स्वावलम्बन विकास केन्द्र

लघुउद्यमी ग्राहकको पहिचान र विकास सम्बन्धी अनलाईन तालिम सम्पन्न

स्वावलम्बन विकास केन्द्रले लघुवित्त संस्थामा लघुउद्यमी ग्राहकको पहिचान र विकास सम्वन्धी दुई दिने अनलाईन तालिम २०७७ माघ १८ र १९ गते सम्पन्न गरेको छ । उक्त तालिममा लघुवित्त तथा सहकारी संस्थाका १७ जना शाखा प्रवन्धक तथा फिल्ड अधिकृतहरु सहभागी थिए ।

सहभागि शाखा प्रवन्धक तथा फिल्ड अधिकृतहरुलाई लघुवित्तको मर्म अनुसार ग्राहक सदस्यको पहिचान गरी उनीहरुलाई उद्यमी वनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिमका सहभागीहरुलाई स्वागत गर्दै स्वावलम्बन विकास केन्द्रका निर्देशक तथा तालिम विभाग प्रमुख सतिश श्रेष्ठले लघुवित्तको मर्म अनुसार काम गर्न सिकाउने र सघाउने विषयहरु तालिममा समेटिएको वताए । “ग्राहक सदस्यको क्षमता विश्लेषण गर्ने देखि सफल उद्यमी वनाउने सम्मको लक्ष प्राप्त कसरी गर्ने भन्ने विषयमा गहन तरिकाले ज्ञान दिने तालिमको उद्देश्य रहेको छ । साथै तालिमवाट लघुवित्त क्षेत्रमा लघुउद्यमशीलता विकास सम्वन्धी विद्यमान समस्याहरु कम गर्न र उद्यमी सदस्यहरुको समेत क्षमता विकास गर्नमा सहयोग पुग्ने अपेक्षा रहेको छ ।” श्रेष्ठको भनाइ थियो ।

सफल उद्यमी तथा दीगो उद्यम व्यवसायको विकास गर्नका निम्ति लघुवित्तकर्मीहरुले उद्यमी ग्राहक सदस्य कसरी छनौट गर्ने, सदस्यको लागि उद्यम वा व्यवसाय कसरी छनौट गर्ने, छनौट भएका उद्यमी सदस्य तथा उनीहरुको उद्यम ब्यवसाय बृद्धि कसरी गर्ने, व्यवसायले दिने प्रतिफल बृद्धि गर्न ध्यान दिनु पर्ने विषयमा सुक्ष्म रुपमा लघुउद्यमशीलता विकास विज्ञ गोकुल प्याकुरेलले सैद्धान्तिक ज्ञानको साथै व्यवहारिक अभ्यासहरु सहितको प्रशिक्षण दिएका हुन ।

लघुउद्यमी ग्राहकको पहिचान तथा विकास वारे तालिममा सिकेको ज्ञान कार्यक्षेत्रमा प्रभावकारी ढंगले लागु गर्ने र वढी प्रतिफल लिने उद्देश्यले सहभागीहरुले ६ महिनाको कार्ययोजना तयार पारेका छन् । कार्ययोजना प्रभावकारी रुपमा लागु गर्न एक महिना पछि सहभगीहरु सित अर्को समिक्षा बैठक वस्ने समेत तय भएको छ ।

समापन समारोहमा वोल्दै प्रशिक्षक गोकुल प्याकुरेलले स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको यो तालिममा छनौट गरेर यहाँ हरुकोे संस्थाले महत्वपूर्ण अवसर प्रदान गरेको र यसलाई सार्थक वनाउन सहभागीहरुले फिल्ड स्तरमा तालिमको मर्म अनुसार काम गर्नु पर्ने धारणा राखे ।

सोही अवसरमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका तालिम प्रमुख तथा तालिम अवलोकनकर्ता  उमेशमान डंगोलले तालिम निकै महत्वपूर्ण भएको र ९० प्रतिशत लघुवित्तकर्मीले यो तालिम लिनु आवश्यक रहेको धारणा राखे ।

तालिम समापन कार्यक्रममा स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख वेचन गिरीले लघुवित्त सदस्यको उद्यम वा व्यवसायले निरन्तरता पाएमा मात्रै लघुवित्त संस्था र लघुवित्तकर्मीको भलो हुने वताउँदै त्यसको लागि ग्राहक सदस्यको उद्यम वा व्यवसायलार्ई विस्तार गर्न र व्यापक वनाउन आवश्यक पर्ने सीप, राय सुझावका साथै पूँजी उपलब्ध गराउँदा फिल्ड स्तरमा काम गर्ने कर्मचारीले निकै सजग हुनु पर्ने धारणा राखे । “ कुन ठाउँमा कुन व्यवसाय गर्न उचित हुने हो, ब्यवसाय गर्न कति कर्जा प्रवाह गर्ने, कर्जा कसरी दिने, कहिले दिने, लगायतका विषयमा ध्यान दिनु जरुरी छ र त्यो कुरो निकै गहन ढंगवाट विश्लेषण गरेर सिकाइएको छ ।” गिरीको भनाई थियो । कुवेरको सम्पति जस्तै सिकेको ज्ञान र सीप जती वाड्यो त्यती नै वढ्ने भएकोले तालिममा सिकेको कुरा आफ्नो शाखाका सहकर्मीहरु संग जती सक्दो धेरै वाँड्दा थप लाभ लिन सकिने र शाखाको कार्य सञ्चालनमा प्रभावकारिता आई प्रतिफल पनि चाँडो आउने गिरीको सुझाव थियो ।

तालिमको संयोजन स्वावलम्बन विकास केन्द्रका तालिम अधिकृत रेनु प्रजापती, सहायक टसी ल्हामु शेर्पा र श्रद्धा जोशीले गरेका थिए ।

तालिममा जीवन विकास लघुवित्त वितीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड अधिकृत अर्जुन कुमार ठाकुर र शाखा प्रवन्धक ज्ञानी कुमारी चौधरी, सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ फिल्ड अधिकृत राजेन्द्र शेर्मा लिम्बु र दुर्गा मणी पौड्याल, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रवन्धक राजकुमार दास वानिया र राजन थापा, नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रवन्धक उमेश तामाङ, नसीव लाल साह र धिरेन्द्र कुमार साह, किसान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शाखा प्रवन्धक सुरेश वहादुर चौधरी र डम्बर राज जैशी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड अधिकृत हरीकला कँडेल, कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ अधिकृत मोहन वहादुर राजवंशी, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रवन्धक निर्माण काफ्ले र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक नानु तामाङ, श्री उदयदेव वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका फिल्ड सहायक करण राज ओझा र मिलन भट्ट को सहभागिता रहेको थियो ।

समाचार

सुचना