स्वावलम्बन विकास केन्द्र

वेरोजगारी र गरिबी न्यूनिकरणमा इन्ट्रिगे्रटेड डेभलपमेन्ट फाउन्डेशन बंगलादेशको अनुभव साटासाट

लघुवित्त संस्थाहरुले ग्राहक सदस्यको सामाजिक र आर्थिक सुरक्षामा पनि जोड दिए मात्र चुनौति गरीब, वेरोजगारी र वातावरणीय ह्रास जस्ता विश्वव्यापी चुनौति संग लड्न ठुलो योगदान गर्न सक्ने धारणा लघुवित्तकर्मीहरुले राखेका छन् ।

स्वावलम्बन विकास केन्द्रले १६औँ सम्बाद श्रृंखला अन्तरगत आयोजना गरेको वेरोजगारी र गरिबी न्यूनिकरणमा इन्ट्रिगे्रटेड डेभलपमेन्ट फाउन्डेशन बंगलादेशको अनुभव विषयक अनलाईन बेविनारका सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन ।

सो अवसरमा आफ्नो धारणा राख्दै वेविनारका वक्ता तथा इन्ट्रिगे्रटेड डेभलपमेन्ट फाउन्डेशन (आइडिएफ) बंगलादेशका संस्थापक तथा कार्यकारी निर्देशक जहारुल आलमले बंगलादेशको चिताङ्गना हिलमा आइडिएफले लघुवित्तको माध्यमबाट गरीबि निवारण,  वेरोजगारी तथा कार्बन उत्सर्जन घटाउन निकै ठुलो काम गरेको दृष्टान्त पेश गरेका थिए । “हामीले १९९०को दशकमा चिताङ्गनामा गरिबी र कार्बन मुक्त वनाउनको लागि ग्रामीण ट्रस्टको सहयोगमा लघुवित्त कार्यक्रम शुरु गर्यौँ । हामीले ऋण दिने र बचत गर्ने काम मात्र नगरेर यसले अरु सामाजिक सेवाहरु , स्वास्थ्य शिक्षा, उर्जा लगायतमा पनि जोड दिएर गरीबहरुलाई माथि उठाउने काम शुरु गरेका थियौँ । यसले गरीव धनि मात्र नभएर सामाजिक समस्याहरु पनि समाधान गरोस भन्ने थियो ।

उ वेला यहाँ पोषण र सरसफाईको पनि निकै ठुलो समस्या थियो । सामान्य रोगहरुमा पनि स्थानीयले ठुलो ठुलो मुल्य चुकाउनु पर्ने अवस्था थियो । यसै गरी विस्तारै हामीले शिक्षामा पनि सेवा दिन शुरु गर्यौँ । यसमा विचैमा स्कुल छाड्ने अवस्था थियो । हामीले गरीब विद्यार्थीहरुलाई कोचिङ्गको व्यवस्था ग्यौँ र त्यसमा सुधार भयो । त्यहाँ कृषि उत्पादन निकै कम थियो । किसानहरु पुरानै तरिकाले काम गर्थे । हामीले उच्च मुल्यका उत्पादनमा जोड दिने र उत्पादन पनि वढाउन काम थाल्यौँ । त्यसकोलागि आवश्यक प्रविधि र मलखादको यवस्था समेत गर्यौ । त्यसमा हामीले किसानहरुलाई तालिमहरु पनि दिन थाल्यौँ । अहिले त्यहाको समग्र अवस्था शिक्षा, स्वास्थ्य लगायत आय आर्जनमा बृद्धि भएर त्यहाँका मानिसको जीवनस्तर निकै माथि उठेको छ । हामीले उ वेला शुरु गरेको कार्प जातको माछावाट यहाका किसानले राम्रो आम्दनी गर्नुका साथै अन्यत्र पनि निर्यात गर्न थालेका छन् ।” आलमले भने ।

साथै जेहरल आलमले अहिले आइडिएफको लघुवित्त सदस्यहरु धेरै जसो मझौला उद्यमी भै सकेको उनीहरुलाई अझै पनि आइडिएफले उत्पादन वढाउन, वजारीकरण गर्न र कृषि क्षेत्रमा उच्च मुल्य श्रृखलामा सघाइ रहेको धारणा राखे । जसको परिणाम किसानले उतपादन र मुनाफामा दोब्बर फाइदा लिएको वताए । नेपाललमा पनि मुनाफा केन्द्रित भन्दा सदस्यको हितमा र गरीवको उत्थानकामा केन्द्रित भएर काम गर्न पर्ने उनको धरणा थियो । नीतिगत स्पस्टताको लागि नियामक निकाय संग वसेर लघुवित्त सेवालाई जसरी पनि गरिवि निवारण, रोजगारी सिर्जना तथा वातावरण संरक्षणमा प्रयोग गर्न सुझाव दिए ।

सो अवसरमा वोल्दै स्वालम्बन विकास केनद्रका अध्यक्ष शंकर मान श्रेष्ठले नेपालका लघुवित्त संस्था कसरी ग्राहक सदस्यमैत्री वनाउने भन्ने कुरा बंगलादेशबाट सिक्नु पर्ने धारणा राखे । साथै श्रेष्ठले शुरुको अवस्थामा नेपालमा लघुवित्त क्षेत्र वंगलादेशको दाँजोमा सफल भएको भए पनि पछिल्लो समय नाफा केन्द्रित भएकोले गरीव निवारण र रोजगारी सिर्जनामा अपेक्षा अनुसार काम गर्न नसकेको धारणा राखे “ आजका वक्ता जेहरुल आलमको प्रस्तुतिबाट सबैलाई प्रस्टै भयो होला कि हामीले लघुवित्त मात्र गरेर पर्याप्त हुने वाला छैन । हामीले वचत र ऋणमा मात्रै जोड गरेर मुनाफा केन्द्रित हुने भन्दा पनि सदस्यहरुको जीवनस्तर माथि उकास्ने खालका के्रडिट प्लसका कार्यक्रम पनि ल्याउनु जरुरी छ । नाफा न कमाउने होइन कमाउनु पर्छ । तर हामी सदस्यको भावना र आवश्यकता अनुसार काम गर्न सके मात्र दिगो हुन सक्छौँ । त्यसैले नयाँ सोचौँ, नयाँ गरौँ, नयाँ तरिकाले अघि वढौँ । गल्तिहरु नदोहर्याउ । ” श्रेष्ठले भने ।

साथै  श्रेष्ठले वेविनारका बक्ता जेहरुल आलमलाई धन्यवाद दिदै श्रीलंकाको अनुभव र आजको छलफलको विषय बस्तु नेपालको सन्दर्भमा पनि निकै महत्वपूर्ण हुने र आइडिएफ बंगलादेशको अनुभव र उपलब्धि नेपालको लघुवित्त संस्थाहरुले पनि अनुशरण गर्नु पर्ने धारण राखे । श्रेष्ठले यसैको लागि स्वावलम्बन विकास केन्द्रले वेविनारको आयोजना गरेको पनि वताए ।

बेविनारमा बंगलादेश, श्रीलंका, फिलिपिन्स, भारत, नेपाल लगायत मुलुकका करिब १५० जना लघुवित्तकर्मीहरुको सहभागिता रहेको थियो ।

समाचार

सुचना