• 28 Sep 2025

पाँचौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने बारे

नेपालका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरुको पहलमा तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा पाँचौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन,आयोजक समितिको मिति २०८२/०६/१० को बैठकको निर्णयानुसार २०८२ चैत ८ र ९ गते (सन् २०२६ मार्च २२ र २३) मा पाँचौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने सम्बन्धी सबैलाई जानकारीको लागी अनुरोध छ । साथै, उक्त सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागी तपसील अनुसारका उप–समितिहरु पनि गठन गरिएको छ ।
क्र.सं. उप–समिति   संयोजकको नाम
१. श्रोत व्यवस्थापन –    श्री महेन्द्र कुमार गिरी
२. अतिथि व्यवस्थापन –       श्री दिपक निधि तिवारी
३. कार्यक्रम तर्जुमा तथा व्यवस्थापन –          श्री सञ्जय कुमार मण्डल
४. सभाहल सजावट, सांस्कृतिक कार्यक्रम तथा सदस्यहरुको उत्पादन प्रदर्शनी आयोजनास्थल व्यवस्थापन –          श्री शोभा बज्राचार्य
५. सहभागी छनोट र आमन्त्रण व्यवस्थापन –            श्री डम्बर बहादुर शाह
६. स्वयम् सेवक व्यवस्थापन –                          श्री शारदा पोखरेल
७. पत्रकार सम्मेलन, समाचार सम्प्रेषण तथा प्रकाशन –             श्री नरेन्द्र सिंह विष्ट
८. नास्ता तथा दिवा भोज व्यवस्थापन-                       श्री विशाल के.सी.
९. व्यवस्थापकीय तथा लजिस्टिक संयोजन –                           स्वावलम्बन विकास केन्द्र

उपरोक्त राष्ट्रिय सम्मेलन आयोजना गर्नु भन्दा पहिले दुईवटा एकदिने प्रादेशिक लघुवित्त सदस्य सम्मेलनहरू बागमती प्रदेश र मधेश प्रदेशमा आयोजना गरिने छ । बागमती प्रदेशमा श्री शोभा बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र मधेश प्रदेशमा श्री दीपक निधि तिवारी, प्रमुख कार्यकारी अधिकृत, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड संयोजक तोकिएका छन् ।
पाँचौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन नेपालभरका लघुवित्त क्षेत्रका नेतृत्वकर्ताहरू, विज्ञहरू, अभ्यासकर्ता तथा सरोकारवालाहरूको साझा मञ्च बन्नेछ, जसमा अनुभव आदान–प्रदान, चुनौतीहरूको विश्लेषण लघुवित्तलाई सवलीकरण गर्नका लागी भावी रणनीतिहरूको रूपरेखा तय गरिनेछ ।

स्वावलम्बन विकास केन्द्र