स्वावलम्बन विकास केन्द्र

१४औँ सामजिक व्यवसाय दिवस नेपाल फोरमको कार्ययोजना कार्यन्वयनका लागी फिल्ड अवलोक भ्रमण सहित अन्तक्रिया कार्यक्रम सम्पन्न

फिलिपिन्सको मनिलामा सम्पन्न १४औँ सामाजिक व्यवसाय दिवस, नेपाल कन्ट्री फोरमका सहभागीहरुबाट स्वीकृत कार्ययोजना कार्यन्वयनमा सहजीकरण गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रको आयोजनामा २०८१ मंसिर ११मा एक दिने फिल्ड अवलोकन भ्रमण र मंसिर १२ मा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा १३ वटा संस्थाका ३१ जना सहभागीहरुले पूर्वी नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्था लि. र जीवन विकास समाजले गरेका वित्तीय एवं गैर वित्तीय तथा सामाजिक व्यवसाय अन्तर्गतका विभिन्न कृयाकलाप तथा सफल अभ्यासहरुको अवलोकन गर्नुको साथै अवलोकन गरिएका कार्यक्रमको सान्दर्भिकता र कार्यक्रम बारे छलफल गरेको थियो ।


अवलोकनको क्रममा गरीब र विपन्न सदस्य तथा समुदायका बालबालिकाहरुको शिक्षामा टेवा दिने उद्देश्यले शुरु गरेको निः शुल्क बालबालिका अध्ययन केन्द्र कार्यक्रम, विद्यालय उमेरका बालबालिहरुलाई सानै उमेर देखि नै उद्यमशीलताको जग बसाल्न शुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम, वातावरणमैत्री गाउँ विकास कार्यक्रम अन्र्तगत सञ्चालित उद्यमशीलता विकास, प्राङ्गारिक मल उत्पादन, हरित उर्जा उत्पादन आदि जस्ता कार्यक्रमहरु, अतिविपन्न परिवारको लागि आवास कार्यक्रम, शाखा तथा संस्थाको सञ्चालन प्रकृया, मानव एटिएम डिजिटल सेवा, डेरी उद्योग, गरीब र विपन्न लक्षित गैर नाफामुलक अस्पताल आदिको अवलोकन गरेको थियो ।
दोस्रो दिन फिल्ड अवलोकन भ्रमणको समीक्षा गर्नुको साथै १४औँ सामाजिक व्यवसाय दिवस, नेपाल कन्ट्री फोरमले पारित गरेको कार्ययोजना कार्र्यान्वयनमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । सो अवसरमा भ्रमण कार्यक्रमबाट भएका सिकाईहरुको अनुशरण गर्नुको साथै कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा पनि सहभागीहरुले आफ्ना धारणा राखेका थिए । सामाजिक व्यवसाय दिवस, नेपाल कन्ट्री फोरम आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले समीक्षा कार्यक्रमको सहजीकरण गर्दै सामाजिक व्यवसाय र त्यसका लागि लघुवित्तले गर्न सक्ने उत्कृष्ट उदाहरणहरु फिल्ड अवलोकन भ्रमणका क्रममा हेर्न पाईएको र यसले अरुलाई पनि अनुशरण गर्न हौसला प्रदान गरेको धारणा राख्नुभयो । ‟जीवन विकास लघुवित्तले गरेका काम र अभ्यासहरु पूर्ण नहुन सक्छन् । गरेका काममा सुधार गर्नु पर्ने कुराहरु पनि होलान् । तर ईच्छा शक्ति भएको खण्डमा लघुवित्त संस्थाले के के गर्न सक्छ भन्ने उदाहरण आज सहभागी सबै सामु छर्लङ्ग भएको छ ।ˮ श्रेष्ठले भन्नुभयो । कार्यक्रम आयोजना र यसको उपादेयताको प्रसंगमा उहाँले भन्नुभयो । ‟फरक विचार, बुझाई र सोच सबै ठाउँमा हुन्छ । जुन आबश्यकता महशुस गरेर यो कार्यक्रम आयोजना गर्ने सोच आएको थियो मेरो बुझाईमा यो भ्रमण र छलफल कार्यक्रम सफल भएको छ । हिजोको भ्रमण र आजको छलफलले समाज र देशका लागि सबै सहभागीहरुमा केही गर्ने धारणा विकास भएको हुनु पर्छ । गर्ने नगर्ने त व्यक्तिमा भर पर्ने कुरा हो । त्यसैले समग्रमा गोष्ठीको उद्देश्य पुरा भएको छ ।ˮ श्रेष्ठले भन्नुभयो ।
छलफलको क्रममा सामाजिक व्यवसाय दिवस, नेपाल कण्ट्री फोरमको कार्ययोजना अनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले अवलम्बन गरेको कार्यनीति, शुरु गरेका कार्यक्रम र यसले सदस्यहरु तथा समाजमा परेको प्रभाव अवलोकन पछि सहभागीहरुको बुझाई, सिकाई र दृष्टिकोणबारे अनुभवहरु आदान प्रदान भएको थियो । यसको साथै अघिल्लो दिनको फिल्ड भ्रमणमा अधिकांश अभ्यासहरु अनुशरण योग्य भएको र कार्य क्षेत्रमा फर्के पछि सफल र असल अभ्यासहरु कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि जनाउनु भएको थियो ।

                                                                                                          भ्रमण टोलीले अवलोकन गरेका अभ्यासहरु
विपन्न लक्षित निः शुल्क बालबालिका अध्ययन केन्द्र
फिल्ड अवलोकनको क्रममा भ्रमण टोलीले जीवन विकास लघुवित्तले गरीब र विपन्न समुदायको  शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले शुरुवात गरेको निः शुल्क बालबालिका अध्ययन केन्द्र कार्यक्रम बारे जानकारी लिएको थियो । यस अन्तर्गत धनपालथान(७ कदमहामा रहेको बालबालिका अध्ययन केन्द्र पुगेर शिक्षक रामधारी ऋषीदेव र अभिभावकहरु सँग समेत छलफल गरेको थियो ।  विक्रम सम्बत् २०७९ साल देखि शुरु भएको यस केन्द्रमा कक्षा ६ सम्मका ३५ जना बालबालिकाहरु विहान र बेलुकी डेढ घण्टा पढ्दै आएका छन् । अध्ययन केन्द्रबाट ऋषीदेव, पण्डित र महतो समुदायका गरीब र विपन्न बालबालिकाहरु लाभान्वित भएका छन् । जीवन विकासले गरिबी कै कारण बालबालिको शिक्षामा समय दिन नसकेका सदस्य तथा विपन्न परिवारका बालबालिकाहरुलाई पढाईमा सघाउन विभिन्न जिल्लामा यस्ता केन्द्रहरु स्थापना गरेको छ । हाल सम्म यस्ता ६७ वटा बालबालिका अध्ययन केन्द्रहरु स्थापना गरी सकेको जनाएको छ ।
पढ्दै  कमाउँदै कार्यक्रम
धनपालथान ३, बेतौना पुगेर भ्रमण टोलीले विद्यालय उमेरका बालबालिहरुलाई सानै उमेर देखि नै उद्यमशीलताको जग बसाल्न शुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम पनि अवलोकन गरेको थियो । जहाँ जीवन विकास लघुवित्तले २० जना गरीब तथा विपन्न सदस्यका छोराछोरीलाई कुखराका १०—१० वटा चल्ला प्रदान गरेको थियो । यस कार्यक्रमबाट कक्षा ८मा पढ्ने नन्दनी मण्डल पनि लाभान्वित भएकी छिन् । बुवाको मृत्यु पछि थप दुख र समस्यामा परेकी नन्दनीले कुखुरा पालनको अनुभव प्राप्त गर्दा अब आफै पनि केही व्यवसाय गर्न सक्छु भन्ने साहास पलाएको बताईन् ।
चल्ला मर्ने दर उच्च हुँदा केही बालबालिकाले सोचे जस्तो आर्थिक लाभ लिन नसके पनि नन्दनी जस्तै अन्य बालबालिकाहरु कुखुरा पालन पछि उद्यमशीलतामा अब्बल अनुभव हासिल गरेर अघि बढ्न उत्साही भएका छन् । कक्षा ८ की चाँदनी कुमारी सरदारले १० वटा चल्ला पाएकी थिइन् । कुखुरा चर्ने खेतमा हुने विषादी, छुचुन्द्रा र छाडा कुकुरहरुको आक्रमणका कारण हुर्कदै गर्दा ७ वटा चल्लाहरु मरे । बचेका कखुरा बेच्दा १९ सय रुपैयाँ आयो । त्यसमा उनले आफ्नो ६ सय रुपैयाँ थपेर बाख्राको पाठो किनेकी छिन् । अरु बालालिकाहरुमा पनि बाख्रा जस्तै सहज र आफू अनुकुल व्यवसाय छान्ने, जोखिम पहिचान गर्ने आदिजस्ता सिकाई भएको छ ।


गाई पालन पकेट क्षेत्र र उद्यमशीलता विकास 
भ्रमण टोलीले बेतौना गाउँमा जीवन विकास लघुवित्तले वातावरणमैत्री गाउँ विकास कार्यक्रम अन्र्तगत सञ्चालित उद्यमशीलता विकास, प्राङ्गारिक मल उत्पादन, हरित उर्जा उत्पादन आदि जस्ता कार्यक्रमहरु पनि अवलोकन गरेको थियो । धनपालनथानमा सदस्यहरुलाई गाईपालनमा सहजीकरण गरी गाईपालन पकेट क्षेत्रको रुपमा विकास गर्न सघाएको छ । जसमा किसानलाई गाईपालन सम्बन्धी गोठ तथा आहारा व्यवस्थापन र आधारभूत औषधि तालिम दिएर जर्सी र होलेस्टेन जातका दुधालु गाई किन्न लगानी गरेको छ । यसको साथै सदस्यहरुलाइृ कच्चा पदार्थ देखि बजारीकरण सम्मको मूल्य श्रृखलामा सघाएको छ । पशु प्राविधिकहरु मार्फत नियमित चिकित्सा सेवा प्रदान गर्ने गरेको छ । स्थानीय पालिका सरकार सँग समन्वय गरी निशुल्क बीमा गरी दिएको छ । किसानले जुटाउन सक्ने घाँस र दाना बाहेक जीवन विकास दाना उद्योगले सस्तो र शुलभ मूल्यमा गुणस्तरीय दाना उपलब्ध गराउँछ । जीवन विकास डेरीले किसानको घरैमा पुगेर दुध संकलन गर्छ । जीवन विकासले दैनिक १,२०० लिटर क्षमताको दूध चिस्यान केन्द्रको पनि स्थापना गरेको छ । सदस्यहरुको घरबाट दैनिक उठाएको दूध चिस्याएर बिराटनगरमा रहेको जीवन विकास डेरीलाई  बिक्री गर्ने गरेको छ । थप गाईको गहँुत र गोवर पनि वायोग्याँस उद्योगले किनी दिन्छ । यसको परिणाम पहिले गाई पालन गर्न अनुच्छुक हुने सदस्यहरुले हाल तीनवटा सम्म गाई पालेका छन् । तीन वटा गाई पाल्नेले महीनामा सरदर ५० हजार भन्दा बढी आम्दानी गर्न थालेका छन् ।
 

गरीबको लागि आवास    
भ्रमण टोलीले जीवन विकास लघुवित्तका कर्मचारीले श्रमदान गरी अतिविपन्न परिवारको लागि बनाइ दिएको घर अवलोकन गरेको थियो । अमाही शाखा अन्तर्गत ७१ नंं केन्द्रकी सदस्य इनरवती ऋषीदेव अति विपन्न परिवारकी एकल महिला हुन । केही समय अघि छोरा समेत गुमाएकी इनरवतीले मजदुरी गरी जीवन धान्दै आएकी छिन् । जीवन विकास लघुवित्तले गरिबी मापन विधि अनुसार गरेको सर्वेक्षण अनुसार पनि उनलाई अति विपन्न भनेर प्रमाणित गर्यो अर्थात उनको स्कोर जम्मा १३ थियो । उनी सँग मुस्किलले बाहिरको उज्यालो छेक्ने ढोका समेत नभएको फुसको घर थियो । छानोले पानी थेग्दैनथ्यो । २०८१ बैशाख १३ गते स्वयमसेवक दिवसको दिन अमाही शाखाका कर्मचारीले उनको घर बनाउन एक दिन निशुल्क श्रम दान गरे । धेरै जसो सामाग्री स्थानीय स्तरवाटै जुटाए । जस्ता लगायत अन्य आवश्यक समाग्रीहरु संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट पनि उपलब्ध भयो । कर्मचारीको एकै दिनको प्रयासबाट इनरवती ऋषीदेवको जस्ताको छानो भएको घर तयार भयो । गाउँमा अरुको जस्तै घर भए पछि अहिले इनरवती निकै खुशी छिन् । 
 

हरित ऊर्जा र प्राङारिक मल
जीवन विकास समाजले हरित ऊर्जा उत्पादनको लागि गैह्र नाफामुलक संस्थाको रुपमा रु ७ करोड ६० लाखको लागतमा प्राङ्गारिक मल उद्योग (बायोग्याँस प्लाण्ट) स्थापना गरेको छ । ३ हजार घनमीटर क्षमताको उक्त प्लान्टमा दैनिक ४७ टन गोबर आवश्यक पर्छ । अहिले दैनिक १५ देखि १७ टन गोबर मात्र उपलब्ध छ । कच्चा पदार्थ अभाव भएको कारण दैनिक ९०३ किलोग्राम ग्याँस उत्पादन गर्ने क्षमता भएको प्लान्टबाट हाल सरदर दैनिक १५० किलोग्राम कम्प्रेसड नेचुरल ग्याँस (सिएनजी) उत्पादन भै रहेको छ । जुन सिलिण्डरमा भरेर आफ्नै डेरी र हलो ब्लक उद्योगमा प्रयोग हुँदै आएको छ भने बाँकी स्थानीय होटेलहरुमा पनि बिक्री गर्दै आएको छ । ग्याँस सँगै यस प्लाण्टले प्राङ्गारिक झोल र ठोस मल पनि उत्पादन गर्छ । ठोस मल उत्पादन क्षमता दैनिक ७६ क्वीण्टल भए पनि हाल ३५० किलो उत्पादन भैरहेको र यसलाई ५ र ३० किलोको बोरामा ब्राण्डीङ र प्याकेजिङ गरी २० रुपैयाँ प्रति किलो बिक्री गर्ने गरेको छ ।
 

महिलाले हाँकेको २२ वर्ष पुरानो सफल शाखा
भ्रमण टोलीले धनपालथान २मा पुगेर जीवन विकास लघुवित्तको सबै भन्दा पुरानो अमाही शाखाको अवलोकन गर्नुको साथै कर्मचारीहरु सँग अन्तक्र्रिया गरेको थियो । २२ वर्ष अघि स्थापना भएको उक्त शाखा महिला कर्मचारीहरुले हाँकेका छन् । शाखामा ४ हजार १ सय जना सदस्य रहेका छन् । शाखाको बचत २८ करोड ९० लाख रहेको छ भने लगानीमा २८ करोड ३६ लाख रहेको छ । शाखा बचतमा आत्मनिर्भर छ भने केन्द्रीय कार्यालयलाई आफ्नो बचतबाट एक करोड भन्दा बढी रकम ऋण दिएको छ । शाखाको औषत ऋण  ८५ हजार रहेको छ । बिना धितो अधिकतम ७ लाख सम्म ऋण दिने गरेको छ । यस शाखामा बिना धितो ऋण दिएको छैन् । शाखाको अधिकांश सूचक राम्रो भए पनि ऋणी सदस्य अनुपात भने सन्तोषजनक छैन । ४ हजार भन्दा धेरै सदस्यहरु हुँदा जम्मा १९ सय मात्रै ऋणी सदस्यहरु छन् ।
अमाही शाखाको राम्रो पक्ष भनेको लघुवित्तमा वर्तमान संकटको बेलामा समेत भाखा नाघेको सदस्य ७२ जना मात्रै छन् । ती मध्ये पनि नियतबस ऋण नतिर्ने २ जना मात्रै छन् । जसले बसाई सरेका छन् र सम्पर्क विहीन छन् । अरु ७० जना नियमित सम्पर्कमा छन् । शाखा प्रमुख निर्मला राजबंशीका अनुसार ७० जनाले परिस्थितीजन्य समस्याको कारण ऋण तिर्न नसकेको बताउनु भयो ।
 

तीन शून्य क्लबका अव्बल नमूना प्रदर्शनी
भ्रमण टोली धनपालथान ७ कदमाहामा रहेको जीवन विकास विद्यालय पुगेर तीन शून्य क्लबका विद्यार्थीहरुको खुद कार्बन उत्सर्जन प्रदर्शनीमा सरिक भएको थियो । सो अवसरमा तीन शून्य क्लबमा आवद्ध कक्षा ६ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुलाई हरितगृह ग्याँस उत्सर्जनबारे खोज गरेर नमूनाहरु बनाउने प्रस्तुत गर्ने कार्य दिईएको थियो । यस कार्यमा बालबालिकाहरुका १२ वटा समूहहरुले आ—आफ्नो नमूनाहरु बनाएर प्रदर्शनीमा राखेका थिए । जसलाई भ्रमण टोलीका सदस्यहरुबाटै ५ जना मूल्यांकनकर्ताहरु तोकेर उहाँहरुले विश्लेषण गरी सिफारिश गरेका आधारमा उत्कृष्ट तीन वटा समूहलाई पुरस्कृत समेत गरिएको थियो । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

बालबालिकाहरुले हरितगृह ग्याँस उत्सर्जन र यसको असर, के गर्दा उत्सर्जन कम हुन्छ र के गर्दा बढी हुन्छ, स्वच्छ प्रविधि र उद्यम व्यवसायी, स्वच्छ ऊर्जाको निर्माण र प्रयोग, जलवायु परिवर्तनको असर र न्यूनिकरणका उपाय, वातावरण संरक्षणका उपाय, हरियाली प्रवद्र्धन, फोहोरबाट मोहोर बनाउने सरल सहज उपाय आदि सन्देश बोकेका अवधारणा अनुसार निर्माण गरेका परियोजनाहरु प्रदर्शनीमा राखेका थिए ।
सो अवसरमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले बालबालिकाहरुलाई तीनशून्यको अवधारणा अनुसार भविष्यमा नेतृत्व लिन सक्ने गरी निकै सान्दर्भिक र सृजनशील नमूना प्रस्तुत गरेको धारणा राख्दै हौसला प्रदान गर्नुभयो । ‟यस प्रदर्शनीबाट बालबालिकाहरुले उल्टै हामीलाई प्रेरित गर्नु भएको छ । जीवन विकास ग्रामीण भेगको विद्यालय हो । यहाँ पढिरहेका बालबालिकाहरुमा यो उच्च तहको बुझाई, सोचाई, प्रतिभा र सिर्जनशीलता मैले शहरका विद्यालयमा पनि देखेको छैन । उनीहरुको प्रतिभाको जति प्रशंसा गरे पनि पुग्दैन । भविष्यमा पनि यस लयमा काम गरेर समाज परिवर्तनको लागि योगदान गर्नुस् । यस्तो प्रयासलाई लघुवित्तकर्मीहरुले आफ्नो कार्यक्षेत्रमा पनि अनुशरण गर्न सके समाज पनि परिवर्तन हुन्छ र आफुलाई पनि आत्म सन्तुष्टि मिल्छ ।ˮ उहाँले भन्नुभयो । श्रेष्ठले वातावरण संरक्षण तथा सन्तुलित विश्व बनाउनको लागि अघि बढ्न बालबालिहरुलाई अवसर प्रदान गरेकोमा जीवन विकास लघुवित्तका कर्मचारी र विद्यालयका शिक्षकलाई पनि धन्यवाद दिनुभयो ।
सो अवसरमा जीवन विकास लघुवित्तका वित्तीय संस्था लि. प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले आफ्नो पुस्ताले गर्न नसकेको र नजानेको काम पछिल्लो पुस्ताले गर्न सक्ने भएकोले बालबालिकालाई जलवायु परिवर्तन जस्तो विश्वव्यापी समस्याबारे सचेत गराउन खोजेको जानकारी दिनु भयो । उहाँले विद्यार्थीहरुलाई आफ्नो पुस्ता भन्दा बालबालिकाहरु धेरै पृथ्वीमा बस्नु पर्ने भएकोले यसलाई सन्तुलित र सुरक्षित राख्ने जिम्मेवारी लिन अग्रसर हुनुका लागि हौसला प्रदान गर्नुभयो । 
गरीब र विपन्न लक्षित ८ अर्ब लगानीको स्वास्थ्य 
भ्रमण टोलीले पहिलो दिन बेलुकी कटहरी २ मोरङमा जीवन विकास समाजको निर्माणाधिन अस्पतालको अवलोकन गरी यसवारे जानकारी लिएको थियो । संघिय साँसद तथा जीवन विकास समाजका पूर्व अध्यक्ष माननीय योगेन्द्र मण्डलले अस्पताल गरीब र विपन्नको लागि सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि शुरु गरेको जानकारी दिनु भयो । उहाँले लघुवित्त सदस्यको लागि विशेष प्राथमिकता रहेको सुनाउनु भयो । उहाँले हामीले पनि विदेशी दाताको मुख नताकी आफै केही गर्न सक्छौँ भन्ने भावनाले काम शुरु गर्दा लघुवित्तले समाज परिवर्तन गर्न सक्ने र यो अस्पताल पनि त्यसैको परिणाम भएको धारणा राख्नु भएको थियो ।

सो अवसरमा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्त गरीब र विपन्नको लागि हो भन्ने कुरा यो अस्पातालले पुष्टि गर्ने धारणा राख्नुभयो । ‟यो विशाल अस्पताल लघुवित्तले चाहे के गर्न सक्दैन भन्ने प्रमाण हो । साथै एक सामाजिक व्यवसायको उत्कृष्ट नमूना पनि हो ।ˮ उहाँले भन्नुभयो । जीवन विकासले गरीब र सदस्यको हितलाई प्राथमिकतामा राख्ने गरेको कारण यो अस्पताल निर्माण गर्ने सोच र जाँगर अरुको लागि पनि अनुसरण योग्य भएको बताउनु भयो । आगामी दिनमा पनि गरीब र विपन्नको लागि काम गर्ने सोच र भावना अनुरुप नै काम गर्न सल्लाह दिनु भयो ।
जीवन विकास सामुदायिक अस्पतालमा ३०० शैया रहने छन् भने विशेषज्ञ डाक्टरहरुबाट गुणस्तरीए सेवा प्रदान गर्ने योजना रहेको छ । सोे अस्पताल गैर नाफा मूलक संस्थाको रुपमा दर्ता भएको छ र हाल करिब एक अर्ब लगानी भै सकेको यस अस्पतालको लागत ८ अर्व वढी हुनेछ ।
मानव एटिएम
भ्रमण टोली धनपालथान ४ पुगेर जीवन विकास लघुवित्तले डिजिटल सेवा अन्र्तगत शुरु गरेको मानव एटीएमबारे जानकारी लिएको थियो । जहाँ न्यू केतन ज्वेलरी सञ्चालक स्थानीय व्यवसायीले अधिकृत टेलर सदस्यको रुपमा ग्राहक सदस्य सँग आफ्नो खाताबाट हातोहात पैसाको लेनदेन गर्छन् भने आपूmले संस्था सँग अनलाइन कारोबार गर्छन । मानव एटीएम सेवा प्रदान गर्ने अधिकृत टेलर डिजिटल सदस्यले अन्य ग्राहक सदस्यहरुले बचत गर्न, किस्ता तिर्न, आफ्नो बचतबाट चाहेको पैसा झिक्न र सदस्यहरुको टेलिभिजन, विद्युत, पानी जस्तो विल तिरी दिन पनि सघाउँछन् । डिजिटल सदस्यले अन्य सदस्यको मोबाइल नम्बरको माध्यमबाट खातामा हेरेर बाकी बक्यौता अनुसार उसैको खातामा उसैको नामबाट रकम जम्मा गरिदिन्छन् । एटीएम सेवा प्रदान गरे वापत डिजिटल सदस्यले बचतमा कुल कारोबारको ०.५ प्रतिशत र झिक्दा ०.२ प्रतिशत रकम सेवा शुल्क वापत पाउँछन् । यस्तो कारोवार गर्र्ने एक पटक प्रयोग गर्न मिल्ने पासबर्ड, कोड र अन्य सबै कारोवारको जानकारी समयमै सदस्यको मोवाइलमै आउने र संस्थामा पनि अभिलेख हुने हुँदा उक्त कारोबार सुरक्षित मानिएको छ । साथै यो अभ्यास कम खर्चिलो र छिटोछरितो पनि रहेको छ ।

व्यवस्थापन सँग अन्तक्र्रिया
भ्रमण टोली जीवन विकास लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय कटहरी पुगेर सो संस्थाका उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु सँग सम्बाद कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमको सहजीकरण केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले गर्नु भएको थियो । सहभागीहरुले जीवन विकास लघुवित्तले गरेका कार्यक्रमहरु, संस्थागत संरचना तथा सञ्चालन प्रकृया, विभागहरु, संस्थाले प्रदान गर्ने गैर वित्तीय सेवा, संस्थागत सुशासन आदिवारे जिज्ञासा राखेका थिए । जीवन विकासका प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृत सहित सम्वन्धित विभागका विभागीय प्रमुखहरुले सहभागीहरुका जिज्ञासा मेटाएका थिए ।
 

पशुपालक किसानको लागि डेरी उद्योग 
भ्रमण टोलीले विराटनगरको पोखरियामा रहेको जीवन विकास डेरी कम्पनीको पनि अवलोकन गरेको थियो । किसानलाई दूधको उचित मूल्य प्रदान गर्ने र गुणस्तरीय दुग्ध उत्पादनहरु बिक्री वितरण गर्ने लक्षका साथ जीवन विकासकै कर्मचारीहरुबाट शुरु गरेको जीवन विकास डेरी प्रोडक्ट प्रा.लि.ले हाल ५० वटा भन्दा धेरै स्थानीय सहकारीहरुबाट दूध संकलन गर्छ । १२ हजार लिटर दूध संकलन गर्ने क्षमता रहेको यस डेरीले हाल आधा क्षमतामा चलेको छ । यसले दूध, दही, घ्यू, पनिर, आइसक्रिम, नौनी लगायतका वस्तुहरु उत्पादन र प्याकेजिङ गरी बिक्रि गर्दै आएको छ । जुन विराटनगर लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा खपत हुदै आएका छन् ।

समाचार