स्वावलम्बन विकास केन्द्र

कोरोनाबारे समुदायमा चेतना ल्याउन लघुवित्तकर्मीलाई प्रशिक्षण तालिम

कोरोना महामारीमा लघुवित्त सदस्य तथा अन्य समुदायलाई कसरी सुरक्षीत राख्ने भन्ने विषयमा प्रशिक्षक तालिम सम्पन्न भएको छ । अपरच्यूनिटी इन्टरनेशनल अष्टे«लियाको सहयोगमा स्वावलम्बन विकास केन्द्र र आरएमडीसी लघुवित्तले नेपालमा पहिलो पटक २०७८ साउन ३१ आयोजना गरेको उक्त तालिमको स्रोत व्यक्ति भारतका डा. डि. एस. के राव, डा. सौमित्रा दत्ता र आलोक चक्रवर्तीका साथै कार्यक्रम सहजीकरणमा अपरच्यूनिटी इन्टरनेशनल अष्टे«लियाका अनि वाङ रहेका थिए । उक्त तालिम २५ वटा लघुवित्त संस्थाका २५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो तालिमले लघुवित्तकर्मी मार्फत कोरोना महामारीवाट बच्ने उपायहरु समुदाय सम्म पु¥याउने लक्ष राखेको छ । यस तालिमबाट दिक्षित भएका २५ जना मध्ये हरेकले आ–आफ्नो लघुवित्त संस्थाका २५ देखि ३० जना शाखा प्रबन्धकहरुलाई यस्तो तालिम दिनेछन् । यसै गरी शाखा प्रबन्धकहरुले पनि आफ्नो शाखा अन्तरगतका ५ देखि ७ जना कर्मचारीहरुलाई यस्तो तालिम दिनेछन् । यसरी प्रशिक्षित फिल्ड कर्मचारीहरुले १० वटा केन्द्रका प्रमुख तथा सदस्यहरु र ती सदस्यहरुले आफ्ना ५ जना लाई छिमेकीलाई यस्तो तालिम दिएर उनीहरु मार्फत समुदायमा करिब २५लाखमा वाँच्ने र बचाउने चेतना वाँड्न सहयोग पुग्ने छ ।

तालिम आयोजनाबारे आफ्नो धारणा राख्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले तालिमको उद्देश्य यस तालिममा सहभागीहरुलाई प्रशिक्षक मात्र बनाउने नभई उहाँहरु मार्फत शाखा प्रवन्धक, शाखा प्रवन्धक मार्फत फिल्ड कर्मचारी,  फिल्ड कर्मचारी मार्फत लघुवित्त सदस्य र लघुवित्त सदस्य मार्फत समुदायमा कोरोनाबारे चेतना फैलाउन खोजिएको उल्लेख गरे । साथै श्रेष्ठले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई एक हप्ता भित्र आफ्नो संस्थाका शाखा प्रबन्धकहरुको लागि तालिम आयोजना गर्न सुझाव दिए । “तपाईहरुले समयमै तालिम सम्पन्न गर्नु भयो भने कोभिड १९को कारण हुने घटना कम गर्न निकै ठुलो सहयोग पुग्नेछ । फेरी कोरोनाको महामारी वढी रहेको छ । अहिले पनि धेरै मानिस कोरोनाबाट बच्ने उपायबारे जानकार छैनन् । भ्याक्सिन उपलब्ध भएर पनि लाउन हेलचेक्रयाइ गरी रहेका छन् । यसलाई सुधार्ने हाम्रो उद्देश्य हो । हाम्रा सदस्य सुरक्षित भए उनीहरुको व्यवसाय सुरक्षित हुन्छ र उनीहरुको व्यवसाय सुरीक्षत भए मात्र हाम्रो कर्जा सुरक्षित हुन्छ । अन्ततः यसको अप्रत्यक्ष फाइदा हामीलाई नै छ । तालिम दिइ सके पछि कुनै पनि लघुवित्त सदस्यले कोरोनाको कारण ज्यान गुमाउनु नपरोस । त्यसैले यसमा भएको प्रगतिबारे अनुगमन पनि गरौँ । ” श्रेष्ठले भने ।

यस्तै आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योती चन्द्र ओझाले लघुवित्त क्षेत्रको लिडरको रुपमा पहिलो चरणमा २५ जनालाई छनौट गरेको र उहाँहरुले तालिममा सिकेको ज्ञान र सीपलाई तल्लो तहमा हस्तान्तरण गरी कोरोना महामारीबारे वच्न समुदाय सम्म चेतना फैलाउन योगदान गर्नु हुनेछ भन्ने अपेक्षा गरेको उल्लेख गरे । साथै ओझाले सफलतापूर्बक तालिम सम्पन्न गर्ने प्रशिक्षकहरु र प्रशिक्षक प्रशिक्षण आयोजना गर्न प्राविधिक सहयोग गर्ने अपरच्यूनिटि इन्टरनेशनललाई धन्यवाद दिनु भयो ।

तालिम पछि गरिएको मुल्याङ्कनले तालिम प्रभावकारी भएको देखाउनुको साथै सहभागिहरुले तालिमबाट कोरोना महामारी सम्वन्धि समाजमा उठेका भ्रमहरुको हटाउन सफल भएको वताएका छन् । उनीहरुले तालिममा सिकेको सीप तथा ज्ञानलाई आफ्नो सहकर्मीहरु संग बााडन १० दिन भित्रमा तालिम संचालन गर्न सहमत भएका छन् ।

समाचार

सुचना