स्वावलम्बन विकास केन्द्र

हाम्रो बारेमा

स्वावलम्बन विकास केन्द्रले समाजका विपन्न र पिछडिएको वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि भूमिका निर्वाह गर्दै आएको छ । यस केन्द्रले सामुदायिक विकास कार्यक्रमको माध्यमबाट अधिराज्यका दुर्गम तथा विकट जिल्लाका वासिन्दाहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पु¥याउँदै आएको हो । यसका साथै बैंकिङ्ग सुविधाबाट वञ्चित भई आफ्नो सीप परिचालन गर्ने अवसर पाउन नसकेका विपन्न परिवारका मानिसहरु, खासगरी महिलाहरुलाई स्वावलम्बन बैंकिङ्ग कार्यक्रमको माध्यमबाट विभिन्न आयमूलक कार्यक्रमका लागि बिना धितो स–साना कर्जा सेवा उपलब्ध गराउँदै आएको थियो । यस केन्द्रले सन् २०११ मा आफ्नो सम्पूर्ण लघुवित्त कार्यक्रम बैंकलाई हस्तान्तरण बाँकी अंश...

पृथ्बीलाई क्यासिनो ठान्ने प्रबृतिले मानवजातिको अस्तित्व संकटमा ः प्रो. मोहम्मद युनूस

सन् २००६का नोवेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद युनूसले पृथ्वीलाई जुन सुकै उपाय लाएर पनि क्यासिनो जस्तै पैसा वनाउने साधनको रुपमा हेर्ने मानवीय प्रबृति वढ्दै जाँदा मानव जातिको अस्तित्व नै संकटमा परेको चेतावनी दिएका छन् । साथै युनूसले जथाभावी प्राकृतिक स्रोतको दोहन वन्द गरी दिगो विकासको अवधारणा अनुसार काम गर्नु पर्ने सुझाव पनि दिएका छन् ।

सामाजिक व्यवसाय विश्व शिखर सम्मेल २०७८को अवसरमा २०७८ कार्तिक २३ गते मंगलवार स्वावलम्वन विकास केन्द्रले आयोजना गरेको नेपाल सभालाई सम्वोधन गर्दै उनले यस्तो धारणा राखेका हुन ।“नयाँ अर्थतन्त्रको विजारोपण गराँँै ः समय अहिले हो  (Planting the Seeds of New Economy: Time is Now)”  बाँकी अंश...

केन्द्रको सात सदस्यीय प्रबन्ध समिति निर्विरोध चयन

स्वावलम्बन विकास केन्द्रको ३३औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षको लागि सात सदस्यीय प्रबन्ध समितिको चयन गरेको छ । जसमा स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य शंकर मान श्रेष्ठ र डा. सुमित्रा मानन्धर गुरुङ, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्य, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बर बहादुर शाह,  नेपाल महिला सामुदायिक सेवा केन्द्रकी सचिव गिता योगी गिरी र छिमेक लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत दीपक नीधि तिवारी रहनु भएको छ । निर्विरोध बाँकी अंश...

स्वावलम्बन विकास केन्द्रको ३३औँ साधारण सभा सम्पन्न : नयाँ सभ्यता निर्माणको लागि लघुवित्त अभियानलाई अझ गरीबमैत्री र उत्पादनशील बनाउन जोड दिने

बिक्रम सम्बत् २०८१ मंसिर १७ गते स्वावलम्बन विकास केन्द्रको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सदस्य संस्थाहरु, सरोकारवाला तथा साझेदारहरु सँगको सहकार्यमा लघुवित्त अभियानलाई शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन सहितको नयाँ सभ्यता विकासमा काम गर्ने योजना अघि सारेको छ । यसका लागि लघुवित्तलाई अझ गरीबमैत्री र उत्पादनमूलक बनाउन भूमिका खेल्ने तर्फ पनि जोड दिइएको छ ।

सभामा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक बर्ष २०८०।८१को आय ब्यय विवरण, कार्य प्रगति विवरण तथा २०८१⁄८२को प्रस्तावित कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष श्रेष्ठले बाँकी अंश...

डिजिटल साक्षरता मार्फत महिला उद्यमी सदस्यलाई सशक्तिकरण

विश्व बजारमा पछिल्लो समय डिजिटल साक्षरता आवश्यकता र महत्व दिनदिनै बड्दो छ । विक्रेता र उपभोक्ता दुबै पक्षको लागि डिजिटल संसारमा धेरै थरी विकल्प र सम्भावनाहरु पनि छन् । साथै लघुउद्यमी देखि ठूला औद्योगिक घराना तथा विपन्न देखि सम्पन्न उपभोक्तहरु पनि डिजिटल बजारको पहुँचमा छन् । जस कारण डिजिटल संसार हरेक मानिसको जीवनको अभिन्न हिस्सा बनेको छ ।


पछिल्लो समय स्वावलम्बन विकास केन्द्रले लघुवित्तका महिला उद्यमी सदस्यलाई अनलाईन बजारका सम्भावनाहरु सँग जोडेर उनीहरुको व्यावसायिक उन्नती र आर्थिक सामाजिक रुपमा सशक्तिकरण गर्न सघाइ रहेको छ । हाल सम्म करिब ६० जना लघुवित्तका सदस्यलाई डिजिटल साक्षरता तालिम मार्फत अनलाईन बजारमा व्यावसायिक बाँकी अंश...

समाचार


Photo Gallery


भिडियो

किसान व.स.सं. लि. संगको छलफल प्रतिवेदन

  

नेरुडे ल.वि.सं.लि. संगको वेविनार प्रतिवेदन

सहकारी संस्थाहरु संगको वेविनार प्रतिवेदन

12th Social Business Day, 2022 _English

१२औँ सामाजिक व्यवसाय दिवय २०७९

सामाजिक व्यवासय विश्व शिखर सम्मेलन , नेपाल कन्ट्रि फोरम २०७८

दोस्रो दिनको समाचारपत्र

पहिलो दिनको समाचारपत्र

पुरस्कार मनोनयन फारम

१४औँ सामाजिक व्यवसाय दिवस, नेपाल कन्ट्री फोरमको प्रतिवेदन

१३औँ सामाजिक व्यवसाय दिवस, नेपाल फोरम

१२औँ सामाजिक व्यवसाय दिवस, नेपाल फोरम, अंग्रजी

स्वावलम्बन सम्बाद- ९

Glimpse September, 2024

Glimpse June 2024

वार्षिक प्रतिवेदन २०७९/८०

वार्षिक प्रतिवेदन २०७८/०७९

वार्षिक प्रतिवेदन २०७७।७८

कथा शान्ता शिम्खडाको