स्वावलम्बन विकास केन्द्र

लघुवित्तमा भाखा नाघेको कर्जा नियन्त्रण तथा ग्राहकसगँ सम्बन्ध विकास तालिम सम्पन्न

स्वावलम्बन विकास केन्द्रले लघुवित्त क्षेत्रमा बढ्दो भाखा नाघेको कर्जा दरलाई सम्बोधन गर्न र ग्राहकसगँको सम्बन्ध सुधारमा सघाउ पुग्ने गरी लघुवित्तकर्मीहरुको लागि “भाखा नाघेको नियन्त्रण तथा ग्राहकसगँ सम्बन्ध विकास” विषयक तालिम पाठ्यक्रम विकास गरेको छ । यस सम्बन्धमा दुइदिने दुइवटा तालिमहरु हालै पश्चिम नेपालमा सम्पन्न भएका छन् । उक्त तालिमहरु मध्ये २०८१ मंसिर ८ देखि ९ सम्म कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्था लि.का कर्मचारीको लागि आयोजित तालिमबाट ३८ जना र २०८१ मंसिर ११ देखि १२ सम्म कञ्चनपुर जिल्लाको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि.मा आयोजित तालिमबाट २३ जना कर्मचारीहरु लाभान्वित भएका छन् ।


उक्त तालिमको उद्देश्य लघुवित्त कर्मचारीहरूलाई भाखा नाघेको कर्जाका विभिन्न प्रारुप ठम्याउन, प्रभावकारी नियमन र नियन्त्रण गर्न, सदस्यहरुसँग सम्बन्ध सुदृढ पार्न अवलम्बन गरिने विभिन्न उपायहरुबारे जानकार हुन र असुली दर बढाई शाखा तथा संस्थाको दीर्घकालीन वित्तीय दिगोपनालाई बढावा दिन सक्षम बनाउनेर रहेको छ । तालिमको सहजीकरण स्वावलम्बन विकास केन्द्रका निर्देशक सतीश श्रेष्ठ र वरिष्ठ अधिकृत रेणु प्रजापति एवं स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ईलाका प्रबन्धक चन्द्रबहादुर थापा र राजेन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो ।
बैंक तथा वित्तीय संस्थामा भाखा नाघ्नु अर्थपूर्ण हुने हुँदा यसको नियन्त्रणका लागि हरेक संस्थाले विभिन्न खालका उपायहरु अपनाइएका हुन्छन् । तालिमा यस्ता उपायबारे सजग हुँदै पालना गर्ने र भाखा नाघ्न सक्ने प्रति समयमै सचेत रहनु पर्नेबारे सिकाइएको थियो । कर्मचारीहरुले भाखा नाघेको कर्जा नियन्त्रण गर्न संस्थाले अपनाएका उपाया वा रणनीतिको पालना नगरी स—साना कुरामा वेवास्ता गरेको कारण भाखा नाघ्ने दर बढ्ने तर्फ पनि सहभागीहरुलाई सजग गराइएको थियो । साथै कर्मचारीको तहबाट गर्न सकिने भाखा नाघेको कर्जा नियन्त्रणका उपायहरु पनि सहभागीहरुलाई सुझाइएको थियो ।
कायक्रममा भाखा नाघ्नुका परम्परागत र नविनतम अवधारणहरुवारे सिकाउनुुको साथै समस्याहरुको पुनर्वर्गीकरण गर्दै जिम्मेवार कर्मचारीले अबलम्बन गर्नुपर्ने कार्यहरु वारे समेत जानकरी गराइएको थियो । यसैगरी तालिममा कर्मचारीले आफ्नो जिम्मेवारीमा रहेको कर्जाको गुणस्तर, असुली दर, व्याजको लागतका असरहरुले शाखाको आम्दानीमा पार्ने असरहरुबारे समेत स्पष्ट जानकारी गराउन आवश्यक अभ्यासहरु समेत गराइएको थियो । 

   
तालिमको अर्को महत्वपूर्ण पाटोको रुपमा सदस्यहरुसँगको सम्बन्ध व्यवस्थापनलाई समेटिएको थियो । यसकालागि सदस्यलाई संस्था प्रति सकारात्मक बनाउन फिल्ड कर्मचारीले नियमित भेटघाट गर्नु पर्ने, सदस्यका समस्या बुझ्ने, समस्यामा परेका असल सदस्यलाई सघाउने, वित्तीय साक्षारता तथा अन्य विषयमा प्रभावकारी सञ्चार गर्ने जस्ता विषयहरु समेटिएका थिए । 
तालिम समापन समारोहमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुबै संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा सहभागीहरुले तालिममा सिकेका सीप र ज्ञानहरु सहभागीहरुले फिल्डमा अभ्यास गर्दा मात्रै उद्देश्य पुरा हुने धारणा राखेको थिए । साथै तालिमको सिकाई अनुसार काम गरे सदस्य सम्पन्न बन्ने, संस्था प्रति सकारात्मक बन्ने र त्यसको फाइदा संस्थाको भाखा नाघेको कर्जा दर घटाउन तथा र संस्थालाई वित्तीय रुपमा दिगो बनाउन समेत सहयोग पुग्ने धारणा राखेका थिए ।

समाचार