
स्वावलम्बन विकास केन्द्रले समाजका विपन्न र पिछडिएको वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि भूमिका निर्वाह गर्दै आएको छ । यस केन्द्रले सामुदायिक विकास कार्यक्रमको माध्यमबाट अधिराज्यका दुर्गम तथा विकट जिल्लाका वासिन्दाहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पु¥याउँदै आएको हो । यसका साथै बैंकिङ्ग सुविधाबाट वञ्चित भई आफ्नो सीप परिचालन गर्ने अवसर पाउन नसकेका विपन्न परिवारका मानिसहरु, खासगरी महिलाहरुलाई स्वावलम्बन बैंकिङ्ग कार्यक्रमको माध्यमबाट विभिन्न आयमूलक कार्यक्रमका लागि बिना धितो स–साना कर्जा सेवा उपलब्ध गराउँदै आएको थियो । यस केन्द्रले सन् २०११ मा आफ्नो सम्पूर्ण लघुवित्त कार्यक्रम बैंकलाई हस्तान्तरण गरिसकेको छ ।
गुणस्तरीय, माग आधारित र सुलभ मुल्यमा नेपालको लघुवित्त क्षेत्रलाई तालिम प्रदान गर्ने यस केन्द्रको मुख्य रणनीति हो । यसै अनुरुप आफ्नो कार्यविधिमा बदलाव ल्याउँदै प्रतक्ष रुपमा लघुवित्त सेवा प्रदान नगरी ग्रामीण तथा सामुदायिक विकासमा संलग्न संस्थाहरुका जनशक्तिहरुको क्षमता बृद्धिमा टेवा पु¥याउन विभिन्न विषयमा तालिम प्रदान गर्ने एक सबल संस्थाका रुपमा आफूलाई स्थापना गर्ने सोचले अगाडी बढिरहेको छ । साथै लघुवित्त क्षेत्रका सरोकारवालाहरुसँग यस केन्द्रले समय सापेक्ष ढंगमा वार्ता कार्यक्रमहरु सचांलन गर्ने र आफूलाई स्रोत केन्द्रका रुपमा परिचालन गरी सूचना प्रणलीको विकास गर्दै लैजाने सोच बनाएको छ ।
वर्तमान समयमा यस केन्द्रले लघुवित्त क्षेत्रेलाई सुदृढीकरण गर्ने आफ्नो कार्ययोजना विस्तार गर्दै विभिन्न विकास बैँक, लघुवित्त विकास बैँक, सहकारी सस्थां एवं वित्तीय मध्यस्तता गर्ने गैर सरकारी सस्थां तथा ‘क’ वर्गका बैँकहरुलाई लक्षित गरी समय समयमा तालिम प्रदान गर्दै आइरहेको छ । यसका साथै विभिन्न अन्तर्राष्ट्रिय सघं सस्थाहरुमा अध्ययन/अवलोकन भ्रमणका कार्यक्रमहरु सचालन समेत गर्दै आइरहेको छ । लघुवित्त क्षेत्रमा बढ्दै गइरहेको अनियमितता र विकृतिहरुलाई मध्यनजर गर्दै सोही सम्बन्धमा लघुवित्त क्षेत्रका सरोकारवालाहरुसँग वार्ता कार्यक्रमहरु सचांलन गर्दै आएको छ । आगामी दिनहरुमा पनि यस केन्द्रले उच्च गुणस्तरीय तालिम प्रदान गर्ने, समय सापेक्ष वार्ता कार्यक्रमहरु सचांलन गर्ने तथा लघुवित्त क्षेत्र सम्बन्धि विभिन्न अनुसन्धान गर्ने दृढ संकल्पका साथ अगाडी बढिरहेको छ ।

स्वावलम्बन विकास केन्द्रको संयोजन तथा प्रमुख लघुवित्त संस्थाहरुको पहलमा पहिलो पटक राष्ट्रिय स्तरको लघुवित्त सदस्य सम्मेलन मिति २०७३ जेष्ठ २—३ गते काठमाडौंमा आयोजना हुँदैछ । बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रको २५ औं वार्षिकोत्सव (रजत जयन्ती समारोह) एक समारोह बीच काठमाडौंमा सम्पन्न भयो । प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीबि नेपालले पानसमा दीप बाँकी अंश...
नेपालको लघुवित्तका अग्रणी संस्था स्वावलम्बन विकास केन्द्रको छब्बीसौ साधारण सभा केन्द्रको कार्यलय भवन माइतीघर हाईट, काठमाडौंमा २०७४ आश्विन २२ गते सम्पन्न भयो । स्वावलम्बन विकास बाँकी अंश...
लघुवित्त क्षेत्रमा गुणात्मक सुधार ल्याउन यसमा कार्यरत जनशक्तिको कार्यशैली, ज्ञान, सीप, एवं सोचले महत्वपूर्ण प्रभाव पर्ने महशुस गरी लेखा हेर्ने कर्मचारीहरुको कार्यकुशलता क्षमता बाँकी अंश...
स्वावलम्बन विकास केन्द्रले लघुवित्त क्षेत्रमा हाल देखा परेका जोखिमहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले लघुबित्तमा जोखिम व्यवस्थापन विषयक ३ दिने तालिमको हालै काठमाडौमा आफ्नो तालिम हलमा बाँकी अंश...