स्वावलम्बन विकास केन्द्र

तीन शुन्यको अवधारणा आत्मसात नगरेर मानव जातिले ठुलो संकट व्यहोर्नु पर्छ – नोवेल विजेता प्रो. मोहम्मद युनूस

सन २००६ का नोवेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनूसले शुन्य गरिबी, शुन्य वेरोजगारी र शुन्य हरितगृह ग्याँस उत्सर्जन अर्थात तीन शुन्यकोे बाटो अवलम्बन नगरे मानवजातिले ठुलो संकटको सामना गर्नु पर्ने धारणा राखेका छन् । यसकालागि अहिलेको पूँजी प्रधान आर्थिक प्रणालीको पूनःसंरचना गरेर सामाजिक उत्तरदायित्व वहन गर्ने खालको आर्थिक प्रणली लागु गर्नु पर्ने त्यो भनेको Social Business अर्थात सामाजिक व्यवसाय को अवधारणा अनुरुप अघि वढ्नुपर्ने वताएका छन् ।

११आँै सामाजिक व्यवसाय दिवसका अवसरमा २०७८ आषाढ १६ गते अनलाईन जुम माध्यमबाट आयोजित नेपाल फोरमलाई विशेष सम्बोधन गर्दै प्रोफेसर युनूसले यस्तो धारणा राखेका हुन ।

यस ११औं सामाजिक व्यवसाय दिवसको मुख्य सन्देश   No Going Back अर्थात हिजोको दिनमा बेरोजगारी सिर्जाना गर्ने, गरिबी वढाउने र हरितगृह ग्याँसको उत्सर्जनबाट वस्न अयोग्य वनाउने विश्व तर्फ पुनः नफर्कने भन्ने मुल सन्देशका रहेको छ ।

नेपाल फोरमको विशेष बक्ताको रुपमा आमन्त्रित प्रोफेसर मोहम्मद युनूसले सम्वोधन गरेका थिए । सम्बोधनको अवसरमा प्रोफेसर युनूसले शुन्य गरिबी, शुन्य वेरोजगारी र शुन्य हरितगृह ग्याँसको उत्सर्जन अहिलेको विश्वको अपरिहार्यता भएकोले ढिलो नगरी यसको कार्यान्वयन तर्फ आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने धारणा राखे ।

कोरोना महामारीले विभेद र खतराहरु पैदा गर्ने हिजोको आर्थिक प्रणालीको पुनःसंरचना गर्ने महत्वपूर्ण अवसर दिएकोले यसलाई अवसरमा वदल्नु पर्ने प्रोफेसर युनूसको धारणा थियो । “हामीले विश्वलाई गरिबी, बेरोजगारी र कार्वन रहित वनाउन तर्फ लाग्नु पर्छ । त्यसको यात्रा आजैबाट शुरु हुनु पर्छ । सबै आ–आफ्नो तर्फवाट अघि वढ्नु जरुरी छ । यसकालागि हामी संग जे छ त्यो लिएर अघि वढौँ र अरुलाई पर्खने समय छैन ।” युनूसको भनाई थियो ।


यो संगै युनूसले अव युवा पुस्तालाई पनि विश्वका यस्ता असमानता तथा ठुला समस्याबारे जागरुक र सचेत वनाउन थ्री जीरो क्लवकोे शुभारम्भ गरेको जानकारी गराएका छन् । यूनुसका अनुसार यस थ्री जीरो क्लव अवधारणा अनुसार १२ देखि ३५ बर्ष उमेर समूहका युवाहरुलाई नेतृत्व पंङतीमा राखेर उनीहरु संग भएको उर्जा तथा प्राविधिक क्षमतालाई समुन्नत विश्व वनाउन उपयोग गर्ने रहेको छ । 

सो अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति शंकरमान श्रेष्ठले ११आंै सामाजिक व्यवसाय दिवसको अवसरमा पहिलोे पटक नेपाल फोरम आयोजना गरेको र यसले हामीलाई पनि गरिबी निवारण, शुन्य वेराजगारी र शुन्य कार्वन उत्सर्जनको पथमा अघि वढ्न घच्घच्याएको र प्रोफेसर यूनुसको उपस्थितीले यसमा उर्जा दिएको वताए । साथै श्रेष्ठले गरीबी , वेरोजगारी र हरितगृह ग्यासले उत्पन्न गरेको भयावह परिणाम मानवजातिको लागि विकराल समस्याको रुपमा अगाडी आएकोले यसको समाधान गरी विश्वलाई सम्बृद्धशाली वनाउन साझा प्रयास गर्नु पर्ने वताए । “हामी संग समस्याहरुको समाधान गर्नको लागि स्रोत र साधनको साथै ज्ञान र सीपहरु पनि छन् । आर्थिक स्रोत पनि पर्याप्त छ तर हामीमा संस्कार र संकल्पको कमि छ । त्यसैले संस्कार र संकल्पका साथ हामी संग भएको क्षमता प्रदर्शन गर्नु जररुी छ ।” श्रेष्ठले थपे ।


फोरमले विश्वका तीन ठुला समस्या शुन्य गरिबी, शुन्य वेराजगारी र शुन्य हरितगृह ग्यास उत्सर्जन र सो अन्तर्गत १० बटा उप शिर्षकहरुमा छलफल गरेको थियो । छलफल पछि आगामी दुई बर्ष भित्र कार्यान्वयन गर्ने गरी कार्ययोजना समेत वनाएको छ । सोही कार्ययोजना २०७८ आषाढ २० गते बंगलादेशको यूनुस सेन्टरले आयोजना गर्ने अन्तर्राष्ट्रिय साझा फोरममा पनि प्रस्तुत गरिने छ ।

कार्यक्रममा आर्थिक, सामाजिक, शिक्षा, वातावरण, महिला युवा तथा अन्य विभिन्न क्षेत्रका ३ सय ६६ जना व्यक्तीहरुको सहभागिता रहेको थियो ।

 

समाचार

सुचना