स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको २७ औं साधारण सभा सम्पन्न

लघुवित्त कार्यक्रम संचालनमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो गैर सरकारी संस्था स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिक साधारण सभा केन्द्रका प्रबन्ध समितिका अध्यक्ष श्री शंकर मान श्रेष्ठको अध्यक्षतामा २०७५ साल, कार्तिक ९ गते माईतीघर, काठमाडौंमा सम्पन्न भएको छ ।

सभामा अध्यक्ष श्री श्रेष्ठले केन्द्रको स्थापनाको औचित्य एवं नेपालको गरिवी निवारणको लागि लघुवित्त मार्फत गरेको कार्यको अनुभव र अनुभूति बारे प्रकाश पार्नुका साथै नेपालमा हाल लघुवित्तको स्थिति बारे दृष्टिकोण राख्नुभयो । उहाँले विपन्न वर्गको आर्थिक, सामाजिक एवं उद्यमशीलता विकास मार्फत रोजगारी श्रृजनामा लघुवित्त क्षेत्रले पुर्याएको योगदान बारे थप चर्चा गर्नु भयो ।

साथै लघुवित्तमा पछिल्लो काल खण्डमा देखापरेको अस्वस्थ प्रतिस्पर्धा एवं विचलन बारे समयमा नै सबै सरोकारवालाहरु सचेत भई सुधारको लागि कदम चाल्न पनि आग्रह गर्नुभयो । अन्यथा लघुवित्त दीगो रुपमा संचालन हुनमा आघात पुग्ने बारे उहाँले सचेत गराउनुभयो ।

सभामा नेपालको लघुवित्तको वर्तमान स्थिति एवं हाल देखापरेको समस्या बारे श्री नेरुड़े लघुवित्त वित्तीय संस्था संस्था लि. का प्रबन्ध संचालक श्री मणि कुमार अज्र्याल, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लि. का अध्यक्ष श्री विन्दिया प्रधान, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का कार्यकारी प्रमुख श्री महेन्द्र कुमार गिरी, नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. का कार्यकारी निर्देशक श्री राम प्रसाद काफ्लेले आ–आफ्नो विचार राख्नु भयो ।

केन्द्रको हालको प्रबन्ध समितिको कार्यकाल समाप्त भएकोले सभाले सर्वसम्मतीबाट नयाँ प्रबन्ध समिति समेत चयन गरेको छ । प्रबन्ध समितिमा संस्थापक सदस्य श्री शंकर मान श्रेष्ठ र डा.सुमित्रा मानन्धर गुरुङका साथै संस्थागत सदस्यहरु मध्येबाट साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का श्री महेन्द्र कुमार गिरी, नेरुड़े लघुवित्त वित्तीय संस्था लि. का श्री मणि कुमार अज्र्याल, युनिक नेपालका डा.गोपाल दहित, मानुषीका श्री शोभा बज्राचार्य र किसान बहुउद्देश्यीय सहकारी संस्था लि. का श्री डम्बर बहादुर  शाह निर्र्वािचत हुनु भएको छ ।

सभाले आर्थिक वर्ष २०७४ र ७५ को लेखापरीक्षण प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात र सो को मितिमा समाप्त आ.व.२०७४/७५ को आम्दाानी तथा खर्च हिसाव सहितको वित्तीय विवरण पनि स्वीकृत गर्यो । साथै PLRG Associates का  चार्टर एकाउन्टेन्ट श्री प्रकाश लम्साललाई आ.व.२०७५/७६ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

समाचार

सुचना