स्वावलम्बन विकास केन्द्र

उद्यमशीलता प्रवद्र्धनका लागि स्वावलम्बन विकास केन्द्रको ४ दिने तालिम

स्वावलम्बन विकास केन्द्रले २०८१ बैशाख २५ देखि २८ गते सम्म एक दिन फिल्ड भ्रमण सहित ४ दिने उद्यमशीलता विकास तालिम आयोजना गरेको छ । पछिल्लो पटक २०८० चैत १८ देखि २१ गते सम्म भएको तालिमको सकारात्मक प्रतिकृया पछि यो कार्यक्रम परिमार्जन सहित आयोजना गरिएको हो । तालिम कार्यक्रममा ९ वटा लघुवित्त संस्था र लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाका १८ जना लघुवित्तकर्मीहरू र स्वावलम्बन विकास केन्द्रका २ जना कृषि सहायकहरूको सहभागितामा रहेकोे थियो । तालिमको उद्देश्य लघुवित्तकर्मीहरुलाई आफ्ना ग्राहक सदस्यलाई उद्यमी बनाउन सक्षम हुने गरी उद्यमशीलता सम्बन्धमा उनीहरुको सीप र क्षमता अभिवृद्धि गर्नु रहेको थियो । साथै तालिम पश्चात सहभागीहरु आफ्नो कार्यक्षेत्रमा फर्केर ग्राहक सदस्यलाई सफल उद्यमी बनाउन सघाउने अपेक्षा गरिएको छ । यसले सदस्यहरूको आम्दानीका श्रोतहरु बढाउन सहयोग पुग्ने, स्थानीय स्तरमा नवप्रवर्तनमा टेवा पुग्ने, सदस्यहरु समृद्ध हुने र संस्था र शाखाको दिगोपन बढाउने अपेक्षा समेत गरिएको थियो ।

सो अवसरमा केन्द्रका कार्यकारी प्रमुख, बेचन गिरिले लघुवित्त संस्था र लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूमा उद्यमशीलता विकासको भूमिका र महत्वलाई जोड दिँदै यसले सदस्यहरूको जीवन स्थरमा माथि उकासन सघारने धारणा राख्नु भयो । केन्द्रले उद्यमशीलतालाई देशभरि फैलाउने अभियानको रूपमा लिएको र यसमा केन्द्रको सम्पूर्ण सदस्य संस्थाहरुलाई सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो ।

केन्द्रका निर्देशक, सतीश श्रेष्ठले अहिलेको वर्तमान परिप्रेक्षमा लघुवित्तमा ग्राहक सदस्यहरु उद्यमी बन्नु अति–आवश्यक रहेको चर्चा गर्दै लघुवित्त ग्राहक सदस्यहरूलाई आफ्नो ऋण तिर्न सहज वातावरण सिर्जना गर्न उनीहरुलाई उद्यमी बनाउनु पर्नेमा जोडदिनु भयो ।
सो अवसरमा केन्द्रका कार्यकारी प्रमुख, बेचन गिरिले लघुवित्त संस्था र लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूमा उद्यमशीलता विकासको भूमिका र महत्वलाई जोड दिँदै यसले सदस्यहरूको जीवनस्तर माथि उकास्न सघाउने धारणा राख्नु भयो । केन्द्रले उद्यमशीलतालाई देशभरी फैलाउने अभियानको रूपमा लिएको र यसमा केन्द्रका सम्पूर्ण सदस्य संस्थाहरुलाई सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो ।
केन्द्रका निर्देशक, सतीश श्रेष्ठले वर्तमान परिप्रेक्षयमा लघुवित्तका ग्राहक सदस्यहरु उद्यमी बन्नु अति–आवश्यक रहेको चर्चा गर्दै लघुवित्त ग्राहक सदस्यहरूलाई आफुले गरी रहेको व्यवसायबाट ऋण तिर्न सक्षम बनाउन उनीहरुलाई उद्यमी बनाउनु पर्नेमा जोड दिनु भयो ।

तालिमको सहजीकरण केन्द्रका सहायक निर्देशक सोपन विष्ट, वरिष्ठ अधिकृत रेणु प्रजापति, र अधिकृतहरू चन्द्रकान्त पण्डित र बिज्ञा ज्ञवालीले गर्नु भएको थियो ।

कार्यक्रमको अवसरमा सिकाईकै एक महत्वपूर्ण अंशको रुपमा सहभागीहरुलाई ६ वटा समुहमा विभाजन गरी सफल ग्राहक उद्यमी सदस्यहरूको व्यवसाय अध्ययन÷अवलोकन भ्रमण गराइएको थियो । जसले स्थानीय अवसरहरू र उपलब्ध स्रोतहरू पहिचान र परिचालनको बारेमा सहभागीहरुलाई प्रत्यक्ष रुपमा सिक्ने अवसर प्राप्त भएको थियो । साथै व्यवसायहरूको अवलोकनले सफल उद्यम र उद्यमीको ठोस उदाहरणहरू प्रस्तुत गरेर व्यवहारिक सिकाइमा थप बल पुगेको सहभागीहरुको धारणा थियो ।
तालिमको अवसरमा उद्यम, उद्यमी र उद्यमशीलताको अवधारणा, सम्भावित उद्यमीहरूको पहिचान, उपयुक्त उद्यम चयन गर्न र सदस्यहरुको उत्पादन बढाउने तथा बजारीकरणका सीप र ज्ञानहरु समेत प्रदान गरिएको थियोे । साथै तालिमका सत्रहरुमा सहजकर्ताहरूले लागतका तत्वहरू, वस्तु वा सेवाको मूल्य निर्धारणका रणनीतिहरू र उत्पादित वस्तुहरूको विविधिकरण लगायतका विषयहरुको ज्ञान दिनु भएको थियो । त्यसैगरी तालिमले सहभागीहरुलाई स्थानीय अवसरहरू र उद्यमशीलता विकासका लागि उपलब्ध श्रोतहरूको पहिचान गर्ने बजारको माग र आपूर्ति तथा सम्भावित बजारको खोजी, व्यवसाय दर्ता, बीमाको फाइदाहरू र महत्वबारे समेत जानकारी प्रदान गरीएको थियो ।
तालिम समापन समारोहमा सहभागीहरुले लघुवित्त क्षेत्रको वर्तमान परिदृश्यलाई सम्बोधन गर्न र ग्राहक सदस्यहरूको व्यावसायिक योजना विकास गरी उद्यमशीलता प्रवद्र्धन गर्न तालिम कार्यक्रम सान्दर्भिक र प्रभावकारी हुने विचार व्यक्त गरेका थिए । सो अवसरमा सबै सहभागीहरुलाई तालिम प्रमाण पत्र प्रदान गरिएको थियो ।

समाचार