स्वावलम्बन विकास केन्द्र

उद्यमशीलता विकास पुरस्कार २०८० तीनजना उत्कृट महिला लघुउद्यमी सदस्य र एउटा उत्कृट लघुवित्त संस्था पुरस्कृत

२०८० फाल्गुन ५ र ६ गते काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको अवसरमा सफल तीनजना उत्कष्ृट महिला लघुउद्यमी सदस्य र उद्यमशीलता विकास पुरस्कारबाट जीवन विकास लघुवित्त वित्तीय संस्था लि. लाई पुरस्कृत गरिएको छ ।

स्वावलम्बन विकास केन्द्रले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट महिला लघुउद्यमी सदस्य पुरस्कार लघुवित्तबाट कर्जा लिई असल ऋणीका रुपमा उद्यमी बन्न सफल भएका तीनजना  ग्राहक सदस्यलाई प्रदान गरिन्छ । विक्रम् सम्वत् २०८० सालको उत्कृष्ट महिला लघुउद्यमशीलता पुरस्कार प्राप्त गर्नेमा विराटनगर–१७, मोरङ्गमा कवाडी व्यवसाय गरीरहेकी जीवन विकास लघुवित्त वित्तीय संस्था लि. की उद्यमी सदस्य नसिमा खातुन, हेटौंडा–४ मकवानपुरमा सिलाई कटाई गरीरहेकी छिमेक लघुवित्त वित्तीय संस्था लि. की उद्यमी सदस्य मेनुका श्रेष्ठ, घोडाघोडी–३ कैलालीमा केरा खेती र सँुगुर पालन गरीरहेकी किसान बहुउद्देश्यीय सहकारी संस्था लि. की उद्यमी सदस्य कमलापति कुमारी डगौरा रहेकी छिन् । उत्कृष्ट तीनै जनालाई नगद रु २५,००० सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यसै गरी २०८० सालको उद्यमशीलता विकास पुरस्कारबाट मोरङ जिल्लामा केन्द्रिय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लि. पुरस्कृत भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लि. नगद रु १,००,००० सहित प्रमाणपत्र प्राप्त गरेको छ । हरेक वर्ष लघुवित्त सदस्य माझ उद्यमशीलता विकास गरी स्वरोजगारी सिर्जनासँगै सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा उत्कष्ृट काम गर्ने संस्थालाई यो पुरस्कार प्रदान गरिन्छ ।

समाचार

सुचना