स्वावलम्बन विकास केन्द्र

पृथ्बीलाई क्यासिनो ठान्ने प्रबृतिले मानवजातिको अस्तित्व संकटमा ः प्रो. मोहम्मद युनूस

सन् २००६का नोवेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद युनूसले पृथ्वीलाई जुन सुकै उपाय लाएर पनि क्यासिनो जस्तै पैसा वनाउने साधनको रुपमा हेर्ने मानवीय प्रबृति वढ्दै जाँदा मानव जातिको अस्तित्व नै संकटमा परेको चेतावनी दिएका छन् । साथै युनूसले जथाभावी प्राकृतिक स्रोतको दोहन वन्द गरी दिगो विकासको अवधारणा अनुसार काम गर्नु पर्ने सुझाव पनि दिएका छन् ।

सामाजिक व्यवसाय विश्व शिखर सम्मेल २०७८को अवसरमा २०७८ कार्तिक २३ गते मंगलवार स्वावलम्वन विकास केन्द्रले आयोजना गरेको नेपाल सभालाई सम्वोधन गर्दै उनले यस्तो धारणा राखेका हुन ।“नयाँ अर्थतन्त्रको विजारोपण गराँँै ः समय अहिले हो  (Planting the Seeds of New Economy: Time is Now)” भन्ने मूल नाराका साथ आयोजना भएको सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन २०७८ नेपाल सहित १४ वटा देशमा आयोजना भएको छ ।

नेपाल फोेरमलाई सम्वोधनका क्रममा प्रो. युनूसले विश्वका तीनठूला समस्या गरिबी, बेरोजगारी र कार्वन उत्सर्जनमा सबैले आ–आफ्नो क्षेत्र र व्यक्तिगत तवरबाट समेत काम गर्न आग्रह गरेका छन् । “हामी अहिले कोप–२६को अवसरमा छौँ । करिब तीन दशक अघि देखि विश्वमा वातावरणीय संकटको पहिचान गरी तिनको सामना गर्न संयुक्त राष्ट्र संघ पक्षधर राष्ट्रहरु जुटि रहेका छन् । २०१५को पेरिस सम्झौताको कार्यान्वयन अर्थात विश्वव्यापी तापमानलाई १.५ डिग्री तल कायम राख्ने अहिलेको आम चासोको विषय हो । अत्याधिक मात्रामा उत्सर्जन भई रहेको हरितगृह ग्यास र तापमान बृद्धि अहिले मानवजातीको लागि ठूलो खतरा वनेका छन् । जलवायु परिवर्तनमा साझा सरकारी संयन्त्र (आईपीसीसी)को अध्ययन प्रतिवेदनहरुले पनि यस अघिनै खतराको संकेत दिई सकेका छन् । विश्वव्यापी तापमान बृद्धिले निकै चाँडो खतराको संकेत गरेको छ । यदि तापमान नियन्त्रण गर्न नसकेको अवस्थामा हामी यो शताब्दी भरी टिक्न सक्ने अवस्था छैन । त्यसैले तापमान बृद्धि १.५ डिग्रीमा कायम राख्न हरेक सरकारहरुले यसलाई गहन रुपमा लिनु पर्ने छ ।” सामाजिक व्यवसाय दिवसको अवधारणा प्रस्ट पार्दै उनले अगाडी भने “ शून्य गरिबी, शून्य वेरोजगारी र शून्य कार्वन उत्सर्जन गर्ने तीन शून्यको अवधारणा पनि विश्वव्यापी संकट संग जुध्नको लागि अघि सारिएको हो । हामीले यो सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन पनि संसारलाई सुरक्षित वनाउन आयोजना गरिएको एउटा प्रयास हो । यहाँहरु सबै यस विषय तर्फ सजग हुनु हुनेछ । हामीले आफ्ना आनिवानि र तौरतरिका वदल्नु पर्ने छ । हामीले नवीकरणीय उर्जा अनिवार्य प्रयोग गर्नु जरुरी छ । लघुवित्त कार्यक्रम संग क्षमता र दक्षता रहन्छ । त्यसैले तीन शून्यको अवधारणामा लघुवित्त कार्यक्रमले निकै ठुलो योगदान गर्न सक्छ । म आव्हान गर्छु लघुवित्तकर्मीहरु यसमा लाग्नुस ।”

प्रो. मोहम्मद युनूसले एक्काइसौ शताब्दी मानवजाति सुध्रिने अन्तिम मौका हुने चेतावनी दिए । “सम्भवत यो दशकनै हामीले संकट मोचन गर्नको लागि काम गर्न सक्ने अन्तिम दशक हुनेछ । यस पछि हामीले चाहेर पनि वातावरणीय समस्या समाधान गर्न सक्ने छैनौँ । धेरै ढिलो भै सक्ने छ र मानवजातिको अस्तित्वनै मेटिने छ । त्यसैले सुधारको अन्तिम मौका खेर नफालौँ । हामीले संस्थागत, सामुहिक र व्यक्तीगत रुपमा समेत कार्वन घटाउन लाग्नु पर्छ । कार्वन उत्सर्जन कम गर्न लुगा लाउने वानि समेत सुधार्नु पर्ने छ । धेरै नयाँ लुगा किन्नु भन्दा पुरानो लुगा पूर्नप्रयोग गरेर लाउने अरुलाई पनि त्यस्तो सल्लाह दिने गरौँ । सबैले यसो गरे मात्र पनि कार्वन उत्सर्जन घटाउन विश्वयापी रुपमा ठुलो योगदान पुग्छ । तपाईहरु वाटो देखाउने काम गर्नुस । परिवर्तनको यो जहाजको पाइलट भएर काम गर्नुस । ञस्पस्ट रुपमा गन्तव्यको पहिचान गरी यो तीन शुन्यको अवधारणा अनुसार अघि वढाउन लाग्नुस । यसको लागि सबैलाई चेतना वाँड्नुस । हामीले पनि तीनशून्य क्लवको अवधारणा अघि सारेको छौँ । जसमा ५ जना युवाहरु भेला भएर यी समस्याहरुवारे जानकार भएर विचारको मन्थन गर्ने छन र आफुले चाह जसरी भविश्यमा पृथ्वी वचाउने वा सुधार्ने जिम्मा लिनेछन् । म यहाँहरु सबै जनालाई आब्हान गर्छु कि तीन शून्य मुख्य गरी विश्व तापमान बृद्धि घटाउन सोचौँ र काम गरौँ । म सबैलाई आब्हान गर्छु ।” यूनुसले भने

सो अवसरमा वोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले धनीहरु थप धनी वन्दै जाने र गरीव झन् झन् गरीब हुदै जाने बर्तमान अर्थ व्यवस्थाले असमानता पैदा गरेको र विश्वलाई खतरामा पारेको धारणा राखे । अव विश्वमा सामाजिक उत्तरदायित्व वहन गर्न सक्ने खालको अर्थ व्यवस्थामा जानु पर्ने र नेपालमा पनि सामाजिक व्यवसाय प्रवद्र्धन शुरु भएको वताए । “केहि अघि हामीले पछाडी फर्कने होइन भन्ने नाराका साथ ११औँ सामाजिक व्यवसाय दिवस मनाएका थियौँ । उ वेला नेपाल फोरममा यहाँहरु सबैको उत्साहजनक सहभागिता रहेको थियो । यो भेलाले अहिले विश्वमा चरम गरिबी छ, बेरोजगारी छ र कार्वन उत्सर्जनको ठूलो समस्या छ भन्ने कुरामा छलफल गरेको थियो र यस्ता समस्या समाधानको लागि हामीले काम गर्दैै आएको तौरतरिका वा आर्थिक प्रणाली सुधार्नु पर्ने छ भन्ने विषयमा छलफल गरेको थियौँ । त्यो छलफलको निचोडमा आगामी दुई बर्षमा कार्यान्वयन गर्ने गरी १४ वुँदे कार्ययोजना वनाएका थियौँ । उक्त कार्य योजना कार्यान्वयन गरेर मानवजातिको रक्षा गर्न सबैले योगदान गर्नु हुनेछ भन्ने अपेक्षा गरेका छौँ ।” श्रेष्ठले भने । साथै श्रेष्ठले नेपालमा युवा जनशक्ति विदेशिनु परेको, नेपालमा करीब २० लाख उर्वर भूमि वाँझै वसेको र आयात वढेको, नेपालको गरीव समुदाय जलवायु परिवर्तनको चपेटामा परेको लगायतका समस्याहरु रहेको उल्लेख गर्दै लघुवित्त संस्थाहरुलाई यस्ता समस्याको समाधानमा काम गर्न सुझाव दिए । “आज सम्म लघुवित्त सही वाटोमा हिडेन भन्ने आरोप लागेको छ । योे छलफलले त्यसलाई सही वाटोमा हिडाँउने काम गर्नेछ । वढ्दो वेरोजगारी कम गर्न, स्वरोजगार सिर्जना गर्न र विशेष गरी विदेश पलाएन भै रहेको युवा जनशक्तिलाई विदेश नजाने अवस्था तर्फ सबै लघुवित्तकर्मीले सहयोग गर्नु पर्ने छ । अव आज प्रष्ट रुपमा महत्वपूर्ण विचारको मन्थन भएको छ । आ–आफ्नो कार्य क्षेत्रमा सीप, दक्षता र क्षमताको प्रयोग गरी यो छलफलमा उठेका विषयमा काम गर्न अघि वढने छौँ । यसमा आफ्नो स्वार्थ मात्र नहेरी समाज प्रति जिम्वेवार भएर हामी कसरी अघि वढ्न सक्छौँ र यसमा योगदान गर्न सक्छौँ । अहिले मानवजाति आफ्नै कारणले, आफैले गरेका कामले खतरामा भएको हो । यसमा सबै देशका नागरिकले सोच्नु पर्ने वेला छ । तर काम हामीले आ–आफ्नो क्षेत्रवाट गर्नु पर्ने अवस्था हो । नयाँ सोचौँ, नयाँ थालौँ । हामीले गलत काम गरिरहेका छौँ भने त्यसलाई सुधारेर नयाँ नेपाल वनाउने काममा लागाँै” श्रेष्ठले भन्ने ।

नेपाल फोरममा वातावरण मैत्री गाउँ निर्माण अभियान, ग्रामीण क्षेत्रका माध्यमिक विद्यालयहरुमा उद्यमी विकास केन्द्र (Incubation Center) हरुको स्थापना, युवाहरु केन्द्रित स्वरोजगार प्रवद्र्धन, अति विपन्न लक्षित कर्जा प्रवाह, तीन जीरो क्लवको गठन र विकास र शैक्षिक संस्थाहरु र लघुवित्त संस्थाहरु विचको सहकार्यमा ग्रामीण भेगमा युवाहरु लक्षित स्वरोजगार प्रवद्र्धन लगायतका विषयमा विषयगत विज्ञ सहितको छलफल भएको छ । यी विषय मार्फत मुख्यतया शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्वन उत्सर्जनको अभियानलाई योगदान पुर्याउने प्रयास रहको छ । साथै फोरमले ११औँ सामाजिक व्यवसाय दिवस नेपाल फोरमले पारित गरेको कार्ययोजना कार्यान्वयन र यसको प्रगति बारे पनि छलफल गरेको छ ।

नेपाल फोरममा बैंक तथा वित्तीय क्षेत्र, शिक्षा, संचार, वातावरण, युवा, महिला तथा विपन्न समूदायका प्रतिनिधिहरु, उद्योगी तथा व्यावसायीक घराना, गैर सरकारी क्षेत्र, नीतिगत तथा नियामक निकाय, यि क्षेत्रका सरोकारवाला लगायत ३७८ भन्दा वढीको सहभागिता रहको थियो ।

नेपाल फोरमले ६ बुँदे कार्ययोजना पनि पारित गरेको छ । जसमा ११औ सामाजिक व्यवसाय दिवस, नेपाल फोरमले पारित गरेको १४ वुँदे कार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, १२ देखि ३५ बर्षका युवाहरुलाइ तीन जीरो क्लवमा आवद्ध गरी तीनजीरो अवधारणा अनुसार उत्प्रे्ररित गर्ने, तीन शून्यको अवधारणामा जनचेताउन जगाउन विभिन्न किसिमको गोष्ठी, सेमिनार तथा जनचेतनामुलक कार्यक्रम चलाउने, गाउँका युवाहरुलाई उद्यमी वनाउन लघुवित्त कार्यक्रमले गाउँ गाउँमा पुगेर स्वरोजगार कार्यक्रम प्रवद्र्धन गर्ने, लघुवित्त संस्थाहरुले गरिबी निवारण, उद्यमशीलता विकास र कार्वन न्यूनिकरणका काम एकीकृतरुपमा सञ्चालन गर्ने र माथि उल्लेखित कामहरुको कार्यान्वयनबारे आवाधिक मुल्यांकन तथा सुपरिवेक्षण गर्ने रहेका छन् ।

समाचार

सुचना