण धेय भएको स्मरण गराउदै श्रेष्ठले महिलाहरु नेतृत्वमा पुगेर विपन्न वर्गको जनजीवन उकास्ने काम गर्नु पर्नेमा जोड दिए । “जसरी आमाहरुले परिवारको सफल नेतृत्व गर्छन त्यसरी नै महिलाहरुले अव घर वाहिरको व्यवसाय वा संस्थाहरु पनि हाक्न सक्नु पर्छ । तपाईहरू सबै संग क्षमता छ । यसलाई सहि ढंगले उपयोग गर्नु जरुरी छ । अल्छी भयो भने क्षमताले मात्रै काम गर्देन । ज्ञान भएर पनि नकारात्मक सोच राखे समस्या हुन्छ । सबै भन्दा ठुलो कुरा आफुलाई क्रियाशिल वनाउने र आफु भित्र भित्रै ऊर्जावान भईरहने हो । साथै आफुसंग भएको ऊर्जा, ज्ञान तथा क्षमता सकारात्मक कुरामा खर्च गर्नु जरुरी छ । लघुवित्तकर्मीहरु आफ्नो लक्ष र उद्देश्य प्रति चेतनशील हुनु आवश्यक छ । पछिल्लो समय प्रमुख कार्यकारीहरू खालि धन केन्द्रित भए । संस्थागत हितको मतलव छैन । सदस्यको सुख दुख बारे पनि ध्यान छैन । गरीवको नाउँमा लघुवित्तकर्मीले सवथोक सेवा सुविधा लिने तर उनीहरूको जीवनस्तर माथि उकास्ने काम नगर्ने भन्ने हुदैन । अहिले लघुवित्त वारे धेरै नकारात्मक समाचारहरू आएका छन् । केहि जिल्लामा लघुवित्त सदस्यहरू गाउँ छाडेर भाग्नु पर्ने अवस्था आयो भन्ने समाचारहरु आए । यो हुनु भएन । लघुवित्तकर्मीहरूले हेर्ने भनेको आफ्ना सदस्यको उन्नती भयो की भएन भनेर हो । सदस्य आर्थिक रुपले बलियो भयो की भएन भनेर हेर्ने हो । सदस्य बलियो भयो भने मात्र संस्था बलियो हुन्छ भन्ने मन्त्र विर्सनु भएन । यसको लागि सदस्यको उचित निगरानी गर्नु पर्यो । आफ्नै छोराछोरी जस्तो हेरचाह गर्नु पर्यो । महिलाहरुमा यस्तो क्षमता छ । ” श्रेष्ठले भने ।

कोरोना महामारी र लकडाउनको कारण विगत दुई बर्ष देखि लघुवित्त क्षेत्र गतिशील हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै लघुवित्तको मर्म र भावना अनुसार लघुवित्त क्षेत्रलाई नयाँ ऊर्जाको साथ गतिशील वनाउने उद्देश्यले महिला नेतृत्वमा केन्द्रित भएर स्वावलम्बन विकास केन्दले २०७८ फागुन १५ र १६ गते उक्त तालिमको आयोजना गरेको हो । उक्त तालिममा लघुवित्त तथा सहकारी संस्थाका शाखा प्रवन्धक भन्दा माथिल्लो तहका महिला लघुवित्तकर्मीहरुको सहभागिता रहेको थियो ।

तालिमका मुख्य प्रशिक्षक विकल प्रसाद शेरचनले सफलताको लागि नेतृत्व बिवेकशील हुनु आवश्यक रहेको धारणा राखे । तालिमको क्रममा शेरचनले बिवेकशील नेतृत्व कस्तोलाई भन्ने, बिवेकशील नेतृत्वको अवधारणा, बिवेकशील नेतृत्वको अभ्यास कसरी गर्ने, भावनात्मक नेतृत्वको सिद्धान्त, यसले व्यक्तिगत र संस्थागत जीवनमा पार्ने सकारात्मक प्रभाव र विश्व परिवेशमा बिवेकशील नेतृत्वको अभ्यास लगायतका पक्षहरू समेटेका थिए । साथै शेरचनले बिवेकशील नेतृत्वको लागि सैद्धान्तिक संंगै व्यवहारिक पक्षबारे पनि अभ्यास सहित जानकारी गराएका थिए । यस क्रममा उहाँले मुख्य रुपमा आफ्नो उद्देश्य र लक्ष के हो र त्यस अनुरुप विवेकशील भएर कसरी काम गर्न सकिन्छ भन्ने बारे विभिन्न ध्यान विधीवारे अभ्यास समेत गराएका थिए ।

तालिम समापन समारोहमा बोल्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले महिला लघुवित्त कर्मीहरु लघुवित्तमा देखिएका समस्याहरु समाधानको लागि नेतृत्व विवेकशील हुनु पर्नेमा जोड दिए । “तालिमले यहाँहरुलाई एक प्रकारको आत्मविश्वास र उत्साह जगायो होला । अव तालिममा सिकेको कुरा फिल्डमा लागु भएको हेर्ने चाहान्छौ । यो सिकाइृ आफ्नो व्यवहारमा लागु गर्नुको साथै सहकर्मी हरुमाझ पनि फैलाउने काम होस । सिकेको कुरा व्यवहारमा प्रयोग नगरे सम्म त्यसको कुनै उपलब्धि हुदैन । साथै हामी को हौँ भनेर आफुलार्य चिन्ने, आफ्नो कर्तब्य र जीम्वेवारी लक्षमा अघि वढ्नु जरुरी छ । हाम्रो गन्तब्य भनेको गरीबलाई सक्षम वनाउने हो । त्यो लक्ष प्राप्त भएको भएन लघुवित्तकर्मीले सोच्ने वेला भएको छ ।” गिरीको भनाई थियो ।

स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिस श्रेष्ठले कोरोनाको कारणबाट प्रभावित भएको लघुवित्त क्षेत्रलाई नयाँ उर्जाका साथ अघि वढाउन मुख्य गरी महिला केन्द्रित तालिम कार्यक्रम नभएको अवस्थामा स्वालम्बन विकास केन्द्रले महिलाहरुलाई लक्षित गरि यो तालिको आयोजना गरेको वताए ।  साथै लघुवित्तको नेतृत्व लोकपृय भन्दा पनि उत्कष्ट हुन आजको आवश्यकता रहेको भन्दै महिलाहरु यसको लागि सक्षम रहेको र अझ तनाव रहित तरिकाले लघुवित्तमा आइ पर्ने समस्याहरुको समाधान गर्न सकुन भन्ने अभिप्रायले यो तालिम आयोजना गरिएको वताए ।

सहभागीहरुले असल, बिवेकशील एवं सक्षम नेतृत्व वन्नको लागि वन्नको तालिमबाट लागि पर्याप्त ज्ञान तथा मन्त्रहरुको साथै उःर्जा पाएको र यसले कार्यस्थलमा परिणाममुखी काम गर्न सहज हुने धारणा राखेका थिए । सो अवसरमा सिर्जनशील लघुवित्त वित्तीय संस्थाकी शाखा प्रवन्धक मिरा कुमारी श्रेष्ठ, उपकार लघुवित्त वित्तीय संस्थाकी शाखा प्रवन्धक दुर्गा राना, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकी वरिष्ठ प्रवन्धक नारायणी देवी श्रेष्ठ,्र मुक्तिनाथ विकास बैंक लि.की शाखा प्रवन्धक रिता देवी घिमिरे, छिमेक लघुवित्त वित्तीय संस्थाकी सहायक प्रवन्धक सुनिता तिमल्सिना, नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाकी शाखा प्रवन्धक विष्णु माया श्रेष्ठले तालिमको सिकाई बारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।

तलिममा १५ वटा लघुवित्त एवं लघुवित्त कार्यक्रम सञ्चालन गर्ने सहकारी संस्थाबाट ३० जना महिला लघुवित्तकर्मीहरुकोे सहभागिता रहेको थियो ।

समाचार

सुचना