स्वावलम्बन विकास केन्द्र

दुई दिने नेतृत्व विकास तथा तनाव व्यवस्थापन तालिम सम्पन्न

स्वावलम्बन विकास केन्द्रले २०७७ चैत्र ५ र ६ गते दुई दिने नेतृत्व विकास तथा तनाव व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिमवाट लघुवित्त तथा सहकारी संस्थाहरुका १७ जना विभागीय प्रमुख तथा प्रवन्धकहरु दिक्षीत भएका छन् ।लघुवित्त संस्थाहरुमा देखिएको नेतृत्व विकास क्षमताको चुनौति तथा कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थितीलाई मध्यनजर गर्दै केन्द्रले यो तालिमको आयोजना गरेको हो ।

तालिमका सहभागीहरुलाई स्वागत गर्दै केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले लघुवित्तमा काम गर्न तनाव मुक्त हुनुका साथै असल नेतृत्व चाहिने भएकोले यो तालिम तनावका कारणहरु पत्ता लगाएर समाधानका उपाय खोज्न र नेतृत्वदायि क्षमता विकास गर्न उपलब्धिमुलक हुने वताए । गिरीले सहभागीहरुलाई प्रशिक्षक संग र एक अर्का विच वढी अन्तर्कृयात्मक भएर अवसरको सदुपयोग गर्न आग्रह गरे । सो अवसरमा केन्द्रका निर्देशक सतिस श्रेष्ठले पहिलो चरणको कोरोना महामारी पछि उत्पन्न तनावहरुको व्यवस्थापनमा तालिमको सान्दर्भिकता र विभिन्न परिस्थितिहरु संग जुध्न नेतृत्व विकास कसरी गर्ने भन्ने विषयहरुवारे प्रष्ट पारेका थिए ।
तालिमको सहजीकरण व्यवस्थापन गुरु तथा विकास परामर्शदाता प्रकाश कुमार पोखरेलले गरेका थिए । पोखरेलले विषय वस्तुको गहन ज्ञान दिनुको साथै तालिमलाई सहभागितामुलक र अन्तर्कृयात्मक ढंगले प्रस्तुत गरेका थिए । पहिलो दिनको सत्रमा नेतृत्वमा हुनु पर्ने गुणहरु, प्रभावकारी नेतृत्व क्षमता, कर्मचारीहरुमा नेतृत्वका चुनौती र अवरोधहरु वारे छलफल गरिएको थियो । यसै गरी तालिमको दोस्रो दिन प्रभावकारी सञ्चार सीप, आन्तरिक र बाह्रय तनावहरु, तनावको कारण र तनाव व्यवस्थापनका उपायहरु समेटिएका थिए ।

 

समाचार

सुचना