नेपालका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरुको पहलमा तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा पाँचौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन,आयोजक समितिको मिति २०८२/०६/१० को बैठकको निर्णयानुसार २०८२ चैत ८ र ९ गते (सन् २०२६ मार्च २२ र २३) मा पाँचौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने सम्बन्धी सबैलाई जानकारीको लागी अनुरोध छ । साथै, उक्त सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागी तपसील अनुसारका उप–समितिहरु पनि गठन गरिएको छ ।
क्र.सं. उप–समिति संयोजकको नाम
१. श्रोत व्यवस्थापन – श्री महेन्द्र कुमार गिरी
२. अतिथि व्यवस्थापन – श्री दिपक निधि तिवारी
३. कार्यक्रम तर्जुमा तथा व्यवस्थापन – श्री सञ्जय कुमार मण्डल
४. सभाहल सजावट, सांस्कृतिक कार्यक्रम तथा सदस्यहरुको उत्पादन प्रदर्शनी आयोजनास्थल व्यवस्थापन – श्री शोभा बज्राचार्य
५. सहभागी छनोट र आमन्त्रण व्यवस्थापन – श्री डम्बर बहादुर शाह
६. स्वयम् सेवक व्यवस्थापन – श्री शारदा पोखरेल
७. पत्रकार सम्मेलन, समाचार सम्प्रेषण तथा प्रकाशन – श्री नरेन्द्र सिंह विष्ट
८. नास्ता तथा दिवा भोज व्यवस्थापन- श्री विशाल के.सी.
९. व्यवस्थापकीय तथा लजिस्टिक संयोजन – स्वावलम्बन विकास केन्द्र
उपरोक्त राष्ट्रिय सम्मेलन आयोजना गर्नु भन्दा पहिले दुईवटा एकदिने प्रादेशिक लघुवित्त सदस्य सम्मेलनहरू बागमती प्रदेश र मधेश प्रदेशमा आयोजना गरिने छ । बागमती प्रदेशमा श्री शोभा बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र मधेश प्रदेशमा श्री दीपक निधि तिवारी, प्रमुख कार्यकारी अधिकृत, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड संयोजक तोकिएका छन् ।
पाँचौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन नेपालभरका लघुवित्त क्षेत्रका नेतृत्वकर्ताहरू, विज्ञहरू, अभ्यासकर्ता तथा सरोकारवालाहरूको साझा मञ्च बन्नेछ, जसमा अनुभव आदान–प्रदान, चुनौतीहरूको विश्लेषण लघुवित्तलाई सवलीकरण गर्नका लागी भावी रणनीतिहरूको रूपरेखा तय गरिनेछ ।