स्वावलम्बन विकास केन्द्र

मूल मर्म एवं सिद्धान्त नै छाडेर लघुवित्तमा उत्पादकत्व बढाउन र सेवा प्रभावकारी बनाउन असम्भव

लघुवित्त मार्फत गरिबी निवारण गर्न एवं रोजगारी सिर्जना गर्न उत्पादकत्व बढाई लक्षितबर्ग माँझ लघुवित्त सेवा प्रभावकारी बनाउनु पर्ने र यसका लागि लघुवित्त संस्थाहरूले आफ्नो मूल मर्म एवं सिद्धान्त छाड्न नहुने धारणा विज्ञहरूले राखेका छन् ।
स्वावलम्बन विकास केन्द्रले २०७८ माघ १०मा १८ औँ सम्बाद शृंखला अन्तरगत आयोजना गरेको “भारतमा गरिबी न्यूनिकरण र रोजगारी सिर्जनामा ग्रामीण कूटाको अनुभव” विषयक वेविनारका सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
सो अवसरमा कार्यक्रमका प्रमुख वक्ता भारतको क्रेडिट एक्सेस ग्रामीण, ग्रामीण कूटाका बिजनेश प्रमुख श्रीवत्स एचएनले गरिबी न्यूनिकरण गर्न र रोजगारी सिर्जना गर्न भारतको ग्रामीण कूटाले खेलेको भूमिकाबारे प्रस्तुति गरेका थिए । सो अवसरमा श्रीवत्सले सन् १९९९ मा गैरसरकारी संस्थाको रूपमा लघुवित्त समूह गर्ने ग्रामीण कुटा (समूह) ग्रामीण ट्रष्ट वंगलादेशबाट ३५०० हजार यूएस डलर सापट लिएर सन् २००७ देखि गैर बैकिङ्ग वित्तीय कम्पनीको रूपमा क्रेडिट एक्सेस ग्रामीणको नाउँमा अगाडि आएको करिब दुर्ई दशकको छोटो अवधिमा भारतको सबै भन्दा ठूलो र विश्वमै धेरै शेयर पूँजी र सदस्य भएको लघुवित्त संस्था बन्न सफल भएको तथ्य प्रस्तुत गरे । ग्रामीण कूटाले हाल १५ सय ४५ वटा शाखाहरू मार्फत भारतका २९८ जिल्लाहरूमा पुगेर ३७ लाख ५१ हजार सक्रिय सदस्यहरूलाई लघुवित्त सेवा प्रवाह गरी रहेको र १५ हजार ३ सय जना कर्मचारीहरूलाई रोजगारी दिन सफल भएको जानकारी दिए । श्रीवत्सका अनुसार हाल भारतको १४ वटा राज्यहरूमा सेवा विस्तार गर्न सफल ग्रामीण कूटाको लगानी १३ हजार ३ सय ३३ करोड भारतीय रुपैयाँ पुगेको छ ।


ग्रामीण कूटाले लघुवित्तको मूल मर्म, भावना, एवं सिद्धान्तहरू शिरोपर गरेर यस्तो सफलता प्राप्त गर्न सकेको श्रीवत्सको भनाई थियो । “हामी लघुवित्तको ग्रामीण मोडेलको मूलभूत तत्व प्रति प्रतिबद्ध छौँ र त्यसको मर्म र भावनालाई आत्मसात पनि गरी रहेका छौँ । ग्रामीण कूटाले भारतको १४ वटा राज्यहरूमा काम गरी रहेकोे छ र आफ्नो ८० प्रतिशत भन्दा वढी लगानी ती राज्यका ग्रामीण भेगमा गरेको छ । बाँकी २० प्रतिशत जति लगानी मात्र शहरी तथा उपशहरी क्षेत्रमा रहेका विपन्नमा प्रवाह भएको छ । ग्रामीण कोटामा सदस्यहरू ९९.९८ प्रतिशत महिला छन् । हामीले दिगो, सरल तथा लचिलो र समुदायमैत्री उद्यम व्यवसायहरूको प्रवद्र्धनमा जोड दिएका छौँ । सदस्यमा बहु कर्जा र अध्याधिक कर्जाको भार प्रति सजग रही सदस्यको आवश्यकता र क्षमता अनुसार विभिन्न शिर्षक अन्तर्गत एक पटकमा घटिमा रू. १०००÷– देखि वढीमा रू. १५०,०००÷– सम्म कर्जा रकम दिने गरिएको छ । यसै गरी सदस्यले सञ्चालन गर्ने उद्यम व्यवसायले हुने आम्दानीको आधारमा कर्जाको भूक्तानी अवधि निर्धारण गर्ने गरिएको छ । जुन ३ महिना देखि ३ बर्ष अवधि सम्मको हुने गर्छ । सदस्यहरूको नियमित रुपमा सामुहिक बैठक हुन्छ । भुक्तिनि तालिका कर्जाको प्रकृति हेरी साप्ताहिक वा मासिक राखेको हुन्छ । यस बाहेक सदस्यहरूको घर तथा परिवारको उन्नति वा सदस्यको सामाजिक सुरक्षामा आधारित ऋणहरू पनि प्रवाह गरेका छौँ । हामीले ग्राहक सदस्यहरूको आवश्यकता र चाहना अनुसार काम गर्छौँ । हामीले सदस्यहरूलाई उचित परियोजना छान्न देखि उनीहरूको उत्पादनको वजारीकरण सम्म सघाउने गरेका छौँ । यस विचमा आवश्यक सबै ज्ञान एवं सीपहरू सदस्यको आफ्नो भाषामा सहज रुपले प्रवाह गछौँ । यसको साथै समय र परिस्थिती अनुसार विपन्न बर्गको आवश्यकता अनुसार लचिलो भएर ऋण प्रवाह गर्न सक्नु हाम्रो सफलताको एक अर्को महत्वपूर्ण सूत्र हो । हामी संग १५ हजार ३ सय ८ जना कर्मचारी छन् । हामीले जनशक्ति वा कर्मचारी भर्ना गर्दा करिब ९० प्रतिशत ग्रामीण परिवेश बुझेका र स्थानीय ग्रामीण क्षेत्रबाटै छनौट गर्छौ । जस मध्ये ५० देखि ६० प्रतिशत कर्मचारी सक्रिय सदस्यका परिवारका सदस्यहरू छन् । हामीले लगानी गरेका ९९.९८ प्रतिशत उद्यम ब्यवसायहरूले गरिबी न्यूनिकरण, रोजगारी सिर्जना गर्नुका साथै समाजिक र वातावरणीय रूपमा समेत समुदायमा सकारात्मक प्रभाव पारेका छन् ।” श्रीवत्सको भनाई थियो ।
ग्रामीण कूटाले सदस्यको लागि भारतमा सबै भन्दा न्यून व्याजदरमा ऋण उपलब्ध गराउनुको साथै, ऋण प्रवाह र असुलीमा निकै लचकता अपनाउने गरेका छौँ । यसको साथै संस्थाले पारदर्शिता तथा जोखिम न्यूनिकरणको लागि प्रत्येक शाखामा दूई दूई महिनामा आन्तरिक लेखा परीक्षण गर्ने र सस्यको व्यवसायमा सहयोग गर्नको लागि ५ वटा शाखा हेर्ने गरी एउटा व्यवसाय विकास अधिकृत राखिएको छ ।
सो अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्त संस्थाले आफ्नो उत्पादकत्व वढाउने र प्रभावकारी लघुबित्त सेवा प्रवाह गर्न सके मात्र गरिबी तथा बेरेजगारी न्यूनिकरण गर्न सकिने धारणा राखे । यसको लागि लघुवित्तले आफ्नो मूल मर्म अनुसार चल्नु पर्नेमा जोड दिए । साथै श्रेष्ठले ग्रामीण कूटाको अनुभवबाट नेपालका लघुवित्तहरूले धेरै कुरा सिक्नु पर्नेमा जोड दिए । “भारतको ग्रामीण कूटाले पछिल्लो २०, २२ बर्ष देखि लघुवित्त क्षेत्रमा उदाहरणीय काम गरी रहेको छ । मुख्य कुरा यसले लघुवित्तको मूल मर्म तथा आचार संहितालार्ई अनुशरण र अभ्यास गरी रहेको छ । लघुवित्तको आधारभूत मुल्य र मान्यताहरूमा कुनै किसिमको सम्झाँैता गरेको छैन । जुन कुरा नेपालका लघुवित्तले सिक्नु धेरै जरूरी छ । ग्रामीण कूटाबारे श्रीवत्सको यो प्रस्तुति सुने पछि नेपालका लघुवित्तकर्मीहरूलाई पनि आफ्नो कार्यशैलीको विश्लेषण, समीक्षा र सोही अनुसार मुल्यांकन गर्न आग्रह गर्दछु । नेपालमा लघुवित्तको आधारभूत मुल्य र मान्यताहरूमा सम्झौँता हुने गरेको छ । त्यसै कारणले यहाँ लघुवित्तहरूमा अनेकौँ समस्याहरू पैदा भएका छन् । अर्को कुरा ग्रामीण कूटाको तुलनामा हाम्रा कर्मचारीको उत्पादकत्व कार्य कुशलता निकै कम छ । हामीले आफ्नो उत्पादकत्व र कार्य कुशलता पनि बढाउन सकेका छैनौँ । सेवा प्रभावकारी बनाउन सकेका छैनौँ । हामीले मुख्य रुपमा ध्यान दिनु पर्ने कुरा भनेको यही हो । हामी लघुवित्त क्षेत्रमा दिगो रुपमा रही रहने हो भने उत्पादकत्व वढाउने तथा प्रभावकारी लघुवित्त सेवा प्रवाह गर्नु पर्छ । यसको लागि हामीले लघुवित्तको मर्म र भावना अनुरूप अघि वढ्नु जरूरी छ । यदि त्यसो हुन सकेन भने एक दिन लघुवित्तको औचित्य सकिन्छ र यस क्षेत्रवाट हामी विदा हुनु पर्नेछ ।” श्रेष्ठको भनाई थियो ।


स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरूङ्गले सहजीकरण गरेको उक्त वेविनारमा नेपाल, भारत र बंगलादेशका १९० जनाको सहभागिता रहेको थियो । प्रस्तुति पछिको खुला छलफलमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहित, ग्रामीण प्रविधि केन्द्र नेपालका कार्यकारी निर्देशक डा. पुरूषोत्तम श्रेष्ठ, मुक्तिनाथ विकास बैंकका सहायक प्रमुख कार्यकरी अधिकृत गोविन्द वहादुर राउत, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडा लगायतले आफ्नो जिज्ञासा राखेका थिए ।

समाचार