स्वावलम्बन विकास केन्द्र

केन्द्रको सात सदस्यीय प्रबन्ध समिति निर्विरोध चयन

स्वावलम्बन विकास केन्द्रको ३३औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षको लागि सात सदस्यीय प्रबन्ध समितिको चयन गरेको छ । जसमा स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य शंकर मान श्रेष्ठ र डा. सुमित्रा मानन्धर गुरुङ, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्य, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बर बहादुर शाह,  नेपाल महिला सामुदायिक सेवा केन्द्रकी सचिव गिता योगी गिरी र छिमेक लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत दीपक नीधि तिवारी रहनु भएको छ । निर्विरोध प्रबन्ध समितिमा दीपक नीधि तिवारी पहिलो पटक निर्वाचित हुनु भएको हो भने अन्य ६ जना यस अघिकै प्रबन्ध समितबाट निर्विरोध चयन हुनु भएको हो ।  
साधारण सभा समापन पछि बसेको प्रबन्ध समितिको बैठकले केन्द्रका पदाधिकारीहरू समेत चयन गरेको छ । बैठकले अध्यक्षमा शंकर मान श्रेष्ठ, उपाध्यक्षमा महेन्द्र कुमार गिरी र कोषाध्यक्षमा शोभा बज्राचार्यलाई चयन गरेको छ ।

समाचार