स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको ३१औँ साधारण सभा सम्पन्न : लघुवित्त अभियानमार्फत सामाजिक उद्यमशीलता बृद्धि र अति विपन्न परिवारमा लघुवित्त पहुँच विस्तारमा जोड दिने

२०७९ पौष ११ गते सोमवारका दिन स्वावलम्बन विकास केन्द्रको ३१आँै साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लघुवित्त कार्यक्रम मार्फत उद्यमशीलता बृद्धि र अति विपन्न परिवारमा लघुवित्त पहँुच विस्तारमा आफ्ना सदस्य संस्था, साँझेदार तथा सरोकारवालाहरू संग सहकार्य गरेर प्राथमिकताको साथ काम गर्नेमा जोड दिएको छ । यसको साथै साधारण सभाले तीन शून्यको अवधारणा (शून्य गरीबी, शून्य वेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन) अन्तरगत विगतका सफल अभ्यासहरूलाई निरन्तरता दिँदै लघुउद्यमशीलता र वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रमलाई पनि प्राथमिताकासाथ अघि बढाउने निर्णय गरेको छ ।

सभामा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक बर्ष २०७८। ७९को आय ब्यय विवरण, कार्य प्रगति विवरण तथा २०७९⁄८०को प्रस्तावित कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष श्रेष्ठले युनूस सेण्टर बंगलादेशसंगको सहकार्यमा सामाजिक व्यवसाय दिवस र सामाजिक व्यवसाय विश्वशिखर सम्मेलनको अवसरमा नेपाल फोरमको आयोजना गरी सामाजिक व्यवसाय प्रवद्र्धन र नयाँ सभ्याता निर्माणको बहस शुरु गर्न सफल भएको जानकारी दिनुभयो । उक्त फोरमहरूमा लघुवित्त क्षेत्रका अगुवा, नीति निर्माता देखि लघुवित्त सदस्य तथा प्रोफेसर मुहम्मद यूनुस लगायत अन्य अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई एकै थलोमा उपस्थित गराई लघुवित्तको विगत वर्तमान र भावि कार्यनीतिबारे छलफल गरीएको थियो ।

यस्तै श्रेष्ठले यो आर्थीक वर्षमका केन्द्रले लघुवित्तको क्षेत्रमा भै रहेका गतिविधि माथि केन्द्रित विभिन्न विषयहरूमा १९ वटा अनलाईन वेविनार, संवाद श्रृंखला, अन्तरकृया तथा कार्यशालाहरू सम्पन्न गरेको र जसमा २हजार ५सय ७२ जना लघुवित्तकर्मीहरू सहभागी भएको जानकारी दिनुभयो । केन्द्रले गत आर्थिक बर्षमा लघुवित्त क्षेत्रमा भए गरेका उत्कृष्ट अभ्यासबारे लघुवित्तकर्मीहरूलाई जानकारी गराई देश भित्र र बाहिरका अनुभवहरू अवलोकन गर्न र त्यसबाट नयाँ ज्ञान हासिल गर्न ३ वटा राष्ट्रिय र ३ वटा अन्तर्राष्ट्रिय अध्ययन÷अवलोकन भ्रमण आयोजना गरी ८० जना लघुवित्तका पदाधिकारीहरूलाई समावेश गरी लघुवित्तको उत्कृष्ट अभ्यासहरुवारे जानकारी गराइएको पनि उल्लेख गर्नुभयो । साथै गत बर्ष पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका करीब ७५ वटा लघुवित्त तथा सहकारी संस्थाका लघुवित्त सदस्य, सञ्चालक, पदाधिकारी, कर्मचारी, विज्ञहरू, नीति निर्माता तथा अन्य सरोकावाला गरी करीब ८०० जना एकै ठाउँमा भेला गराई सफलताको साथ तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो ।

साथै उहाँले सुर्खेत जिल्लाको श्री जनज्योति उच्च मा.वि.मा कृषि तथा पशु चिकित्सामा डिप्लोमा अध्ययनरत १० जना गरीब विद्यार्थीलाई प्रति विद्यार्थी रु ३० हजारको दरले ३ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरेको, विद्यालय तहका विद्यार्थीहरुमा उद्यमशीलता विकास एबं स्वरोजगारी श्रृजना गर्ने हेतुले शुरु गरेको योजना अन्तर्गत श्री राम माध्यमिक विद्यालय कोशीदेखा, काभ्रेपलाञ्चोकका कक्षा ७ र ८ मा अध्ययनरत २० जना विद्यार्थीलाई प्रति विद्यार्थी १०÷१० वटा कुखुराको चल्ला उपलब्ध गराएको र यसबाट विद्यार्थीहरूमा आफ्नै घर, गाउँठाउँमा व्यवसाय गरी आय वृद्धि गर्न सकिने सम्भावना बोध गराउन सफल भएको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार स्वावलम्बन विकास केन्द्रले सिन्धुपाल्चोक जिल्लाको बाह्रवीसे नगरपालिका अन्तर्गत धार्पा गाउँलाई मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड संगको सहकार्यमा र काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित मसिने गाउँमा महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड संगको सहकार्य एवं ग्रामीण प्रविधि केन्द्रको प्राविधिक सहयोगमा ‘वातावरणमैत्री स्वावलम्बी गाउँ’ बनाउने कामशुरू भएको र यि प्रयासहरु सकारात्मक ढंगले अघि वढि रहेको उल्लेख गर्नुभयो ।

आउँदा दिनमा पनि केन्द्रले नेपालको लघुवित्त क्षेत्रका समसामयिक विषयमा तालिम, संवाद, अध्ययन अवलोकन भ्रमण लगायत तीनशून्य क्लब गठन तथा प्रवद्र्धन, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रम र उद्यमशीलता विकास सम्बन्धी विभिन्न कृयाकलापहरुमा जोड दिने योजना रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुतिकै अवसरमा अध्यक्ष श्रेष्ठले तेश्रो राष्ट्रिय लघुवित्त सम्मेलनको नारा “घरघरमा उद्यम फैलाऊँ, गरीबीलाई शून्य बनाऊ” अनुसार काम गर्न लघुवित्त संस्था तथा अन्य सरोकारवाला निकाय मार्फत समन्वय गरी अघि वढ्ने उल्लेख गर्नुभयो । साथै केन्द्रले क्षेत्रिय स्तरमा लघुवित्त सदस्य सम्मेलनहरू आयोजना गर्न पहल गर्ने, ग्राहक सदस्यहरूका छोराछोरीहरूलाई दोश्रो पुस्ताको सदस्यकोरुपमा तयार गरी लघुउद्यमी बनाउन चेतना बृद्धि एवं सीप विकास तालिमहरूको व्यवस्था गर्ने गराउने, लघुवित्त क्षेत्रमा देखिएका चुनौतिहरुको सम्बन्धी अध्ययन÷अनुसन्धान, तालिम एवं गोष्ठिहरूको आयोजना गर्ने जानकारी दिनुभयो ।

केन्द्रको लेखा परीक्षण सहितको, नीति तथा कार्यक्रम प्रतिवेदन ३१औँ साधारण सभाबाट सर्बसम्मतिले पारित भएको छ ।

विगत तीन दशकको दौरानमा केन्द्रले पिछडिएको समुदाय, विपन्न बर्ग, विशेषतः गरीब पिछडिएका महिला वर्गको सामाजिक र आर्थिक अवस्था उकास्न विभिन्न परियोजना तथा कार्यक्रमहरु सञ्चालन गरेको छ । विक्रम संवत २०४८ साल पुष १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्ला वाट सामुदायिक स्वावलम्बन विकास परियोजना संचालन गरेर कामको शुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुरबाट स्वावलम्बन बैंकीङ कार्यक्रम शुरुवात गरेकोे थियो । गरीब र विपन्न महिलाहरुमा वित्तीय पहँुच पु¥याउने उद्देश्यका साथ परीक्षणको रुपमा शुरु गरिएको यो कार्यक्रमको सफलता पछि स्वावलम्बन लघुवित्त कार्यक्रम मुलुकभर विस्तार भएको हो । विक्रम संवत २०५१ सालमा शुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त विकास बैँक (हाल स्वावलम्बन लघुवित्त वितीय संस्था लि.) मा रुपान्तरण भई हाल देशभरी विस्तार भएको छ । स्वावलम्बन विकास केन्द्र विपन्न वर्ग माँझ लघुवित्त कार्यक्रम संचालन गर्न नेपाल राष्ट्र बैकवाट स्विकृती प्राप्त गर्ने पहिलो संस्था हो ।

हाल लघुवित्त सेवाग्राही सदस्यहरूको चेतना, क्षमता, वित्तीय साक्षरता, उद्यमशीलता, विकास गर्नको लागि राष्ट्रिय तथा क्षेत्रिय स्तरमा सभा, सम्मेलनको पनि आयोजना गर्ने गरेको छ । स्वावलम्बन विकास केन्द्रले लघुवित्त कार्यक्रम सञ्चालन गरी रहेका संस्थाहरुलाई सदस्यता प्रदान गरी उनीहरुको क्षमता विकास गर्दै आफ्नो संजालमा व्यापकता दिदै आएको छ ।

समाचार

सुचना