स्वावलम्बन विकास केन्द्र

संचालक समितिका सदस्य

श्री शंकरमान श्रेष्ठ, अध्यक्ष
लघुवित्त विज्ञ श्री शंकरमान श्रेष्ठ ग्रामिण वित्त उद्योगमा विगत पाँच दशक देखि संलग्न हुनुहुन्छ । स्वावलम्बन विकास केन्द्रको संस्थापक कार्यकारी प्रमुख श्रेष्ठ हाल केन्द्रको अध्यक्ष हुनुहुन्छ । श्रेष्ठले अगष्ट १९९९ देखि अप्रील २०१४ सम्म रुलर माइक्रोफाइनान्स डेभलेपमेन्ट संस्थामा प्रमुख कार्यकारी अधिकृत भएर काम गर्नु भएको छ । उहाँले कृषि विकास बैंकमा नायब महाप्रबन्धक, निर्देशक, ऋण विभाग प्रमुख तथा क्षेत्रिय निर्देशक लगायत भुमिकाहरु निर्वाह गर्नु भएको छ । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर श्रेष्ठसंग लघुवित्त क्षेत्रको तालिम, कार्यशाला एवं सम्मेलनहरु सहजीकरणको उत्कृष्ट दक्षता छ । ग्रामिण जनजिवन तथा वित्त क्षेत्रमा कलम चलाउने श्रेष्ठका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पत्रपत्रिका तथा अखवारहरुमा दर्जनौँ लेख रचना, अध्ययन अनुसन्धान तथा प्रतिवेदनहरु प्रकाशित छन् । नेपालमा लघुवित्त क्षेत्रको स्थापना तथा विकासमा श्रेष्ठको महत्वपूर्ण योगदान छ ।
 
श्री महेन्द्र कुमार गिरी, उपाध्यक्ष ( प्रतिनिधि, सहारा नेपाल साकोस लिमिटेड)
श्री महेन्द्र कुमार गिरी मुलुककै अग्रणी सहकारी सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लि. को कार्यकारी प्रमुख हुनुहुन्छ । मुलुकमा सहकारी आन्दोलनका अग्रणी अभियन्ता गिरी स्थापना काल देखि नै सहारा नेपाल संग आवद्ध हुनुहुन्छ । उहाँले लघुवित्त क्षेत्रलाई दुई दशक भन्दा लामो समय योगदान गर्नु भएको छ । गिरीले नयाँ विचार तथा अवधारणाका साथ समुदाय र सहाराका सदस्यहरुको उन्नतीका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको छ । उहाँ NGP समन्वय समितिको अध्यक्ष, गैरसरकारी सस्था महासंघ झापाको सदस्य, विराट जेसिसको लुम सम्पादक तथा नेपाल रेडक्रस सोसाइटी झापाको सदस्य हुनुहुन्छ । गिरीले स्वदेश तथा विदेशमा सहकारी, लधुवित्त तथा कृषि क्षेत्रमा आयोजित विभिन्न तालिम, कार्यशाला तथा सम्मेलनहरुमा निरन्तर सहभागिता जनाउदै आउनु भएको छ । उहाँले मेची वहुमुखी क्याम्पसबाट वाणिज्य शास्त्रमा स्नातक अध्ययन गर्नु भएको छ ।
 
श्री शोभा बज्राचार्य, कोषाध्यक्ष ( प्रतिनिधि, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड)
श्री शोभा बज्राचार्य मानुषी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नु भएको छ । उहाँ संग हिरालाल वहुमुखी क्याम्पसमा सहायक प्राध्यापक भएर अध्यापन गरेको अनुभव छ । बज्राचार्य संग SEARCH, IIDS जस्ता गैरसरकारी संस्थाहरुमा काम गरेको अनुभव छ । लघुवित्त र सामुदायिक विकास कार्यक्रमहरुमा उहाँले लामो अनुभव बटुल्नु भएको छ ।
 
डा. सुमित्रा मानन्धर गुरुङ, सदस्य
डा. सुमित्रा मानन्धर गुरुङ, महिला सहयात्रा माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँले आफ्नो व्यवसायिक यात्रा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र, इसिमोडबाट शुरु गर्नु भएको हो । उहाँले अमेरिका स्थित हवाई विश्व विद्यालयबाट भुगोल शास्त्रमा विद्यावारिधि गर्नु भएको छ । यस अघि महीला सहकारी समाजमा प्रमुख कार्यकारी भएर काम गर्नु भएको डा. गुरुङसंग प्लान इन्टर्नेशनलमा परियोजना निर्देशक भएर काम गरेको अनुभव छ । यो संगै उहाँ संग ग्रामिण तथा शहरी विकास कार्यक्रमहरुमा लामो समय काम गरेको अनुभव छ ।
 
श्री डम्बर बहादुर शाह, सदस्य (प्रतिनिधि, किसान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड)
श्री डम्बर बहादुर शाह कैलाली स्थित किसान वहुउद्देश्यीय सहकारी संस्थाको महाप्रबन्धक हुनुहुन्छ । उहाँ  किसान वहुउद्देश्यीय सहकारी संस्थामा संस्थागत सदस्यका रुपमा स्थापना काल (सन् १९९३) देखि नै आवद्ध हुनुहुन्छ । आफ्नो दुई दशक भन्दा लामो कार्यकालमा शाहले संस्थाले प्रवाह गर्ने सेवा तथा कार्यक्रमहरु सदस्यहरु माझ प्रभावकारी ढंगले पुर्याउन महत्वपूर्ण भुमिका खेल्नु भएको छ । उहाँले भर्खरै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा लघुवित्त उपसमिति सदस्य भएर काम गर्नु भएको छ । यो संगै डम्बर बहादुर शाह क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका तालिम तथा गोष्ठिहरुमा आयोजक तथा प्रतिनिधिका रुपमा सहभागी हुनु भएको छ । उहाँले भारतको इन्दिरा गान्धी नेशनल ओपन विश्व विद्यालयबाट वाणिज्य प्रशासन शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ भने मुम्वइको सेन्ट जेभियर कलेजबाट वाणिज्य शास्त्रमै स्नातक गर्नु भएको छ ।
 

श्री चण्डी प्रसाद शर्मा पौडेल, सदस्य, (प्रतिनिधि, सिवासी चारतारे युवा क्लब)

बाग्लुङ नगरपालिका ९ बाग्लुङ निवासी श्री चण्डी प्रसाद शर्मा पौडेल हाल सिवासी चारतारे युवा क्लबको कार्यकारी अध्यक्ष र बाग्लुङ बचत तथा ऋण सहकारी संघको अध्यक्ष हुनुहुन्छ । उहाँले विगतमा गैर सरकारी क्षेत्रको साथै वित्तीय क्षेत्र र समग्र सामाजिक विकासको क्षेत्रमा दुई दशक भन्दा लामो समय योदान गर्नु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्रबन्ध समिति सदस्य समेत रहनु भएका श्री चण्डी प्रसाद शर्मा पौडेलले विगतमा गैर सरकारी संस्था महासंंघ वाग्लुङको अध्यक्ष तथा मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टरको उपाध्यक्ष पदमा रहेर सेवा गर्नु भएको छ । साथै उहाँले जिल्लामा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम, एमनेष्टी इन्टरनेशनल, जिल्ला समन्वय समिति लगायतका संघसंस्था तथा विकास परियोजना  र कार्यक्रममा आवद्ध भएर काम गर्नु भएको छ । उहाँले India, Bangladesh, Indonesia, Sir Lanka, Maldives, the Philippines, Thailand, Malaysia, Egypt, United Arab Emirates (UAE), र South Korea.लगायत मुलुकहरुको भ्रमण गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयका स्नातक श्री पौडेलले दर्जनौँ विषयमा तालिम, कार्यशाला, सभा सम्मेलन लगायतका कार्यक्रममा सहभागी हुनुभएको छ ।

श्री गिता कुमारी योगी गिरी, सदस्य (प्रतिनिधि, नेपाल महिला सामुदायिक सेवा केन्द्र)
 
श्री गिता कुमारी योगी गिरी विक्रम संवत २०७२ साल देखि दाङ जिल्लाको घोराहीमा अवस्थित नेपाल महिला सामुदायिक सेवा केन्द्रको सह सचिव हुनुहुन्छ । उहाँ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक सदस्य पनि हुनुहुन्छ । यस अघि गिरीले महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा २०७५ देखि २०७७ सम्म अध्यक्षको भूमिका निभाउनु भएको थियो । बैंकिङ तथा वित्तीय क्षेत्रको विज्ञता राख्ने श्री गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न तालिम, गोष्ठि, कार्यशाला, सेमिनार लगायत फोरमहरुमा सहभागिता जनाउनु भएको छ । यस क्रममा उहाँले अमेरिका, फ्रान्स, बेलायत, इटाली, स्विजरल्याण्ड, चेक रिपब्लिक, थाइल्याण्ड, भारत, फिलिपिन्स, बंगलादेश लगायतका मुलुकको भ्रमण गर्नु भएको छ । श्री गिरीले त्रिभुवन विश्वविद्यालय नेपालबाट वाणिज्य शास्त्रमा स्नातक र ग्रामीण विकास अध्ययनमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ ।
 

 

समाचार

सुचना