नेपालको लघुवित्तका अग्रणी संस्था स्वावलम्बन विकास केन्द्रको छब्बीसौ साधारण सभा केन्द्रको कार्यलय भवन माइतीघर हाईट, काठमाडौंमा २०७४ आश्विन २२ गते सम्पन्न भयो । स्वावलम्बन विकास केन्द्रका प्रबन्ध समितिका अध्यक्ष श्री शंकर मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभामा संस्थाका कार्यकारी प्रमुख श्री शंकर नाथ कपालीले स्वागत मन्तव्य राख्नु भयो ।

प्रबन्ध समितिको तर्फबाट अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक वर्ष २०७३/७४ को कार्य प्रगति, वित्तीय विवरण तथा आर्थिक वर्ष २०७४/७५ को लागि प्रबन्ध समितिबाट स्वीकृत कार्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्नु भयो । लघुवित्तको वर्तमान स्थिति वारे बोल्दै लघुवित्त क्षेत्रले ठूलो प्रगति हासिल गरेको करीव २० लाख भन्दा बढी विपन्न परिवारलाई सेवा पुर्याउन सक्षम भएको सेवा प्रदायक संस्थाहरुमा केही वर्ष देखि लघुवित्तको उदेश्य र मर्मबाट विचलन देखिएको र आपसी अस्वस्थ प्रतिस्पर्धा बाट लघुवित्तको गुणस्तरमा ह्रास आएको हुंदा सबै लघुवित्त संस्थाहरु सजग र सचेत हुन पनि उहांले आग्रह गर्नु भयो ।

कार्य विवरण प्रस्तुत गर्दै अध्यक्ष श्री श्रेष्ठले आ.व. २०७३/७४ मा केन्द्रले लघुवित्त संस्थाका उच्च पदस्थ पदाधिकारीहरु देखि फिल्ड कर्मचारीहरुलाई लघुवित सम्बन्धी विविध जानकारी उपलब्ध गराउन तालिम, गोष्ठी, सम्मेलन, राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन अवलोकन भम्रण आदिको आयोजना गरेको र यसै क्रममा यस आर्थिक वर्षमा केन्द्रले जम्मा १८ वटा विभिन्न तालिम संचालन गरिएकोमा जम्मा ४६१ जना सहभागीहरु लाभान्वित भएको जानकारी गराउनु भयो । त्यस्तै ८ वटा गोष्ठी संचालनबाट जम्मा ४०९ जना सहभागीहरु लाभान्वित भएको तथा नेपाल बाहिरका विभिन्न देशको लघुवित संस्थाहरुको कार्यक्रम तथा कार्य पद्घतिबारे अध्ययन अवलोकन गराई नेपालको लघुवित्त कार्यक्रमलाई उत्कृष्टतातिर उन्मुख गराउने उद्देश्यले लघुवित संस्थाका पदाधिकारीहरुका लागि जम्मा ६ वटा देशमा त्यहाँको लघुवित्त प्रणालीको अध्ययन/अवलोकन आयोजना गराएको र सो भ्रमणमा जम्मा १०१ जना लघुवित्तकर्मी सहभागी भएको जानकारी गराउनुका साथै नेपालको लघुवित कार्यक्रम अध्ययन/अवलोकन गर्न श्रीलकांको विभिन्न लघुवित संस्थाहरुको एक १३ सदस्य टोलीको पनि नेपालको लघुवित्त अध्ययन भ्रमण आयोजना गरेको जानकारी दिनु भयो ।

गत २०७२ वैशाख महिनामा गएको विनाशकारी महाभूकम्पको कारण सिन्धुपाल्चोक जिल्लामा लघुवित्त सदस्यहरुमा परेको प्रभाव वारे गरिएको अध्ययन प्रतिवेदन वेवसाईटमा प्रकाशन गर्नुका साथै नेपालमा लघुवित्त क्षेत्रमा देखा परेका समस्या तथा मुद्दाहरुको संस्थागत रुपमा अध्ययन अनुसन्धान गर्न सदस्य संस्थाहरुको सहयोग र सहभागीतामा केन्द्रले गर्न खोजेको कार्यलाई मार्गदर्शन गर्न यस आ.व. मा लघुवित्त एवं वित्तीय क्षेत्रका विज्ञहरु संलग्न हुने गरी अध्ययन अनुसन्धान उपसमिति गठन गरेको जानकारी पनि दिनु भयो ।

सोही अवसरमा अध्यक्ष श्री श्रेष्ठले प्रस्तुत गरेको केन्द्रको आ.व. २०७३/७४ को वार्षिक प्रतिवेदन तथा सोही अवधिका लेखा परिक्षण प्रतिवेदन सहितको आम्दानी तथा खर्च विवरण र वासलात छलफल स्वीकृति गरियो ।
स्वावलम्बन विकास केन्द्रको संयोजन तथा प्रमुख लघुवित्त संस्थाहरुको पहलमा पहिलो पटक राष्ट्रिय स्तरको लघुवित्त सदस्य सम्मेलन मिति २०७३ जेष्ठ २—३ गते काठमाडौंमा आयोजना हुँदैछ । बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको २५ औं वार्षिकोत्सव (रजत जयन्ती समारोह) एक समारोह बीच काठमाडौंमा सम्पन्न भयो । प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीबि नेपालले पानसमा दीप बाँकी अंश...
नेपालको लघुवित्तका अग्रणी संस्था स्वावलम्बन विकास केन्द्रको छब्बीसौ साधारण सभा केन्द्रको कार्यलय भवन माइतीघर हाईट, काठमाडौंमा २०७४ आश्विन २२ गते सम्पन्न भयो । स्वावलम्बन विकास बाँकी अंश...
लघुवित्त क्षेत्रमा गुणात्मक सुधार ल्याउन यसमा कार्यरत जनशक्तिको कार्यशैली, ज्ञान, सीप, एवं सोचले महत्वपूर्ण प्रभाव पर्ने महशुस गरी लेखा हेर्ने कर्मचारीहरुको कार्यकुशलता क्षमता बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्त क्षेत्रमा हाल देखा परेका जोखिमहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले लघुबित्तमा जोखिम व्यवस्थापन विषयक ३ दिने तालिमको हालै काठमाडौमा आफ्नो तालिम हलमा बाँकी अंश...