स्वावलम्बन विकास केन्द्रले नेपालका लघुवित्त संस्थाहरुलाई लघुवित्तको मूल्य, मान्यता तथा यसका अभ्यासबारे स्वदेश तथा विदेशका लघुवित्त संस्थाहरुको अध्ययन अवलोकन गराउने गरेको छ । यसै परिपे्रक्षमा लघुवित्तको जननी मानिने बंगलादेशमा लघुवित्तको अभ्यास, यसका मूल्य, मान्यता तथा नयाँ प्रयोगहरु बारे सिक्ने अभिप्रायले पछिल्लो पटक २०७९ चैत्र ५ देखि १२ सम्म अध्ययन, अवलोकन भ्रमणको आयोजना गरेको छ ।
बंगलादेशको अध्ययन अवलोकन भ्रमणमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का ९ जना सञ्चालक समिति सदस्य र एक जना उपनिर्देशकको सहभागिता रहेको थियो । भ्रमणको संयोजन स्वावलम्बन विकास केन्द्रका सहायक निर्देशक सोपन विष्टले गर्नु भएको थियो ।
भ्रमण टोलीले बंगलादेशमा ग्रामीण बैंक, इन्टीग्रेटेड डेभलपमेन्ट फाउण्डेसन (आईडीएफ) र आशा संस्थाको क्षेत्रीय कार्यालय, इलाका कार्यालय, शाखा कार्यालयका साथै, परियोजना स्थल तथा लघुवित्त सदस्यहरुको उद्यम व्यवसायको अध्ययन, अवलोकन गरेको थियो । भ्रमणको क्रममा टोलीले बंगलादेशको लघुवित्त नियामक निकाय माइक्रोफाइनान्स रेगुलेटरी अथोरिटी (एमआरए) र लघुवित्त क्षेत्रको लागि उपयुक्त नीति तथा कार्यक्रमका लागि वकालत र पैरवी गर्ने संस्था क्रेडिट डेभलपमेन्ट फोरम (सीडीएम) बारे पनि जानकारी लिएको थियो ।
भ्रमण टोलीले अवलोकन गरेको ग्रामीण बैंक बंगलादेश चटगाउँ विश्वविद्यालय अन्तर्गत सन् १९७६ देखि १९७९ सम्म इकोनोमिक्स रिसर्च तथा एक्सन प्रोजेक्ट र बंगलादेशको केन्द्रीय बैंकबाट सन् १९७९ देखि १९८३ सम्म लघुवित्त कार्यक्रम पाइलट परियोजनाको सफलता पछि लघुवित्त सञ्चालन गर्न बंगलादेशको सरकारले अध्यादेश मार्फत सन् १९८३ मा स्थापना गरेको हो । विश्वकै अग्रणी लघुवित्त संस्था ग्रामीण बैंकले हाल बंगलादेश भरी ९४ प्रतिशत भुभागका करिव १ करोड ३३ लाख गरीब र विपन्न सदस्यहरु माझ ऋण प्रवाह गरेको छ । यसै गरी अर्को संस्था इन्टीग्रेटेड डेभलपमेन्ट फाउण्डेसन (आईडीएफ) सन् १९९२मा स्थापना भएको हो । आएडीएफले वित्तीय सेवा सँगै आफ्ना ग्राहक सदस्यको उत्थानको लागि प्रदान गर्ने गैर वित्तीय सेवाहरु अनुकरणीय छन् । यस्तै गरिब जनताको जीवनस्तर माथि उकास्दै सामाजिक रुपान्तरण गर्ने लक्ष सहित १९७८ मा स्थापना भई गैर सरकारी संस्थाको रुपमा काम गर्ने आशाले यहाँको गरिब तथा विपन्न बर्गको जीवनस्तर माथि उठाउन गरेको वित्तीय तथा गैर वित्तीय सेवा तथा कार्यक्रमहरु पनि अनुकरणीय छन् ।
भ्रमण टोलीले मदारीपुर जिल्लामा रहेको ग्रामीण बैंकको पाँचोर्शिबचोर शाखाको अवलोकन गरेको थियो । जनवरी २०२३ सम्मको तथ्यांक अनुसार यस शाखामा ७ जना कर्मचारी, ५४ वटा केन्द्र, ४३०० सदस्य, २,७८१ ऋणी सदस्य, लगानीमा रहेको रकम ७ करोड ४५ लाख, बचत ७ करोड २२ लाख टाका रहेको छ भने गत आर्थिक वर्षमा शाखाको नाफा ४३ लाख टाका छ । यहाँे शाखाको ९९ प्रतिशत असुली दर रहेको छ । ऋण तथा परियोजना मूल्यांकन प्रक्रियाको कडा परिपालनाको साथै यसका सदस्यहरूको ऋणको आकारमा क्रमिक बृद्धि गराउने नीतिका कारण असुली दर उत्कृष्ट रहेको हो ।
भ्रमण टोलीले ग्रामीण बैंकको गोलकण्डा बुमा केन्द्र पनि अवलोकन गरेको थियो । यो केन्द्रमा हाल ६० जना सदस्य रहेका छन् । ग्रामीण बैंकका सबै केन्द्रहरूमा नियमितरुपमा साप्ताहिक बैठकहरू हुने गरेका छन् । यहाँ धेरै पुराना सदस्य छन् जसले क्रमिक रूपमा कर्जाको आकार बढाउदै लगेका छन् । यसको एक उदाहरण हुन् विगत १५ वर्ष देखि ग्रामीण बैंकको सदस्य रहेकी शेफाली राणा । सुरुमा ५ सय टाका ऋण लिएकी राणाले अहिले १ लाख टाका ऋण लिइरहेकी छिन् । क्षमता र अनुभव बटुल्दै आवश्यकता अनुसार विस्तारै ऋणको आकार बढाउँदै जाँदा यहाँ सदस्यको उन्नति भएको छ भने शाखा पनि दिगो भएको छ । ग्रामीण बैंकका अन्तर्राष्ट्रिय कार्यक्रम प्रमुख गोलाम मोर्सेद मोहम्मदका अनुसार कर्जाको आकारमा क्रमिक बृद्धि र कर्जा प्रवाह गर्नु अघि कडाईका साथ गरिने कर्जा विश्लेषण तथा मूल्याङ्कन प्रकृयाले गर्दा कोभिड–१९ जस्तो ठूलो महामारीको समयमा पनि ग्रामीण बैंकको असुली दर उत्कृष्ट नै रहेको छ । उहाँका अनुसार जनवरी २०२३ सम्मको तथ्यांक अनुसार कर्जा असुलीदर ९७.१४ प्रतिशत रहेको छ ।
ग्रामीण बैंकको हाल मुलुकभरी ८१,६७८ वटा गाउँहरुमा २,५६८ वटा शाखा, १,३५,१५५ केन्द्रहरु, १४,५८,८६९ समूह र १ करोड ३० लाख सदस्यहरु रहेका छन् । ग्रामीण बैंकसँग सदस्यको लागी धेरै थरी बचत र सार्वजनिक निक्षेप कार्यक्रमहरु छन् । यिनै कार्यक्रमहरु मार्फत शाखा स्तरबाटै आवश्यक पूँजी निर्माण गर्ने स्मार्ट कोष व्यवस्थापन प्रणाली छ । शाखा कार्यालयहरूले आफ्ना सदस्यहरूलाई आवश्यक ऋण उपलब्ध गराउँछन् र बढी भएको रकम ग्रामीण बैंकको प्रधान कार्यालयमा पठाउँछन् । बैंकले यस्तो अतिरिक्त रकम सरकारी ऋणपत्र र ग्रामीण म्युचुअल फण्डमा लगानी गर्छ जुन ढाका स्टक एक्सचेन्जमा पनि सूचीकृत छ ।
सन् २०२३ सम्म निक्षेप र लगानीमा रही रहेको रकम बिचको अनुपात १५६ प्रतिशत रहेको छ भने निक्षेप एवं आन्तरिक श्रोतवाट जुटेको रकम र लगानीमा रही रहेको रकमको अनुपात १७६ प्रतिशत रहेको छ । त्यसै गरी लगानीमा रही रहेको रकम भन्दा निक्षेप बढी भएका शाखाको संख्या १,९५८ रहेको छ । ग्रामीण बैंकको लागि बजारमा तरलताको अभाव हँुदा यस्तो कोष विशेष काम आउँछ । त्यसैगरी, सदस्यहरूले आफ्नो किस्ता तिर्न नसक्ने अवस्था भयो र बैंकले ५० प्रतिशत कर्जा जोखिम व्यवस्था गरेको अवस्थामा व्यक्तिगत रुपमै सदस्यको विशेष मूल्याङ्कन गरी सो को आधारमा कर्जा तालिका फेरबदल गरी सदस्यहरूलाई किस्ता तिर्न सहज होस् भन्ने हेतुले सहुलियत कर्जा उपलब्ध गराउने कार्यादेश रहेको छ । यो सुविधा ग्रामीण २ मोडेल लागू भए पछि सुरु भएको हो ।
भ्रमण टोलीले चटगाउँको उत्तर चाँडगाउँमा रहेको आईडीएफको लक्ष्मी आचार्य बाडी नामक केन्द्रको पनि अध्ययन अवलोकन गरेको थियो । यहाँ कर्जाको आकार सानो छ । सबै भन्दा ठूलो रु ४ लाख टाका । ब्याज दर २४% घट्दो ब्यालेन्स मा छ भने औसत ऋणमा ४६ किस्ता छन् र २३ किस्ता पूरा गरे पछि सदस्य अर्को कर्जा लिन योग्य हुन्छन् । टोलीले आइडीएफले चटगाउँ डिभिजनमा गैर वित्तीय सेवा अन्तर्गत आफ्ना सदस्य तथा समुदायलाई प्रदान गर्दै आएको स्वास्थ्य सेवा कार्यक्रमबारे जानकारी लिएको थियो । यहाँ स्वास्थ्य सेवा प्रवाह गरी रहेका दुई जना मध्येका एक डा. मुक्त कानुन सँग अन्तरक्रिया गरेको थियो । डा. मुक्तका अनुसार चटगाउँ डिभिजन अन्तर्गत दुई जना डाक्टर, चार वटा स्वास्थ्य केन्द्र, चार जना स्वास्थ्य अधिकारी र ६५ वटा प्यारामेडिक्स मार्फत स्वास्थ्य सेवा प्रवाह भै रहेको छ । २५ हजार टाका भन्दा बढी ऋण लिने जोसुकै सदस्यले पनि यस्तो सेवा पाउँछ । यसको लागि एक पटकलाई १५२ टाका तिरेर स्वास्थ्य परिचयपत्र बनाउनु पर्छ । यो परिचयपत्रको आधारमा केन्द्रमा उपलब्ध औषधि र स्वास्थ्य परिक्षण सेवा निशुल्क उपलब्ध हुन्छन् । तर स्वास्थ्य परिचयपत्र नभएकाहरुका लागि भने हरेक पल्ट परामर्श शुल्क प्यारामेडिकका लागि ५० टाका र चिकित्सकका लागि २०० टाका तिर्नु पर्छ ।
भ्रमण टोलीले चटगाउँ डिभिजनको सतकनियामा सञ्चालित समृद्धि कार्यक्रमबारे जानकारी लिएको थियो । आइडीएफले यो कार्यक्रम रोजगारी सिर्जना र गरीबी निवारणको लागि स्थापना भएको यहाँको सरकारी संस्था पालीकर्मा सहायक फाउण्डेसन (पीकेएसएफ) सँगको सहकार्यमा सञ्चालन गरेको हो । यो कार्यक्रमबाट ५ हजार ५ सय घरधुरीले दुई जना स्वास्थ्य अधिकारी, ११ जना स्वास्थ्य कार्यकर्ता र ९ वटा स्वास्थ्य केन्द्रबाट सेवा प्राप्त गर्दै आएका छन् । यहाँ स्वास्थ्य कार्यकर्ताले हरेक दिन बिहान ९ बजे देखि १२ बजे सम्म घरदैलो गरेर गर्भवती, कुपोषण, मधुमेह जस्ता विषयमा प्राथमिक स्वास्थ्य सल्लाह दिन्छन् । साथै यस कार्यक्रम अन्तर्गत निशुल्क रुपमा टेलिफोनको माध्यमबाट औषधि उपचार सेवा, स्वास्थ्य शिविर सञ्चालन, आँखा शिविर जस्ता सेवाहरु पनि प्रदान गर्दै आएको छ । साथै हरेक महिना ६० बर्ष माथिका बुढापाकालाई मासिक ५०० टाका, अपाङ्गहरुलाई २००० टाका र भिखारीलाई एक लाख टाका सम्म किस्ताबन्दीमा प्रदान गर्दै आएको छ ।
समृद्धि कार्यक्रम अन्तर्गत युवा लक्षित सेवाहरु पनि छन् । यसमा ५ हजार युवाहरुलाई विभिन्न किसिमको सीप मूलक तालिमहरु प्रदान गरेको छ । साथै यस क्षेत्रमा ४० वटा शैक्षिक केन्द्रहरु मार्फत नर्सरी देखि कक्षा २ सम्मका बालकबालिकाहरुको लागि बेलुकी ३ वर्ष देखि ५ बजे सम्म अध्ययन अध्यापनको सेवा प्रवाह गरेको छ । साथै विद्यालय बीचैमा छाडेका वालवालिकाहरुको लागि पनि वैकल्पिक शिक्षाको रुपमा ट्यूसन कक्षा पनि चलाई रहेको छ । संस्थाले बेलाबखत तालिमहरु आयोजना गरेर यसरी निशुल्क शिक्षा प्रदान गर्ने शिक्षकहरुको क्षमता विकास पनि गर्दै आएको छ ।
टोलीले चटगाउँ डिभिजनको लाल पारा जिलोंगामा रहेको आशा (एएसए)को मोइत्री नामक केन्द्रको पनि अवलोकन भ्रमण गरेको थियो । त्यहाँ ३० जना सदस्य मध्ये २८ जना ऋणी सदस्यहरू थिए । सबैभन्दा ठूलो ऋणको आकार १ लाख ५० हजार पाकी मोर्जी अख्तरले लिनु भएको छ । ब्याज दर २४% घट्दो ब्यालेन्समा छ । आशामा समूह जमानीको चलन छैन् । केन्द्रमा केन्द्र प्रमुख, सचिव र क्यासियर रहने व्यवस्था छ । सदस्यहरूले किस्ता अनलाइन तिर्छन् । ऋणको किस्ता रकम र पासबुक ऋण अधिकृतलाई दिए पछि ऋण अधिकारीले आफ्नो स्मार्ट फोनमा रहेको एप्सवाट रकम र अन्य आवश्यक सूचना प्रविष्ट गर्दछ । एपले तिर्न बाँकी रकम र सदस्यको बचत ब्यालेन्स गणना गरेर देखाउँछ । यस्तो जानकारी सदस्यले आफूसँग रहेको पासबुक मार्फत पनि राख्न पाउँछन् । यस केन्द्रको असुली दर शतप्रतिशत रहेको छ भने ऋण लगानीमा रही रहेको ऋण २० लाख टाका छ ।
आशाका वरिष्ठ शाखा प्रबन्धक सुदीप बरुवाका अनुसार सन् २०२३ को फरबरी सम्म आशाको ऋण लगानी ३९३ अर्ब ९६ करोड छ र लगानीमा रही रहेको रकम २५० अर्ब ८९ करोड टाका रहेको छ । आशाले ३,०७३ शाखा मार्फत ७३ लाख सदस्यलाई सेवा प्रदान गरेको छ । साथै बरुवाले आशामा सदस्यलाई प्रदान गर्ने कर्जाको वर्गीकरण गरेको जानकारी दिनु भयो । जस अनुसार नयाँ सदस्यको लागि ९९ हजार टाका सम्म, ९९ सय हजार देखि तीन लाख टाका सम्मको विशेष कर्जा र ३ लाख टाका भन्दा माथि ऋण लिन ग्रेजुएट सदस्य हुनु पर्ने व्यवस्था छ । यहाँ पनि कर्जाको ब्याज दर २४% घट्दो ब्यालेन्स दरमा छ तर विशेष ऋणको ब्याजदर भने १८% घट्दो ब्यालेन्स तोकिएको छ । विशेष ऋण उत्पादनमूलक दिगो किसिमका व्यवसाय जस्तै गाईको क्रस प्रजनन, च्याउ खेती, गड्यौला मल र समुद्रको तटमा बगरे खेती जस्ता क्षेत्रमा उपलब्ध गराइन्छ ।
आशामा साप्ताहिक बैठक अभ्यासमा छ । तर भुक्तानीको प्रकृया भने साप्ताहिक सँगै मासिक पनि छ । आशाले प्रत्येक शाखामा १ जना सदस्यका लागि छात्रवृत्ति कार्यक्रम, लाल पारा जिलोंगामा फिजियोथेरापी लगायत स्वास्थ्य कार्यक्रम र सोट्टा महेशकालीमा स्वास्थ्य केन्द्र जस्ता कार्यक्रम पनि सञ्चालन गरेको छ । स्वास्थ्य कार्यक्रमका लागि आशाले २ जना फिजियोथेरापिस्ट, १ जना एमबिबिएस डाक्टर र ५ जना नर्स नियुक्त गरेको छ । आशाको मुख्य मान्यता भनेको एउटा असल सदस्यले अर्को सदस्यको खराब ऋणमा दण्डित हुनु हुँदैन भन्ने हो । त्यसैले केन्द्रमा समूह गठन प्रक्रिया त छ तर यसमा समूह दायित्व छैन । साथै, यो गैरसरकारी संस्था भएकोले यसले कमाएको सबै नाफा सदस्यहरूलाई फाइदा पुग्ने गरी गैर वित्तीय सेवा प्रदान गर्न प्रयोग गरिन्छ ।
टोलीले आईडीएफ पुगेर कार्यकारी निर्देशक जहिरुल आलमसँग पनि अन्तरक्रिया गरेको थियो । उहाँले बंगलादेश पछि नेपालले विश्वमै लघुवित्तको सबैभन्दा राम्रो अभ्यास भएको बताए । “अहिले नेपालको लघुवित्त क्षेत्रमा केही समस्या देखा परेको र ती समस्या सही नीति, रणनीति र कुशल व्यवस्थापनले समाधान गर्न सकिन्छ । अभ्यासले व्यवस्थापन गर्न सकिन्छ । बहुकर्जाको कारण बंगलादेशमा पनि विगतमा यस्तै समस्या आएको थियो । कुनै बेला बहुकर्जाकोे दर २५ प्रतिशत सम्म पुगेको थियो । लघुवित्त संस्थाको संख्या धेरै भएको र नेपालमा केन्द्रीय बैंकले लघुवित्त संस्थाको संख्या घटाउन प्रतिबद्ध रहेको कुरा पनि सुनेको छु ।” आलमको भनाई थियो । साथै उहाँले बंगलादेशमा लघुवित्तहरुले वित्तीय सँगै ठूलो मात्रामा गैर वित्तीय सेवा प्रवाह गरी रहेको र त्यो व्यवस्थापन गर्न कठिनाइ आउन सक्ने तर्फ चिन्ता व्यक्त गर्नु भयो ।
भ्रमण टोलीका एक सदस्य, सहारा साकोसका बोर्ड सदस्य उपेन्द्र ओलीले १० वर्ष अघिको तुलनामा अहिले बंगलादेशको लघुवित्तमा गैर वित्तीय सेवामा व्यापक विस्तार भएको र समग्र लघुवित्त क्षेत्र नै अझ राम्रो भएको उल्लेख गर्नु भयो । साथै उहाँले आइडीएफको स्वास्थ्य सेवा पनि निकै अनुकरणीय रहेको धारणा राख्नु भयो ।
सोही अवसरमा अर्का बोर्ड सदस्य लक्ष्मी आचार्यले बंगलादेशमा लघुवित्तले गैर वित्तीय सेवाहरु ग्रामीण क्षेत्रमा केन्द्रित गरेको र जुन नेपालका लागि पनि अनुकरणीय भएको उल्लेख गर्नु भयो ।
त्यसैगरी भ्रमण टोलीका अर्का सदस्य, सहारा साकोसका उपनिर्देशक दिनेश निरौलाले बंगलादेशका लघुवित्तले पछिल्लो समय आफ्ना सदस्यहरुलाई गैर वित्तीय सेवाहरु व्यापक रुपमा दिन थालेको र आफ्नो अघिल्लो भ्रमणको तुलनामा हाल सदस्यको जीवनस्तरमा उल्लेख्य सुधार आएको अनुभव ब्यक्त गर्नु भयो ।
स्वावलम्बन विकास केन्द्रका सहायक निर्देशक सोपान विष्टले नेपालमा विभिन्न संघर्ष समितिहरू र विभिन्न स्वार्थ बोकेका व्यक्तिहरूले लघुवित्तमा समस्या निम्त्याएको उल्लेख गर्नु भयो । “अहिले नेपालको लघुवित्तलाई समाजमा सद्भावको खाँचो छ । लघुवित्तले समाजको लागी के गरेको छ भन्ने प्रश्नको जवाफ दिन सकेको छैन । यदि बंगलादेशी लघुवित्तले गरीबी सूचकांक (पीपीआई) जस्ता प्रभाव मूल्याङ्कन विधि तथा उपकरणहरू विकास गर्न प्राविधिक सहयोग प्रदान गर्छ भने, हामी नेपालका लघुवित्तको वास्तविक तस्वीर र लघुवित्तका कारण सदस्यहरूको जीवन तथा समाजमा आएको आर्थिक र सामाजिक रूपान्तरण देखाउन सक्छौँ । लघुवित्तले नेपालमा पनि सामाजिक प्रतिष्ठा पुनः प्राप्त गर्न सक्छ ।” विष्टले भन्नु भयो ।
स्वावलम्बन विकास केन्द्रको संयोजन तथा प्रमुख लघुवित्त संस्थाहरुको पहलमा पहिलो पटक राष्ट्रिय स्तरको लघुवित्त सदस्य सम्मेलन मिति २०७३ जेष्ठ २—३ गते काठमाडौंमा आयोजना हुँदैछ । बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको २५ औं वार्षिकोत्सव (रजत जयन्ती समारोह) एक समारोह बीच काठमाडौंमा सम्पन्न भयो । प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीबि नेपालले पानसमा दीप बाँकी अंश...
नेपालको लघुवित्तका अग्रणी संस्था स्वावलम्बन विकास केन्द्रको छब्बीसौ साधारण सभा केन्द्रको कार्यलय भवन माइतीघर हाईट, काठमाडौंमा २०७४ आश्विन २२ गते सम्पन्न भयो । स्वावलम्बन विकास बाँकी अंश...
लघुवित्त क्षेत्रमा गुणात्मक सुधार ल्याउन यसमा कार्यरत जनशक्तिको कार्यशैली, ज्ञान, सीप, एवं सोचले महत्वपूर्ण प्रभाव पर्ने महशुस गरी लेखा हेर्ने कर्मचारीहरुको कार्यकुशलता क्षमता बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्त क्षेत्रमा हाल देखा परेका जोखिमहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले लघुबित्तमा जोखिम व्यवस्थापन विषयक ३ दिने तालिमको हालै काठमाडौमा आफ्नो तालिम हलमा बाँकी अंश...
Bangladesh is often hailed as the ‘Mecca of Microfinance’ across the world. The concept of micro-credit and the credit worthiness of the poor was first discussed by Prof. Muhummad बाँकी अंश...
लघुवित्त कार्यक्रम संचालनमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो गैर सरकारी संस्था स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिक साधारण सभा केन्द्रका प्रबन्ध समितिका अध्यक्ष श्री बाँकी अंश...
A training to develop “Managerial Skills” of Branch Managers of MFIs was organized by CSD in Kathmandu from January 7-9, 2019 (Poush 23-25, 2075) to enhance managerial skill level of बाँकी अंश...
A one-day dialogue on microfinance was organized by Unique Nepal Laghubitta Bittiya Sanstha Ltd. on February 9, 2019 (Magh 26, 2075) in Hotel Atithi, Kohalpur. A total of 42 बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको आयोजनामा २०७६ साल आषाढ १० र ११ गते धुलिखेल, काभ्रेमा लघुवित्त संस्थाहरुको मानव संशाधन व्यवस्थापन विषयको सम्मेलन गरिएको थियो । उक्त सम्मेलनमा २५ लघुवित्त बाँकी अंश...
नेपालमा गैर सरकारी संस्था मध्ये सबै भन्दा पहिले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिई लघुवित्त शुरुवात गर्ने अग्रणी लघुवित्त संस्था स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिक साधारण बाँकी अंश...
नेपालको परिवेशमा लघुवित्त कार्यक्रम संचालन गर्न अनुमति प्राप्त गर्ने पहिलो गैर सरकारी गैर नाफामूलक संस्था स्वावलम्बन विकास केन्द्रले जालसाजी नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी बाँकी अंश...
वित्तीय पहुचको माध्यमवाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जिवनस्तर माथि उकास्दै गरिबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम संबत २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त तथा सहकारी संस्थाहरुलाई आफ्नो कार्य क्षेत्रका गरिब तथा विपन्न समुदायको खोजी गरी उनीहरुलाई स्वरोजगार तथा उद्यमी वनाउन बाँकी अंश...
लघुवित्त संस्थामा लघुउद्यमी ग्राहकको पहिचान तथा विकास विषयक दुई दिने तालिम सम्पन्न भएको छ । २०७७ मंसिर ९ र १०गते स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको भर्चुयल तालिममा २५ वटा बाँकी अंश...
२०७७ मंसिर १२ गते शुक्रवार स्वावलम्बन विकास केन्द्रको २९आँै साधारण सभा सम्पन्न भएको छ । कोरोना महामारीका कारण केन्द्रले आफ्नो साधारण सभा अनलाईन माध्यमवाट सम्पन्न गरेको हो । साधारण बाँकी अंश...
लघुवित्त संस्थामा लघुउद्यमी ग्राहकको पहिचान तथा विकास विषयक दुई दिने तालिम सम्पन्न भएको छ । २०७७ मंसिर ९ र १०गते स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको भर्चुयल तालिममा २५ वटा बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्तका तीन जना सदस्यहरुलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार २०७६ वाट पुरस्कृत गरेको छ । लघुवित्त सेवा प्राप्त गरी उद्यम गरेका देशभरीका लघुउद्यमी बाँकी अंश...
स्वावलम्बन विकास केन्द्र र ग्रामीण प्रविधि केन्द्रले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास अवधारणालाई अभियानको रुपमा लग्ने भएका छन् । यसै सन्दर्भमा २०७७ फाल्गुण १८ गते अनलाईन बाँकी अंश...
कोरोना महामारीको कारण विश्वभर गम्भीर त्रास सृजना भएको छ । अकल्पनीय क्षति भएको छ । सकारात्मक भएर सोचौँ निराशा तिर मात्र नफर्कौ । क्षतीका वावजुद कोरोनाले अवसरहरु पनि ल्याएको छ ।
लघुवित्तमा वढ्दै गएको विसंगति र विचलन प्रति चिन्ता व्यक्त गर्दै लघुवित्तकर्मी र सरोकारवालाहरु लाई बेलैमा सचेत हुन विज्ञहरुले चेतावनी दिएका छन् । उनीहरुले गरीब तथा विपन्न समुदायका बाँकी अंश...
लघुवित्त मार्फत गरिबी निवारण गर्न एवं रोजगारी सिर्जना गर्न उत्पादकत्व बढाई लक्षितबर्ग माँझ लघुवित्त सेवा प्रभावकारी बनाउनु पर्ने र यसका लागि लघुवित्त संस्थाहरूले आफ्नो मूल मर्म एवं बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नंं. १३ स्थित श्री राम उच्च माध्यमिक विद्यालयका बालबालिकाहरूलाई विद्यालय उमेर देखि नै पढाई सँगै उद्यम गर्न बाँकी अंश...
वित्तीय पहुचको माध्यमवाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जिवनस्तर माथि उकास्दै गरिबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम संबत २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास बाँकी अंश...
स्वावलम्बन विकास केन्द्र (सीएसडी)ले आफ्ना सदस्य सहकारी संस्थाहरु संग २०७७।०४।१८मा भर्चुअल अन्तरक्रिया को आयोजना गरी नेपालमा लघुवित्त सञ्चलक सहकारी संस्थामा कोरोना भाइरसको महामारी बाट बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको मुल मर्म कायम राख्दै कोरोना महामारी र लकडाउन संकटको सामना गर्न लघुवित्तकर्मीहरुलाई सुझाव दिएका छन् । स्वावलम्बन विकास बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त तथा सहकारी संस्थाहरुलाई आफ्नो कार्य क्षेत्रका गरिब तथा विपन्न समुदायको खोजी गरी उनीहरुलाई स्वरोजगार तथा उद्यमी वनाउन बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्तमा गरीबी मापन विधि (प्रोग्रेस आउट अफ पोभर्टी इन्डेक्स, पीपीआई) विधि प्रयोग गरी लघुवित्तका सदस्यको जीवनस्तर सर्वेक्षण गर्ने काममा सहजीकरण गर्नको लागि बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले नेपालका लघुवित्त संस्थाहरुलाई लघुवित्तको मूल्य, मान्यता तथा यसका अभ्यासबारे स्वदेश तथा विदेशका लघुवित्त संस्थाहरुको अध्ययन अवलोकन गराउने गरेको छ । यसै बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्त कर्मीहरुलाई कोरोना भाईरस (कोभिड–१९) चुनौती र अवसर दुवै भएकोले महामारीले गर्दा समाजमा देखा परेका समस्या र अवसरको बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले तीन जना उत्कृष्ट लघुवित्त उद्यमी महिला सदस्यहरुलाई लघुवित्त उद्यमशीलता विकास पुरस्कार प्रदान गर्ने निर्याय गरेको छ । पुरस्कृत हुनेमा वाँके जिल्लाको राँझा बाँकी अंश...
लघुवित्त संस्थामा लघुउद्यमी ग्राहकको पहिचान तथा विकास विषयक दुई दिने तालिम सम्पन्न भएको छ । २०७७ मंसिर ९ र १०गते स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको भर्चुयल तालिममा २५ वटा बाँकी अंश...
लघुवित्त अभियन्ता तथा विज्ञ शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरुलाई आफ्ना प्रत्येक ऋणी र सदस्यहरुको अवस्था वारे विस्तृत अध्ययन गरी सोहि अनुसार कोरोना विरुद्धको आगामी रणनीति अवलम्वन बाँकी अंश...
२०७७ मंसिर १२ गते शुक्रवार स्वावलम्बन विकास केन्द्रको २९आँै साधारण सभा सम्पन्न भएको छ । कोरोना महामारीका कारण केन्द्रले आफ्नो साधारण सभा अनलाईन माध्यमवाट सम्पन्न गरेको हो । साधारण बाँकी अंश...
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो १९ औँ वार्षिकोतसवको अवसरमा संस्थाको स्थापना तथा विकासमा निरन्तर गरेको अतुलनीय योगदानको लागि स्वावलम्बन विकास केन्द्रंका अध्यक्ष शंकर मान बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्त संस्थामा लघुउद्यमी ग्राहकको पहिचान र विकास सम्वन्धी दुई दिने अनलाईन तालिम २०७७ माघ १८ र १९ गते सम्पन्न गरेको छ । उक्त तालिममा लघुवित्त तथा सहकारी बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले काठमाडौँ जिल्लाको, तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थित श्री कुञ्जिप्वाकल माध्यमिक विद्यालयलाई ई–पुस्तकालय सञ्चालन गर्न २०७७ साल पुष २५ गते शनिवार बाँकी अंश...
लघुवित्त क्षेत्रमा कोरोना महामारी (कोभिड –१९)ले निम्त्याएको समस्याको समाधान र सदस्यहरुको उद्यम तथा ब्यवसाय पूर्नस्थापनाकोलागि लघुवित्त संस्थाहरुले कार्ययोजना वनाएर अगाडी वढ्नु पर्ने बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्तका तीन जना सदस्यहरुलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार २०७६ वाट पुरस्कृत गरेको छ । लघुवित्त सेवा प्राप्त गरी उद्यम गरेका देशभरीका लघुउद्यमी बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले गरीव तथा विपन्न बर्गका वालवालिकाहरुलाई रु १०० मा नर्सरी देखि स्नाताकोत्तर सम्मको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता शैक्षिक गुठीको अक्षय कोषमा रु दुई बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले जुम मार्फत २०७७ माघ १८ र १९ गते आयोजना गरेको लघुउद्यशीलता विकास तालिममा सहभागीहरुले सिकेका सीप र ज्ञानको आधारमा तयार पारेको ६ महिने कार्ययोजनाको प्रगति वारे बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले २०७७ चैत्र ५ र ६ गते दुई दिने नेतृत्व विकास तथा तनाव व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिमवाट लघुवित्त तथा सहकारी संस्थाहरुका १७ जना विभागीय प्रमुख तथा बाँकी अंश...
कोरोना महामारी र यसवाट उत्पन्न परिस्थितिको कारण असहज र अनियमित वनेको दैनिकीलाई कृयाशील एवं उर्जाशील वनाउने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले २०७७ माघ ५ र ६ मा आयोजना गरेको बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले २०७७ चैत्र १ र २ गते लघुउद्यमशीलता विकास तथा प्रवद्र्धन सम्वन्धमा अनलाईन तालिम सम्पन्न गरेको छ । उक्त दुइ दिने अनलाईन तालिममा केन्द्रका लघुवित्त तथा सहकारी बाँकी अंश...
लघुवित्त कार्यक्रम मार्फत लघुउद्यमशीलता प्रवद्र्धन तथा विकासको लागि प्रमुख कार्यकारी अधिकृतहरुले प्रेरणादायी भूमिका खेल्नु पर्ने विज्ञहरुले सुझाएका छन् । स्वावलम्बन विकास केन्द्रले बाँकी अंश...
कोरोना महामारी पछि लघुवित्तमा भाखा नाघेको कर्जाको दर डरलाग्दो तरिकाले वढेको प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तमा बाँकी अंश...
सहकारी संस्थाहरुले दिने सेवा गरीव केन्द्रित हुन नसक्दा गरीबहरु झन् झन् गरीब हुदै गएको प्रति विज्ञहरुले चासो र चिन्ता ब्यक्त गरेका छन् । स्वावलम्बन विकास केन्द्रले २०७८ बैशाख ३ गते बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले २०७८ बैशाख २० गते आयोजना गरेको “लघुवित्तको बर्तमान बजारमा थोक कर्जा दिने संस्थाको सबलता र दुर्बलता (Vitality and Vulnerability of Wholesale Lending बाँकी अंश...
लघुवित्तकर्मीहरुले ग्राहक सदस्यको भौतिक र व्यवसायिक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने निष्कर्ष निकालेका छन् ।
कोरोना महामारीका कारण लघुवित्त बाँकी अंश...
कुनै पनि क्षेत्रमा नेतृत्वकर्ताको खुसी र सन्तुष्टिको सामाुहिकताबाट मात्र सकारात्मक परिवर्तन सम्भव हुने भएकोले लघुवित्तका नेतृत्वकर्ताहरु पनि खुसी र प्रफुल्लित हुनुको साथै उद्देश्य बाँकी अंश...
लघुवित्तको मर्म र भावना अनुरुप प्रदान गरिने सदस्यमैत्री सेवा सफलताको पहिलो खुटकिलो भएकोले लघुवित्त कर्मीहरुले ग्राहक सदस्यको हितलाई सर्वोपरि ठानेर काम गर्न विज्ञहरुले सुझाव दिएका छन् बाँकी अंश...
लघुवित्त सेवालाई डिजिटलाईजेशन अर्थात यान्त्रिकरण गरी सरल, सहज र किफायती सेवामा विपन्न समुदायको पहुच पुर्याउन लघुवित्त संस्थाहरु अग्रसर हुनु पर्ने वेला आएको यस क्षेत्रका अगुवाहरुको बाँकी अंश...
नेपालमा लघुवित्तले तीन दशक लामो यात्रा पुरा गरी सकेको छ । लघुवित्त संस्थाहरुले गाउँ गाउँमा विपन्न बर्गको दैलोदैलो चाहारी महिलामा जागरण ल्याउने अभियान संचालन गरी रहेका छन् । पुरुषलाई बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रका ४वटा सदस्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण (Client Protection Certification ) प्रमाणपत्र प्राप्त गरेका छन् । यो प्रमाण बाँकी अंश...
कोरोना महामारीमा लघुवित्त सदस्य तथा अन्य समुदायलाई कसरी सुरक्षीत राख्ने भन्ने विषयमा प्रशिक्षक तालिम सम्पन्न भएको छ । अपरच्यूनिटी इन्टरनेशनल अष्टे«लियाको सहयोगमा स्वावलम्बन बाँकी अंश...
लघुवित्तमा वढ्दै गएको विसंगति र विचलन प्रति चिन्ता व्यक्त गर्दै लघुवित्तकर्मी र सरोकारवालाहरु लाई बेलैमा सचेत हुन विज्ञहरुले चेतावनी दिएका छन् । उनीहरुले गरीब तथा विपन्न समुदायका बाँकी अंश...
वित्तीय पहुँचको माध्यमबाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जिवनस्तर माथि उकास्दै गरिबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम संबत २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको आयोजनामा सहभागितामुलक ग्रामीण लेखाजोखा (Participatory Rural Appraisal) सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । २०७८ भदौ ४ र ५मा आयोजित उक्त तालिमबाट बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले २०७८ भदौ ४गते ‟लघुउद्यमी सदस्यको पहिचान र विकास” विषयको पहिलो ६ महिने समिक्षा सम्पन्न भएको छ । उक्त विषयको तालिम २०७७ मंसिर ९ र १० गते आयोजना गरिएको बाँकी अंश...
लघुवित्त सेवालाई प्रभावकारी वनाउन लघुवित्त संस्थाहरु ग्राहकमैत्री हुनु पर्ने र ग्राहक सदस्यको उद्यमशीलता वढाउन ध्यान दिनु पर्ने धारणा स्वावलम्बन विकास केन्द्रले २०७८ भाद्र २०गते बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुउद्यमी सदस्यको पहिचान तथा विकास विषयक दोस्रो तालिमको ६ महिने प्रगति समिक्षा २०७८ भाद्र २७मा सम्पन्न गरेको छ । केन्द्रले उक्त दुई दिने तालिमको आयोजना २०७७ बाँकी अंश...
कोरोना महामारीमा लघुवित्त सदस्य तथा अन्य समुदायलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा सहकारी संस्थाका वरिष्ठ अधिकृतहरुलाई एक दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
लघुवित्त संस्थाहरुमा सुशासन कायम हुन नसक्दा कार्यगत विचलन आएको र यसले लघुवित्तको भविष्य सुरक्षित नहुने विज्ञहरुले चेतावनी दिएका छन् । ३ दशक लामो लघुवित्तको यात्रामा पहिलो दुई दशक बाँकी अंश...
लघुवित्त संस्थाहरुले ग्राहक सदस्यको सामाजिक र आर्थिक सुरक्षामा पनि जोड दिए मात्र चुनौति गरीब, वेरोजगारी र वातावरणीय ह्रास जस्ता विश्वव्यापी चुनौति संग लड्न ठुलो योगदान गर्न सक्ने बाँकी अंश...
काठमाडौंको चन्द्रागिरी वडा नं २, मसिने गाउँलाई “वातावरणमैत्री स्वावलम्बी गाउँ”को रुपमा अगाडी वढाउन स्वावलम्बन विकास केन्द्र, महिला सहयोगी बचत तथा ऋण सहरी संस्था र ग्रामीण बाँकी अंश...
२०७८ मंसिर १६ गते विहीवार स्वावलम्बन विकास केन्द्रको ३०आँै साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लघुवित्त कार्यक्रम मार्फत शून्य गरिबी, शून्य वेरोजगारी र शून्य कार्वन उत्सर्जनको बाँकी अंश...
लघुवित्तकर्मीहरुमा लघुवित्तको मर्म, भावना र सिद्धान्त अनुसारको संस्कार र अनुशासन कमी हुँदै गएको र यसको समाधानको लागि प्रमुख कार्यकारी अधिकृतहरु उदाहरणीय वन्नु आवश्यक रहेको विज्ञहरुले बाँकी अंश...
लघुवित्त एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूको नेतृत्व विकासका लागि दुई दिने बिवेकशील नेतृत्व विकास तालिमको आयोजना गरिएको छ । कोरोना महामारी र लकडाउनको कारण विगत दुई बर्ष देखि बाँकी अंश...
लघुवित्त मार्फत गरिबी निवारण गर्न एवं रोजगारी सिर्जना गर्न उत्पादकत्व बढाई लक्षितबर्ग माँझ लघुवित्त सेवा प्रभावकारी बनाउनु पर्ने र यसका लागि लघुवित्त संस्थाहरूले आफ्नो मूल मर्म एवं बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्त एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूको नेतृत्व तहमा महिलाहरूको सहभागिता वढाउने तथा उनीहरूको नेतृत्व क्षमता विकास गर्न दुई दिने नेतृत्व बाँकी अंश...
विभिन्न लघुवित्त संस्थाबाट कर्जा लिएर सफल उद्यमी बनेका तीन जना महिला उद्यमी सदस्य पुरस्कृत भए । काठमाडौमा भएको दुई दिने तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन को समापन समारोहको बाँकी अंश...
लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुले स्वदेशमै सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगारी सृजना गर्न र मुलुकलाई आत्मनिर्भर वनाउन विद्यालय स्तरबाटै उद्यमशीलता विकास बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नंं. १३ स्थित श्री राम उच्च माध्यमिक विद्यालयका बालबालिकाहरूलाई विद्यालय उमेर देखि नै पढाई सँगै उद्यम गर्न बाँकी अंश...
सन् २००६का नोवेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनूसले बर्तमान सभ्यताको कारण मानवजातीको अस्तित्व संकटमा पर्न थालेकोले नयाँ सभ्यता विकास गर्न आव्हान गर्नु भएको छ । नयाँ सभ्यता बाँकी अंश...
वित्तीय पहुँचको माध्यमवाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जिवनस्तर माथि उकास्दै गरीबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम संबत २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास बाँकी अंश...
लघुवित्तको मक्काको रुपमा चिनिने बंगलादेश करीब चार दशक पछि पनि लघुवित्तको मर्म, भावना र सिद्धान्तमा अडिग छ । यहाँका अधिकांस लघुवित्त संस्थाहरू गरीव तथा विपन्नबर्गको उत्थानमा प्रभावकारी बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले नेपालका लघुवित्तकर्मीहरूको लागि २०७९ साउन २८ देखि भदौ ४ सम्म समाजवादि गणतन्त्र भियतनामको लघुवित्त नीति, कार्यक्रम, दृष्टिकोण एवं अनुभवहरू बारे जानकारी लिन बाँकी अंश...
लघुवित्त संस्थाहरूको कार्यशैली लघुवित्तको मर्म र सिद्धान्त विपरित हुँदै जादा यस क्षेत्रमा थुप्रै विरोधाभाष उत्पन्न भएको र यसले लघुवित्त क्षेत्रमा धेरै चुनौति पनि थपेको विज्ञहरूको बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले २०७९ भाद्र ५ देखि ७ सम्म आयोजना गरेको “आन्तरिक श्रोत परिचालन तथा व्यवस्थापन” विषयक तीन दिने तालिमको अवसरमा लघुवित्तको मूल्य, मान्यता र सिद्धान्त बाँकी अंश...
तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले तय गरेको ११ बुँदे घोषणापत्र कार्यान्वयनको पछिल्लो अवस्थाबारे छलफल गर्न २०७९ फागुन १५ मा सम्मेलनमा सहभागी संस्थाका प्रमुखहरुको सहभागितामा बाँकी अंश...
लघुवित्त संस्थाका वढी भन्दा वढी ग्राहक सदस्यहरूलाई उद्यमी बनाई उद्यमशीलता प्रवद्र्धन गर्न तथा लघुवित्तको गरीबी निवारण गर्ने मुख्य लक्ष पुरा गर्न २०७९ भाद्र १३ देखि १७ सम्म शाखा बाँकी अंश...
२०७९ पौष ११ गते सोमवारका दिन स्वावलम्बन विकास केन्द्रको ३१आँै साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लघुवित्त कार्यक्रम मार्फत उद्यमशीलता बृद्धि र अति विपन्न परिवारमा लघुवित्त पहँुच बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको ३१ औँ साधारण सभाले आगामी दुई वर्षको लागि सात सदस्यीय प्रबन्ध समितिको चयन गरेको छ । जसमा स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य शंकर मान श्रेष्ठ र डा. बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्तमा गरीबी मापन विधि (प्रोग्रेस आउट अफ पोभर्टी इन्डेक्स, पीपीआई) विधि प्रयोग गरी लघुवित्तका सदस्यको जीवनस्तर सर्वेक्षण गर्ने काममा सहजीकरण गर्नको लागि बाँकी अंश...
लघुवित्त संस्थाहरु उद्देश्य, सिद्धान्त, मूल्य र मर्म अनुसार नचल्दा राष्ट्र बैंकको ८ बुँदे निर्देशन आएको र यसले लघुवित्त क्षेत्रलाई सही बाटोमा डोर्याउने धारणा विज्ञहरुले राखेका छन् । ८ बाँकी अंश...
गरीब तथा विपन्न बर्गलाई वित्तीय पहुँच पुर्याएर उनीहरुको आर्थिक र सामाजिक अवस्था माथि उठाउने मुख्य लक्षका साथ शुरु भएको लघुवित्त कार्यक्रमले तीन दशक पुरा गरेको छ । यो अवधिमा गरीब र बाँकी अंश...
नेपालमा आधुनिक लघुवित्तको शुरुवात भएको करिब ३ दशक पुरा भएको छ । यो अवधिमा नेपालमा लघुवित्त कार्यक्रमले धेरै ठूलो फड्को मारेको छ । लघुवित्त सञ्चालनमा धेरै अनुभव, अनुभूति तथा सफलताहरु बाँकी अंश...
लघुवित्त सेवालाई सभ्य र मर्यादित बनाउदै गरीब र विपन्न मैत्री बनाउने र गरीब तथा विपन्न समुदायको जीवनस्तर माथि उकास्ने अठोट गर्दै प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन २०७९ सम्पन्न बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल लज रिसोर्टमा २०७९ माघ १५ देखि १८ सम्म फिल्ड अवलोकन आधारित चार दिने वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यशाला बाँकी अंश...
लघुवित्त तथा सहकारी संस्थाका करिब ५ हजार ग्राहक सदस्यलाई उद्यमी बनाउने लक्ष सहित स्वावलम्बन विकास केन्द्रले उद्यमशीलता विकास अभियानको शुरुवात गरेको छ । हाल लघुवित्त संस्थाहरुमा ठूलो बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले नेपालका लघुवित्त संस्थाहरुलाई लघुवित्तको मूल्य, मान्यता तथा यसका अभ्यासबारे स्वदेश तथा विदेशका लघुवित्त संस्थाहरुको अध्ययन अवलोकन गराउने गरेको छ । यसै बाँकी अंश...
लघुवित्त संस्था, यसका काम गराइबारे अहिले निकै चर्चा छ। पहिले पहिले यो त्यस्तो खासै चासोको विषय हुन्थेन। गरिब र निमुखासँग मात्र सम्बन्धित वित्तीय संस्थाको यो श्रेणीलाई बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको ३२औँ वार्षिकोत्सवको अवसरमा २०८० साउन २८ गते गैर वित्तीय सेवा तर्फ उदाहरणीय काम गर्ने लघुवित्त संस्था तथा लघुवित्तकर्मी सम्मानित भएका छन् । जस अन्तर्गत बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्त कार्यक्रमको मर्म, भावना, सिद्धान्त तथा उद्देश्य अनुरुप लघुवित्तको लक्षित वर्ग विपन्न परिवारको जीवनस्तर उकास्न उत्कृष्ट कार्य सम्पादन गर्नेलाई कदर बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले प्रदान गर्ने २०७९ सालको लघुउद्यमशीलता विकास पुरस्कार र उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कारका विजेताहरुलाई पुरस्कृत गरेको छ । २०८० साउन २८ का दिन केन्द्रको बाँकी अंश...
लघुवित्त क्षेत्रलाई सुदृढ बनाउने प्रयास स्वरुप, स्वावलम्बन विकास केन्द्रले मिति २०८० पुस ०४ देखि ०६ सम्म “आन्तरिक लेखापरीक्षण र नियन्त्रण” विषयमा तीन दिने तालिम कार्यक्रम बाँकी अंश...
वर्तमान समयका तीन ठूला समस्या गरिबी, बेराजगारी र खुद कार्बन उत्सर्जलाई शून्यमा झार्न युवा पुस्तालाई अघि बढाउने अवधारणा अनुसार गठन एवं प्रवद्र्धन गरिएका तीन शून्य क्लबहरुको पहिलो बाँकी अंश...
२०८० फाल्गुन ५ र ६ गते सम्पन्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको अवसरमा लघुवित्त संस्था, लघुवित्त सदस्य, लघुवित्त कर्मचारी, केन्द्र प्रमुख र तीन शून्य क्लब गरी ३८ वटा बाँकी अंश...
उद्यमशीलता विकास गरी स्वरोजगारी सिर्जना गर्ने तथा स्वस्थ लघुवित्त र समृद्ध सदस्य निर्माणको कार्यनीती पारित गर्दै २०८० मंसिर २४ गते आइतवारका दिन स्वावलम्बन विकास केन्द्रको ३२औँ साधारण बाँकी अंश...
वित्तीय पहुँचको माध्यमबाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जीवनस्तर माथि उकास्दै गरीबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम सम्बत् २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास बाँकी अंश...
“स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने मूल नारालाई र्मूतरुप दिन यही २०८० फागुन ५ देखि ६ गते सम्म यस केन्द्रको संयोजकत्वमा “चौथो राष्ट्रिय लघुवित्त सदस्य” सम्मेलन सफलताका बाँकी अंश...
२०८० फाल्गुन ५ र ६ गते काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको अवसरमा सफल तीनजना उत्कष्ृट महिला लघुउद्यमी सदस्य र उद्यमशीलता विकास पुरस्कारबाट जीवन विकास लघुवित्त बाँकी अंश...
वर्तमान विश्वका तीन वटा ठूला समस्या गरिबी, रोजगारी र खुद कार्बन उत्सर्जनलाई शून्यमा झार्न थ्री जिरो क्लबको प्रवद्र्धन मार्फत युवा पुस्तालाई नेतृत्वमा ल्याउने उद्देश्यले कोशी बाँकी अंश...
२०८० फाल्गुन ५ र ६ गते सम्पन्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको अवसरमा लघुवित्त संस्था, लघुवित्त सदस्य, लघुवित्त कर्मचारी, केन्द्र प्रमुख र तीन शून्य क्लब गरी ३८ वटा बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले २०८१ बैशाख २५ देखि २८ गते सम्म एक दिन फिल्ड भ्रमण सहित ४ दिने उद्यमशीलता विकास तालिम आयोजना गरेको छ । पछिल्लो पटक २०८० चैत १८ देखि २१ गते सम्म भएको तालिमको बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको समन्वयमा २०८१ बैशाख १२ देखि २१ सम्म ९ वटा लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाका १३ जना लघुवित्तकर्र्मीले प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमि बाँकी अंश...
लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाहरु मार्फत गरीब तथा विपन्न वर्गलाई आत्मनिर्भर र उद्यमी बनाई समुदायमा उद्यमशीलता फैलाउने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्रले विगत २ वर्ष बाँकी अंश...
हाल विश्व बजारमा डिजीटलाइजेशनको कारण हरेक किसिमका सामान उपभोक्तहरुको पहुँचका साथै सहज र सरल रहेको छ । विश्वका धेरै धनी देशमा रहेको व्यवसायहरु विश्वभरीको बजारमा फैलनका निम्ती बाँकी अंश...
२०८० फागुन ५ र ६ गते सम्पन्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले तयार पारेको १२ बुँदे घोषणापत्र कसरी कार्यान्वयन गर्ने भन्नेबारे मार्गचित्र तयार भएको छ । स्वावलम्बन विकास बाँकी अंश...
बिक्रम सम्बत् २०८१ मंसिर १७ गते स्वावलम्बन विकास केन्द्रको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सदस्य संस्थाहरु, सरोकारवाला तथा साझेदारहरु सँगको सहकार्यमा लघुवित्त बाँकी अंश...
स्थानीय श्रोत, सीप, साधन र श्रमको समुचित प्रयोग गरी गरीब तथा विपन्न वर्ग र दूरदराजका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले विक्रम सम्बत् २०४८ साल श्रावण २८ गते स्थापना भएको बाँकी अंश...
लघुवित्त सञ्चालन गर्ने संस्थाहरुमा पछिल्लो समय खराब कर्जाको दर बढ्दो क्रममा छ । ग्राहक सदस्यहरुले अनुत्पादक क्षेत्र र घरायसी प्रयोजनका निम्ती ऋण उपभोग गर्ने प्रचलन पनि बढेको छ । जसले बाँकी अंश...
विश्व बजारमा पछिल्लो समय डिजिटल साक्षरता आवश्यकता र महत्व दिनदिनै बड्दो छ । विक्रेता र उपभोक्ता दुबै पक्षको लागि डिजिटल संसारमा धेरै थरी विकल्प र सम्भावनाहरु पनि छन् । साथै लघुउद्यमी बाँकी अंश...
बिक्रम सम्बत् २०८१ मंसिर १७ गते स्वावलम्बन विकास केन्द्रको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सदस्य संस्थाहरु, सरोकारवाला तथा साझेदारहरु सँगको सहकार्यमा लघुवित्त बाँकी अंश...