स्वावलम्बन विकास केन्द्र

उद्यमशीलता विकास तालिम कार्यक्रम सम्पन्न १३ वटा संस्थाका २० जना लघुवित्तकर्मीहरु दिक्षित

लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाहरु मार्फत गरीब तथा विपन्न वर्गलाई आत्मनिर्भर र उद्यमी बनाई समुदायमा उद्यमशीलता फैलाउने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्रले विगत २ वर्ष देखि लघुवित्तकर्मीहरुको क्षमता विकास गर्ने कार्यमा जोड दिएको छ । लघुवित्तका सदस्यहरुलाई समृद्ध र संस्थाहरुलाई दिगो बनाउने उपायएको रुपमा यस अभिायनालाई अद्दि सारेको हो । सोही कार्यक्रम अनुसार मिति २०८० चैत्र १८ देखि २१ गते सम्म चार दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाका शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरु लक्षित गरी आयोजीत उक्त तालिम कार्यक्रममा १३ वटा संस्थाका २० जना कर्मचारी दिक्षित भएका छन् ।
तालिम कार्यक्रमले लघुवित्त सदस्यहरुलाई आयआर्जनका व्यवसायमा लाग्न प्रेरित गर्नुको साथै सदस्यहरुलाई उद्यमी बनाउन कर्मचारीहरुको सीप र क्षमता विकास गरेको छ । साथै सदस्यहरुमाझ उद्यमशीलता विकास गरी शाखा तथा संस्थाको दिगोपनामा बल पुग्ने अपेक्षा गरिएको छ ।

तालिम कार्यक्रमको अवसरमा स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमूख बेचन गीरीले  लघुवित्त संस्थाहरुले आफ्ना सदस्यलाई उद्यमी बनाउन सके मात्र दिगो हुन्छन भन्ने निश्कर्ष पछि केन्द्रले उद्यमशीलता विकास कार्यक्रम अघि सारेको र यसका लागि करिब २ वर्ष भन्दा लामो तयारी गरी तालिम शुरु गरेको जानकारी दिनुभयो । साथै उहाँले तालिमबाट सिकेको सीपलाई आफ्नो कार्यक्षेत्रमा लागु गर्न पनि आग्रह गर्नुभयो ।
सो अवसरमा केन्द्रका निर्देशक तथा तालिम विभाग प्रमुख सतिश श्रेष्ठले उद्यमशीलता विकास तालिम आफ्ना सदस्यलाई सम्पन्न बनाउनुको साथै संस्थाबाट प्रवाह हुने ऋणलाई सुरक्षित गर्ने र असुली सुनिश्चित गर्ने अवधारणा अनुसार डिजाइन गरिएको जानकारी दिनु भयो । सदस्य उद्यमी नबनुन्जेल ऋण सुरक्षित नहुने बताउँदै लघुवित्त गर्ने संस्था र लघुवित्तकर्मीले आफ्नो सुरक्षित भविष्यका लागि पनि सदस्यलाई उद्यमी बनाउनु पर्ने धारणा राख्नुभयो ।

चार दिने तालिम कार्यक्रमको सहजीकरण केन्द्रका सहायक निर्देशक सोपन विष्ट, बरिष्ठ अधिकृत रेणु प्रजापति, अधिकृतहरु चन्द्र कान्त पण्डित र बिज्ञा ज्ञावालीले गर्नु भएको थियो ।
सो अवसमा उद्यमशीलताको महत्व, नेपालमा यसको अवस्था, उद्यम र उद्यमीको छनोट, सफल र असफल उद्यम र उद्यमीबारे जानकारी, उद्यम र उद्यमीको वर्गीकरण, व्यवसाय छनौट विधि, भन्ने लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनु भएको थियो । यसको साथै वस्तुको लागत निर्धारण, वजार र यसलाई प्रभाव पार्ने तत्वहरु, उद्यमशीलताका लागि स्थानीय स्तरमा रहेका सम्भावना, शाखा प्रबन्धक र उद्यमशील शाखा प्रबन्धक विचको फरक, व्यावसायिक योजना किन र कसरी बनाउने लगायतका विषयबारे पनि जानकारी गराइएको थियो ।

तालिमको दोस्रो दिन सहभागीहरू ६ वटा समूहमा विभाजीत भएर काठमाडौँको महिला सहयोगी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुकोे परियोजना अध्ययन अवलोकन गरेका थिए । सो अवसरमा ग्राहक सदस्य र उनीहरुले गरेको व्यवसायको सूचना संकलन गरी तालिमको अन्तिम दिन सोही आधरमा व्यावसायिक योजना निर्माणको अभ्यास गरेका थिए ।
यस तालिमले फिल्डमा काम गर्ने लघुवित्तकर्मीलाई आफ्ना सदस्यहरुलाई उद्यमी बनाउन सिकाउनुको साथै सदस्यहरुले गरी रहेको उद्यम व्यवसायको अवस्थाबारे बुझाउने, व्यवसाय प्रवद्र्धनमा सघाउने, सम्भावित र दिगो व्यवसाय ⁄उद्यमहरु सुझाउने, चालु अवस्थामा रहेको उद्यममा व्यावसायिकता विकास गर्ने, उत्पादन बढाउन, बजारीकरण सुनिश्चित गर्न र उच्च मुल्य प्राप्त गर्ने लगायतका विषयमा सघाउने छ ।

तालिम पछि सहभागीहरूले लघुवित्त सदस्य र तिनका उद्यम, व्यवसाय चिन्ने, त्यसको अवस्था बुझ्ने र व्यवसायमा देखिएका सम्भावना र चुनौतीहरू आँकलन गर्न सकिने सीप र शिक्षा यो तालिमबाट पाएको र यसले योजनाबद्ध ढंगबाट सदस्यलाई उद्यमी बनाउन र लघुवित्तको लगानी पनि सुरक्षित गर्न सकिने कुरा सिकाई भएको उल्लेख गरे ।

अहिलेको समयमा यो तालिम निकै सान्दर्भिक भएको बताए । सहभागीहरूले हरेक लघुवित्त संस्थाले उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेर काम गर्न सके समाजमा लघुवित्त प्रतिको नकारात्मक हेराई हटेर जाने धारणा राखे ।
केन्द्रले शुरु गरेको उद्यमशीलता विकास अभियान अन्तरर्गत हाल सम्म करिव एक हजार लघुवित्तकर्मी उद्यमशीलता विकास तालिम प्राप्त गरेका छन् भने विभिन्न १८ वटा साँझेदार संस्थाहरु सँगको साझोदारिमा १० हजार भन्दा बढि सदस्यलाई सीप विकास तालिम प्रदान गरी सकेको छ ।

समाचार

सुचना