स्वावलम्बन विकास केन्द्र

लघुउद्यमी सदस्यको पहिचान तथा विकास विषयक दोस्रो तालिमको ६महिने प्रगति समिक्षा सम्

स्वावलम्बन विकास केन्द्रले लघुउद्यमी सदस्यको पहिचान तथा विकास विषयक दोस्रो तालिमको ६ महिने प्रगति समिक्षा २०७८ भाद्र २७मा सम्पन्न गरेको छ । केन्द्रले उक्त दुई दिने तालिमको आयोजना २०७७ पौष ५ र ६ गते गरेको थियो ।

प्रगति समिक्षाको अवसरमा उद्यमी सदस्यको पहिचान गरी व्यावसायिक योजनाको आधारमा ऋण प्रवाह गर्ने अवधारणा अनुसार तालिममा सिकेको ज्ञानकोे आधारमा सहभागीहरुले तयार पारेकोे कार्ययोजना अनुसार आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए । साथै तालिममा सहभागी प्रत्येक शाखा प्रवन्धकले कार्ययोजना कार्यान्वयनको वेला भोगेका चुनौति र सिकाईहरुको आदान प्रदान पनि गरेका थिए ।

सो अवसरमा सहभागीहरुले कोरोना महामारीको त्रास र लकडाउनको कारण लक्ष हासिल गर्न कठिन भएको धारणा राखेका थिए । यद्यपि यो विचमा पनि कृषि, पशुपालन तथा किराना पसल व्यवसायहरुमा महामारीको असर न्यून रहेको र महामारी पछि केही नयाँ उद्यम व्यवसायको विकास हुँदा सदस्यहरु लाभान्वित हुन पुगेको अनुभव पनि सुनाए ।

प्रगति समिक्षाका सहभागीहरुलाई स्वागत गर्दै स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले सक्रिय सहभागिताको लागि धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा निर्देशक श्रेष्ठले सहभागीहरुले तालिको वेला तयार पारेकोे कार्ययोजनाको लक्ष र उद्देश्यबारे प्रस्तुति दिदै कार्यान्वयन कसरी हुनु पथ्र्यो भन्ने बारे आफ्नो धारणा राखेका थिए ।

उक्त समिक्षाको सहजीकरण स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले गरेका थिए । सो अवसरमा वोल्दै गिरीले असहज अवस्था भन्दैमा लघुवित्तकर्मीले हार मान्न नहुने र सदस्यहरुको मनोवल उच्च राखी भविष्यका दिनमा उनीहरुलाई लक्ष अनुसारको व्यावसायिक सफलता प्राप्त गर्न सघाउनु पर्ने सुझाव दिए ।

समाचार

सुचना